कीवर्डहरू -

दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल

दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल

एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । 

यो सिरिज यसै वर्षको सेप्टेम्बरमा लन्च हुन सक्ने छ ।  एयरपडको मूल्य करिब ९९ अमेरिकी डलर हुनेछ । 

यसमा एएनसी र चार्जिङ केसमा स्पिकर छ, जुन माई लोकेसन ट्र्याकिङको लागि प्रयोग गरिन्छ । दुबै मोडलमा चार्ज गर्नका लागि यूएसबी पोर्ट उपलब्ध गराइनेछ ।

एक रिपोर्टका अनुसार, एप्पलले हियरिंग एड्स जस्ता नयाँ सफ्टवेयर सुविधाहरूमा पनि काम गरिरहेको छ, जुन आईओएस १८ को रिलीजसँगै आउन सक्छ । यस बाहेक, एप्पलले यस वर्ष पछि अपडेट गरिएको एयरपड्स म्याक्स पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, जसमा चार्ज गर्नको लागि यूएसबी सी पोर्ट समावेश हुनेछ ।