काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा लागू भएको नयाँ कानुनअनुसार एप्पलले आफ्नो एप स्टोर प्रयोगका लागि उमेर प्रमाणीकरण अनिवार्य बनाएको छ । टेक्सासमा उपलब्ध एपहरू अब राज्यको SB 2420 कानुनअनुसार सञ्चालन हुनुपर्नेछन् । यसबारे पहिलो पटक MacRumors ले जानकारी सार्वजनिक गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार टेक्सासमा एप्पल खाता (Apple ID) खोल्ने प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ । १८ वर्षभन्दा कम उमेरका बालबालिकाले एप डाउनलोड गर्दा ठूला अपडेट इन्स्टल गर्दा वा इन–एप खरिद (In-App Purchase) गर्दा अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
साथै, अभिभावकले दिएको अनुमति जुनसुकै बेला फिर्ता लिन सक्ने सुविधा पनि उपलब्ध गराउनुपर्नेछ । यो नियम टेक्सासको SB 2420 कानुनअन्तर्गत लागू गरिएको हो ।
आईसीटी समाचार