कीवर्डहरू -

एक्सेसरिज

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि औपचारिक रूपमा  पहिलो पटक नेपाल प्रवेश गरेको हो । 

बोटले यसै अवसरमा भारतमा अत्याधिक रूचाइएको प्रडक्ट ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक पनि गरेको  छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल बोटले आगामी दिनमा नयाँ नयाँ प्रडक्ट ल्याउने जानकारी दिएको छ ।  

कार्यक्रमा बोटका सह-संस्थापक तथा शार्ट ट्यांक इन्डियाका शार्क अमन गुप्ताको समेत उपस्थिति रहेको थियो । उनले कार्यक्रममा बोल्दै नेपालबाट बोटल अन्तर्राष्ट्रिय रूपमा प्रवेश गरेको जानकारी दिएका थिए ।  

यस्तै टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउने जानकारी दिए । 


 

एक्सेसरिज

म्याक्सबेसको वायरलेस इयरबड्स बजारमा

नेपाली अडियो ब्राण्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ । 

रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले पनि राख्दै मेटा

मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मा…

नेपाल भित्रियो गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क, ५० प्रतिशतसम्म छुटसँगै आकर्षक उपहार

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट…

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

चिनियाँ कम्पनी ब्ल्याक शार्कका उत्पादन अब नेपालमा पनि उपलब्ध हुने भएका छन् ।

उच्च क्षमता र फास्ट चार्जिङसहित साओमीका नयाँ पावर ब्याङ्कहरू नेपालमा, कति छ मूल्य ?

साओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । 

नयाँ उपलब्ध मोड…

टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्‍यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने

टिकटकको मालिक बाइटडान्सले चीनमा आफ्नो पहिलो एयरबड्स सार्वजनिक गरेको छ । ‘ओला फ्रेन्ड’ नाममा बाइटडान्सले एआई सुविधा…

ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध

नेपालमा ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी सार्वजनिक भएको छ । नेपालका लागि ट्रान्ससेन्डको आधिकारिक वितरक नागमनी इन्टरनेशनल…

वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने

वानप्लसले आफ्नो नवीनतम फ्ल्यागशिप इयरबड्स वानप्लस बड्स प्रो ३ प्रस्तुत गरेको छ । यी नयाँ बड्स धेरै प्रिमियम फिचरहरूसँग आएका छन् । यस…

भोलि हुकुट स्टोरमा प्रोमेट मेला हुँदै, पुराना इयरवड्ससँग प्रोमेट लिमा इयरवड्स साट्न सकिने

साउन १७ गते प्रोमेट मेला २०२४ आयोजना हुने भएको छ । न्यू रोडमा रहेको हुकुट स्टोरमा हुने मेलामा विशेष अफर र छुटहरू उपलब्ध गराइने छ । 

कार्…

संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता

पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपल…

दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल

एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । <…

ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक

प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …

किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध

टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र …

बोल्टका इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुँदै

भारतीय अडियो कम्पनी बोल्टको इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा…

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।…