शिक्षा
समकक्षता सेवामा नयाँ व्यवस्था, आवेदनदेखि प्रमाणपत्रसम्म अनलाइन
काठमाडौं । विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक योग्यताको समकक्षता (इक्विभ्यालेन्स) सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालन हुन थालेको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउँदै आएको यो सेवा कानुनी व्यवस्थाअनुसार २०८३ साउन १ गतेदेखि आयोगमा हस्तान्तरण गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आयोगले समकक्षता सेवा सञ्चालनका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइसकेको छ । हाल उक्त नियमावली अर्थ मन्त्रालयको राय परामर्श प्रक्रियामा रहेको र अन्तिम स्वीकृतिको चरणमा पुगेको छ ।
नियमावली औपचारिक रूपमा स्वीकृत नभए पनि विद्यार्थीको सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले आयोगले आवश्यक प्राविधिक पूर्वाधार तयार गरी साउन ६ गतेदेखि अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याएको छ ।
आयोगको संस्थागत संरचना पूर्ण रूपमा तयार नहुँदासम्म भने साउन १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्दै आएको कार्यविधि, मापदण्ड र आधारलाई निरन्तरता दिँदै दुवै संस्थाको समन्वयमा सेवा सञ्चालन भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
आयोगका अनुसार समकक्षताका लागि प्राप्त आवेदनहरूको आन्तरिक प्रमाणीकरण प्रक्रिया सुरु भइसकेको छ । विद्यार्थीले साउन २० गतेदेखि समकक्षता शुल्क भुक्तानी गर्न थालेका छन् भने प्रमाणीकरण प्रक्रिया पूरा भएपछि डिजिटल माध्यमबाट समकक्षता प्रमाणपत्र उपलब्ध गराइनेछ ।
नयाँ अनलाइन प्रणालीप्रति विद्यार्थीको आकर्षण पनि बढ्दो देखिएको आयोगले जनाएको छ । हालसम्म तीन हजार १६२ जना प्रयोगकर्ता दर्ता भइसकेका छन् भने करिब एक हजार आवेदन प्रक्रियामा रहेका छन् ।
आयोगले सञ्चालनमा ल्याएको डिजिटल प्रणालीमार्फत विद्यार्थीले देश विदेशको जुनसुकै स्थानबाट समकक्षताका लागि आवेदन दिन, शुल्क अनलाइनमार्फत भुक्तानी गर्न तथा डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । यसबाट समकक्षता सेवा थप छिटो, सहज, पारदर्शी र सेवाग्राहीमैत्री बन्ने आयोगको विश्वास छ ।
शिक्षा
प्रश्नपत्र चुहावटपछि त्रिवि ‘अलर्ट’, परीक्षार्थीका लागि कडा निर्देशिका जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा …
परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) परीक्षाक…
इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको सक्रिय पहल, सरोकारवालासँग रणनीतिक छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्…
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…
विद्यालय शिक्षामा नयाँ व्यवस्था : कक्षा ५ सम्म लिखित परीक्षा हट्यो, ७५ प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाइने
काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर …
केयूको नेतृत्वका लागि प्रतिस्पर्धा, उपकुलपति पदमा ३५ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी …
विश्व निकेतनबाट स्मार्ट शिक्षाको अभियान, एडीबी र ह्वावे नेपालको साझेदारी
काठमाडौं । एसियाली विकास बैंक र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्…
पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला
काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्ट…
आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय
काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धार…
विद्यार्थीका लागि नयाँ व्यवस्था : अब समकक्षताका लागि त्रिवि होइन, यूजीसी जानुपर्ने
दक्ष जनशक्ति, रोजगारी र उद्यमशीलताको केन्द्र बन्दै टेकस्पायर कलेज
काठमाडौं । नेपालको शिक्षा र आईटी क्षेत्रसँग विगत दुई दशकदेखि सक्रिय लक्ष्मण पोखरेल र उनको टिमले सुरु गर…
विश्वविद्यालय तहमा छात्रवृत्ति विस्तार, १० प्रतिशत सिट अनिवार्य रूपमा छुट्याइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित सात विश्वविद्यालयले आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा …
संस्कृति इन्टरनेशनल-पञ्चकन्या माविबीच सहकार्य, सामुदायिक विद्यालयका विद्यार्थीलाई नि:शुल्क प्रविधिमूलक कक्षा
काठमाडौं । नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको ठुलोभर्याङस्थित संस्कृति इन्टर…
दक्षिण एसियामै बिएस्सी र एमएस्सी प्रोफेसनल एकाउन्टेन्सी पढाउने एकमात्र केन्द्र बन्यो बिपिसी
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेसनल कलेज (बिपिसी) ले विश्वका प्रतिष्ठित…