डिजिटल पेमेन्ट
मोबाइल वालेट भुक्तानीमा २५ प्रतिशत वृद्धि, के यो सन्तुष्ट हुने प्रगति हो ?
मुलुकमा डिजिटल भुक्तानी गर्नुपर्छ भनेर सुरुदेखि लागेको क्षेत्र हो मोबाइल वालेट । डिजिटल भुक्तानीमा वालेटहरुको प्रयासलाई पछ्याउँदै बैंकहरु र पछिल्लो समयमा व्यापक चर्चा पाएको एनसीएचएलको प्लेटफर्मले डिजिटल भुक्तानीमा व्यापकता पाएको छ ।
इसेवाले १२ वर्षअघि नै आफ्नो मोबाइलबाट नै युटिलिटिज बिल तिर्न सकिन्छ भनेर सुरु भएको डिजिटल भुक्तानीको क्षेत्रमा खल्ती, आइएमईपे, प्रभु पे, सेलपेलगायतका कम्पनीहरु बजारमा प्रभाव पार्ने गरी आए । आजको दिनमा युटिलिटी बिलसँगै धेरै किसिमका भुक्तानी गर्न सकिने सुविधा यी वालेटहरुले ल्याइसकेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार मोबाइल वालेटहरुले गरिरहेको भुक्तानीलाई हेर्ने हो भने वर्षदिनमा २५ प्रतिशतको वृद्धिदर देखिन्छ । नम्बर अफ ट्रान्जेक्सन हेर्ने हो भने अझ कम २२ प्रतिशत छ ।
गत आर्थिक वर्ष २०७७/७८ को असार महिनामा १२ अर्ब ७९ करोड रुपैयाँसम्म कारोबार गरेका छन् । यो उक्त वर्षको रेकर्ड राख्दै सबैभन्दा धेरै भुक्तानी भएको महिना हो ।
यो भुक्तानी त्यसअघिको वर्ष २०७६/७७ को असार महिनाको भन्दा २५ प्रतिशतले बढी हो । उक्त वर्षको असारमा १० अर्ब २२ करोड २० लाख रुपैयाँको भुक्तानी भएको थियो ।
डिजिटल भुक्तानीका विभिन्न माध्यमको वृद्धिलाई हेर्ने हो भने वालेटले गरेको प्रगति मध्यमस्तरको छ । जस्तो कि कनेक्ट आइपीएसको कारोबारमा एक वर्षमा ३६३ प्रतिशतले वृद्धि भएको छ । मोबाइल बैंकिङबाट भएको भुक्तानी २९१ प्रतिशत र क्युआर कोडबाट भएको भुक्तानी ५१९ प्रतिशतले वृद्धि भएको छ ।
डिजिटल भुक्तानीको यस परिवेशमा वालेटहरुले गरेको २५ प्रतिशत वृद्धि सन्तोषजनक हो त ? हामीले यो प्रश्न नेपालका अगुवा वालेटहरु समक्ष राखेका छौं ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले गत वर्ष अपेक्षाअनुसार कारोबारमा वृद्धि नभएको बताउँछन् । ‘यो हामीले चाहेअनुसारको ग्रोथ होइन,’ उनले आइसिटी समाचारसँग भने, ‘यसभन्दा अघिल्लो वर्षहरूमा योभन्दा बढी वृद्धिदर थियो ।’
समग्रमा डिजिटल भुक्तानी बढे पनि वालेटको योगदान जति हुनुपर्ने त्यति नभएको उनको भनाइ छ । यो वर्ष कारोबारको सीमा र दायर बढाउने कुरा भुक्तानी सेवा प्रदायकका लागि सकारात्मक पक्ष भएको सापकोटा बताउँछन् ।
अहिले पनि आम उपभोक्तालाई वालेटबाट सानो परिणामको मात्र कारोबार गर्न सकिन्छ भन्ने मानसिकता रहेको सापकोटाको भनाइ छ । ‘हामी सबै भुक्तानी सेवा प्रदायकहरूले त्यस मानसिकताबाट बाहिर ल्याउन गतिविधि गर्नुपर्छ,’ उनी भन्छन् ।
खल्तीका कोफाउन्डर अर्भिन्द साहले भने अहिलेको वृद्धिलाई त्यत्ति नराम्रो मान्न नसकिने बताउँछन् । ‘मलाई लाग्छ यो पहिलाका वर्षको भन्दा धेरै होला,’ उनले भने, ‘यसमा भोलुममात्र नभएर नम्बर अफ ट्रान्जेक्सन, सक्रिया ग्राहकलगायतका कुरा पनि हेर्नुपर्छ ।’
वालेटबाट भएको परिणामलाई मात्र हेर्न नहुने उनको विचार छ । वालेटबाट सानो सानो रकमको भुक्तानी भएकाले ‘नम्बर अफ ट्रान्जेक्सन’ महत्वपूर्ण हुने उनले बताए । कनेक्ट आईपीएस जस्तो ठूलो परिणाममा वालेटमा भुक्तानी हुँदैन ।
‘भोलुमका हिसाबले कम भए पनि कारोबार नम्बर धेरै हुन्छ,’ उनी भन्छन्, ‘भोलुमलाई मात्र हेर्न मिल्दैन ।’ वालेटमा दर्ता हुने व्यक्ति धेरै देखिए पनि सक्रिय भनेको सयमा २० को हाराहारीमा हुन्छन् ।
साहले भने जस्तै वालेटमा सानो रकम भुक्तानी हुने र कारोबारसँख्या महत्वपूर्ण हुने भए पनि त्यसमा पनि वृद्धि देखिदैन । यो वर्ष ट्रान्जेक्सन नम्बरको वृद्धिदर २२ प्रतिशत छ । यो भुक्तानी परिणामभन्दा पनि थोरै हो ।
गत वर्षको सबैभन्दा धेरै कारोबार भएको असार महिनामा ट्रान्जेक्सन नम्बर १ करोड २५ लाख १५ हजार रहेको छ । त्यसअघिको वर्ष सोही महिनामा यस्तो ट्रान्जेक्सन १ करोड १ लाख ७९ हजार रहेको थियो ।
सेलपेका सीईओ पवन प्रधानले पनि अपेक्षाअनुसार कारोबारमा वृद्धि नदेखिएको बताए । कारोबार सीमा कम भएका कारण पनि कारोबारमा कमी आएको उनको भनाइ छ ।
मोबाइल बैंकिङ र कनेक्ट आईपीएसको भन्दा वालेटको कारोबार सीमा कम छ । यसका लागि भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकमा कुरा गरेका छन् ।
‘हामीले राष्ट्र बैंकमा वालेटको कारोबार सीमा बढाउनु पर्यो भनेर भनेका छौं,’ सीईओ प्रधानले भने, ‘त्यो माग सम्बोधन गर्छौं भन्नु भएको छ ।’
नेपाल राष्ट्र बैंकले केही दिन अगाडि सार्वजनिक गरेको मौद्रिक नीतिमा विद्युतीय भुक्तानी सीमा बढाउने र भुक्तानी सेवा प्रदायकको दायरा बढाउने व्यवस्था पनि गरेको छ ।
त्यस्तै मोरू डिजिटल वालेटका सीईओ अशितोष साहले पनि अपेक्षित अनुसार कारोबार वृद्धि नभएको बताए ।
‘वालेटबाट भएको कारोबारलाई सन्तोष हुने ठाउँ रहे पनि कारोबारमा भने अपेक्षाअनुसारको वृद्धि भएन,’ उनले भने, ‘सरकारले अझै सहयोग गरे वालेटबाट हुने कारोबारमा वृद्धि आउने सम्भावना छ ।’
वालेटबाट युटिलिटी पेमेन्टमात्र नभएर ग्राहकले सबै कारोबार गर्न सकुन् भन्ने आफूहरूको चाहना भएको साहले बताए । राष्ट्र बैंकले त्यसका लागि ढोका पनि खोलिसकेको उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस : के डिजिटल बैंकले माेबाइल वालेटकाे भविष्य साँघुरो बनाउँदैछ ?
डिजिटल पेमेन्ट
कार्ड प्रयोग गरेर भुक्तानी गर्ने स्वात्तै घटे
मुलुकमा डिजिटल भुक्तानीका विभिन्न माध्यम आइरहेको बेला कार्ड प्रयोग गरेर किनमेलको ल…
क्युआर पेमेन्टमा सफलता, महिनामा साढे ३ अर्ब बढी भुक्तानी
मुलुकमा क्युुआरमा आधारित भुक्तानी सुरु भएका धेरै भएका छैन । पहिला फाट्टफुुट्ट हुन…
मोबाइल बैंकिङ कारोबारमा नयाँ रेकर्ड, वर्षदिनमा २९१ प्रतिशतले वृद्धि
इन्टरनेट बैंकिङबाट हुने कारोबार घटिरहेको बेला मोबाइल बैंकिङबाट हुने भुक्तानी भन…
वर्षदिनमा मोबाइल वालेटको कारोबारमा सामान्य वृद्धि, असारमा १२ अर्ब ८० करोड भुक्तानी
मोबाइल वालेटहरु डिजिटल भुुक्तानीमा निकै मिहिनेतसहित लागे पनि गत आर्थिक वर्षमा उन…
किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ?
मुलुकमा डिजिटल भुुक्तानीका विभिन्न माध्यमको कारोबार वृद्धि भइरहेको बेला इन्टरनेट ब…
डिजिटल भुुक्तानीमा कनेक्ट आईपीएसको सफलता, वर्षदिनमा ३६३ प्रतिशतले कारोबार वृद्धि
मुलुकमा विद्युुतीय भुक्तानीमा एनसीएचीद्धारा सञ्चालित कनेक्ट आईपीएसले ठूलो सफलता पा…
सिटीइभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने
सिटिइभिटीले खुलाइएको प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको…
नेशनल पेमेन्ट गेटवे निर्माणका लागि ९६ प्रतिशत भुक्तानी, सञ्चालनको सुरसार छैन्
डिजिटल पेमेन्टलाई एकीकृतरुपमा सञ्चालन गर्ने भनेर सरकारले बनाउन लागेको नेसनल गेटव…
खल्ती बाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० रूपैयाँ सम्मको क्यासब्याक पाइने
खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु. १५०० सम्मको …
जुम, गुगल मिटसहित अन्तर्राष्ट्रिय ई–कमर्श नेपालमा दर्ता गरी कर तिर्नुपर्ने
नेपालमा जुम, गुगलमिट, माइक्रोसफ्ट टीमलगायतका एप्लिकेसनसहित अन्तर्राष्ट्रिय ई–कमर्श साइटहरुको सेवा सञ्चालन भइरहेको भन्द…
कोरोना महामारीको उपलब्धिः एक वर्षमा विद्युतीय कारोबारमा चार गुणा वृद्धि
केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो, कि त न…
फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार
भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारो…
अब अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता दिइने
नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । श…
यो वर्ष विद्युतीय भुक्तानी कारोबार वर्ष, पूर्वाधार र सचेतनाका कार्यक्रम गरिने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार वर्षका रूपमा…
नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने
नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ क…