एआई
कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ।
मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौंका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो।
अहिलेको विश्वका परिवेशमा सूचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले बताए।
विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ। पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्त रुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयले दूर शिक्षालाई १० लाख रुपैयाँ भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ। आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ विधामा तालिम सञ्चालन गर्नेछ। रासस
एआई
एआईका कारण ३०० मिलियन रोजगारी धरापमा
जेनरेटिभ एआईले ३०० मिलियन रोजगारीलाई धरापमा पारेको छ । गोल्डम्यान स्याक्सले सार्वज…
भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने
भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्…