कीवर्डहरू -

प्रयोगकर्ताले आफ्नै गेम बनाउन सक्ने मेटाको एआई आधारित नयाँ एप परीक्षण चरणमा

प्रयोगकर्ताले आफ्नै गेम बनाउन सक्ने मेटाको एआई आधारित नयाँ एप परीक्षण चरणमा

काठमाडौं । मेटाले “Pocket” नामक नयाँ एआई-आधारित एप सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई टेक्स्ट प्रम्प्टका आधारमा साना इन्टरएक्टिभ गेम तथा एपहरू बनाउन सहयोग गर्छ । यो एपले “Gizmo” नामक अघिल्लो एआई गेमिङ प्लेटफर्मसँग सम्बन्धित प्रविधि प्रयोग गरेको बताइएको छ ।

यो एप सन् २०२६ जुन २९ देखि App Store र Google Play मा उपलब्ध भएपनि यसको डाउनलोड र रोलआउट हाल सीमित रूपमा मात्र भइरहेको छ । मेटाले यसलाई अझै सबै देशमा पूर्ण रूपमा उपलब्ध गराएको छैन ।

मेटाले यस नयाँ एआई एपबारे औपचारिक घोषणा पनि गरिसकेको छैन । त्यसैले यो एप हाल परीक्षण (Beta) चरणमा रहेको अनुमान गरिएको छ । ‘Pocket’ ले प्रयोगकर्तालाई एआईको सहायताले साना गेम र इन्टरएक्टिभ एपहरू सहज रूपमा सिर्जना गर्न मद्दत गर्ने उद्देश्य राखेको छ ।

यसअघि पनि मेटाले Meta AI तथा Vibes जस्ता एपमार्फत एआई प्रयोग गरी तस्बिर र भिडियो सिर्जना गर्ने सुविधा उपलब्ध गराइसकेको छ ।