कीवर्डहरू -

डिजिटल पेमेन्ट

वर्ल्डरेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० रूपैयाँ बोनस पाइने 

वर्ल्डरेमिटबाट डिजिटल वालेट खल्तीमा रेमिट्यान्स पाउँदा २०० रूपैयाँ बोनस पाइने भएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० रूपैयाँ बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्डरेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ५० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको खल्तीले जनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाईसी भेरिफाइ भने गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाएपछि केहि नगरी पैसा र बोनस स्वत: दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको ट्रान्ज्याक्सन सेक्सनमा गइ सहजै हेर्न सकिन्छ ।

खल्तीको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले वर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्ने बताए ।

उनले भने, ‘भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ ।’

त्यस्तै वर्ल्डरेमिटका दक्षिण एशियाका लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले खल्ती सँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताए ।

‘हरेक समुदायकाहरुलाइ वित्तीय सेवाको पहुँच दिलाइ आर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट खल्तीसंग सहकार्य गर्न पाउदा हामी उत्साहित छौँ,’ उनले भने, ‘हामी विश्वस्त छौँ कि यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमा खल्ती मार्फत प्राप्त गर्न धेरै सहज हुनेछ ।’

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउनको लागि भने वर्ल्डरेमिट एप लग इन गरि सेन्ड मनिमा ट्याप गर्ने र गन्तव्यमा नेपाल रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा मोबाइल मनी ट्रान्सफर भित्र खल्ती मोबाइल वालेट छान्न पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।


डिजिटल पेमेन्ट

खल्तीलाई अब आफ्नो व्यवसायमा नि:शुल्क इन्टिग्रेड गर्न सकिने 

खल्ती डिजिटल वालेटले असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट …

वैशाखमा मोबाइल बैंकिङ सेवा वृद्धि हुदा अरु सबै विद्युतीय कारोबार घटे

वैशाख महिनामा अधिकांस विद्युतीय कारोबारमा कमी आएको छ। मुलुकमा विद्युतीय कारोबार वृद्धि भइरहेको बेलामा दोस्रो पटक…

इसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक

डिजिटल वालेटबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । इसेव…

‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’ 

बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचा…

‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’ 

बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचा…

अनलाइन भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता पाइने

क्युआरकोड, विभिन्न कार्ड सबै किसिमका विद्युतीय माध्यमबाट भुक्तानी गरी सेवा तथा वस्तु…

आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने 

विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…

एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति

निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले पनि भुक्तानी सेवा प्रदायकको संचाल…

क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण 

विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी  बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…

क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण 

विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी  बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट पहिलो कारोबार गर्दा सय रूपैयाँ क्यासब्याक पाइने 

महालक्ष्मी विकास बैंकले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्…

नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे

नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस बीच डिजिटल भुक्तानीक…

उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …

उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …

सवारी साधनकाे किस्ता अब खल्तीबाटै, किस्ता तिर्दा ५ हजार रूपैयाँ जित्ने मौका

सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइन…