कीवर्डहरू -

एक्सेसरिज

दुई भागमा छुटिने अनौठो वायरलेस माउस, गेमिङ कन्ट्रोलरको रुपमा पनि प्रयोग गर्न मिल्ने

काठमाडौं । पिक्सेलपाउ ल्याब्सले ‘फेज’ नामक नयाँ वायरलेस माउस सार्वजनिक गरेको छ, जसलाई बीचबाट छुट्याएर दुई वटा गेमिङ कन्ट्रोलरका रूपमा प्रयोग गर्न सकिन्छ । चुम्बकीय (म्याग्नेटिक) जडान प्रणाली रहेको यो डिभाइसमा जोइस्टिक, बटन र ट्रिगरजस्ता गेमिङ सुविधा समेत समावेश गरिएको छ ।

फेज माउसमा १६,००० डीपीआईसम्मको अप्टिकल सेन्सर र १,००० हर्ज पोलिङ रेट रहेको बताइएको छ । यसलाई ब्लुटुथ वा २.४ GHz डोङ्गलमार्फत जडान गर्न सकिन्छ र एकैपटक तीन वटा डिभाइससँग पेयर गर्न मिल्छ । एकपटक चार्ज गर्दा करिव ७२ घण्टासम्म चल्ने ब्याट्री रहेको कम्पनीको दाबी छ ।

छुट्टिन मिल्ने डिजाइनका कारण यसमा परम्परागत स्क्रोल ह्विल भने छैन । त्यसको सट्टा स्क्रोल गर्न क्यापासिटिभ टच सतह प्रयोग गरिएको छ । माउस र कन्ट्रोलर दुबैमा काम गर्ने यो अनौठो डिजाइनले प्रयोगकर्तालाई फरक अनुभव दिने अपेक्षा गरिएको छ ।

पिक्सेलपाउ ल्याब्सले यो उत्पादनका लागि लगानी जुटाउने योजना पनि सार्वजनिक गरेको छ । यसको मूल्य करिव १५९ अमेरिकी डलर हुने अनुमान गरिएको छ । इच्छुक प्रयोगकर्ताले २० डलर फिर्ता गर्न मिल्ने डिपोजिट राखेर प्रिअर्डर गर्न सक्नेछन्, जसलाई पछि किकस्टार्टर योगदानमा क्रेडिट गरिनेछ । उत्पादनको डेलिभरी सन् २०२६ को अन्त्य वा २०२७ को सुरुवाततिर हुने अनुमान छ ।

एक्सेसरिज

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि&nbs…

नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ

सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा&…

ब्रदर प्रिन्टरको नयाँ मोडल नेपाली बजारमा

जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रद…

साओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ, जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायर…

म्याक्सबेसको वायरलेस इयरबड्स बजारमा

नेपाली अडियो ब्राण्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ । 

रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले पनि राख्दै मेटा

मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मा…

नेपाल भित्रियो गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क, ५० प्रतिशतसम्म छुटसँगै आकर्षक उपहार

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट…

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

चिनियाँ कम्पनी ब्ल्याक शार्कका उत्पादन अब नेपालमा पनि उपलब्ध हुने भएका छन् ।

उच्च क्षमता र फास्ट चार्जिङसहित साओमीका नयाँ पावर ब्याङ्कहरू नेपालमा, कति छ मूल्य ?

साओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । 

नयाँ उपलब्ध मोड…

टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्‍यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने

टिकटकको मालिक बाइटडान्सले चीनमा आफ्नो पहिलो एयरबड्स सार्वजनिक गरेको छ । ‘ओला फ्रेन्ड’ नाममा बाइटडान्सले एआई सुविधा…

ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध

नेपालमा ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी सार्वजनिक भएको छ । नेपालका लागि ट्रान्ससेन्डको आधिकारिक वितरक नागमनी इन्टरनेशनल…

वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने

वानप्लसले आफ्नो नवीनतम फ्ल्यागशिप इयरबड्स वानप्लस बड्स प्रो ३ प्रस्तुत गरेको छ । यी नयाँ बड्स धेरै प्रिमियम फिचरहरूसँग आएका छन् । यस…

भोलि हुकुट स्टोरमा प्रोमेट मेला हुँदै, पुराना इयरवड्ससँग प्रोमेट लिमा इयरवड्स साट्न सकिने

साउन १७ गते प्रोमेट मेला २०२४ आयोजना हुने भएको छ । न्यू रोडमा रहेको हुकुट स्टोरमा हुने मेलामा विशेष अफर र छुटहरू उपलब्ध गराइने छ । 

कार्…

संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता

पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपल…

दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल

एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । <…