कीवर्डहरू -

युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने

युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने

काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण गर्ने नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले चाहेमा आफ्नो फिडबाट ‘Shorts’ सामाग्रीलाई पूर्ण रूपमा लुकाउन वा सीमित गर्न सक्नेछन् ।

नयाँ अपडेट अनुसार प्रयोगकर्ताले ‘Shorts Feed Timer’ लाई ० मिनेटसम्म सेट गर्न सक्नेछन्, जसले अनावश्यक स्क्रोलिङ कम गर्न मद्दत गर्नेछ । यसअघि न्यूनतम सीमा १५ मिनेट मात्र थियो, जसपछि ब्रेक लिनुपर्ने सूचना देखिन्थ्यो ।

यो सुविधा सुरुमा अभिभावकका लागि ल्याइएको ‘Parental Controls’ अन्तर्गत परीक्षण गरिएको थियो । तर अहिले यसलाई विस्तार गर्दै सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो ।

कम्पनीका अनुसार यदि प्रयोगकर्ताले टाइमर ० मिनेटमा सेट गरे भने ‘Scrolling is paused but you may still see individual Shorts’ भन्ने सूचना देखिन सक्छ । यस्तो अवस्थामा ‘Shorts’ पूर्ण रूपमा हटाउन एप रिफ्रेस गर्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताले यो सेटिङ परिवर्तन गर्न मोबाइल एपको Settings भित्र रहेको ‘Time Management’ र ‘Daily Limits’ सेक्सनमा जानुपर्ने हुन्छ । यहाँ ० मिनेटदेखि २ घण्टासम्म समय सीमा चयन गर्न सकिन्छ । ० मिनेट सेट गर्दा ‘Shorts’ लगभग बन्द हुन्छ भने अन्य विकल्पले सीमित समयका लागि मात्र हेर्न अनुमति दिन्छ ।

यो अपडेटसँगै युट्युबले प्रयोगकर्तालाई आफ्नो समय र सामाग्री खपतमा थप नियन्त्रण दिने प्रयास गरेको छ ।