शिक्षा
ब्याचलर्समा एआई पढ्न चाहनुहुन्छ ? कान्तिपुर सिटी कलेजमा खुलिरहेको छ बिटेक इन एआईमा भर्ना
यस वर्षदेखि कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको छ ।
विश्व बजारमा एआई जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्न पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर सिटी कलेजले एआई कोर्ष सुरू गरेको हो ।
एआईमा करियर खोजिरहेका विद्यार्थीहरूका लागि बीटेक इन एआई राम्रो सोलुसन हुन सक्ने कान्तिपुर सिटी कलेजका प्रिन्सीपल राजु कट्टेलले बताए ।
नेपालमा मात्र नभएर विश्व बजारमा नै एआई जनशक्तिको माग बढ्दै गएकाले सजिलै खपत हुने उनको भनाइ छ ।
कान्तिपुर सिटी कलेजमा बिटेक इन एआईमा हाल भर्ना चलिरहेको छ । यस कोर्षमा ४८ सिट क्षमता तोकिएको छ । बिटेक इन एआई पढ्न प्लस टु (साइन्स) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
बिटेक इन एआई अध्ययन गर्ने विद्यार्थीले सेकेण्ड सेमेस्टरदेखि अनिवार्य प्रोजेक्ट गर्नुपर्ने छ । ‘यस कोर्षको सबैको भन्दा राम्रो पक्ष भनेको सेकेण्ड सेमेस्टरदेखि अनिवार्य प्रोजेक्ट गर्नुपर्छ । जसले गर्दा विद्यार्थीलाई प्रयोगात्मक सीप विकासमा सहयोग गर्छ,’ कट्टेलले भने ।
सातौ र आठौं सेमेस्टरमा स्पेस्लाइज कोर्षको रूपमा मसिन लर्निङ एन्ड डिप लर्निङ, न्याचुरल ल्याङवेज प्रोसेसिङ र कम्प्युटर भिजन छनौट गर्न सकिन्छ ।
कलेजका अनुसार, कार्यक्रमले विद्यार्थीलाई एआई सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक सीप प्रदान गर्नेछ। यसले कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, र यातायात जस्ता क्षेत्रमा प्रयोग हुने एआई–आधारित समाधान विकास गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा मेसिन लर्निङ, डिप लर्निङ, डेटा साइन्स, बिग डेटा, न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन र रोबोटिक्स, स्मार्ट एग्रिकल्चर, हेल्थकेयर र फिनटेकमा एआईको प्रयोग रहेका छन् । प्रत्येक सेमेस्टरमा इन्डष्ट्रि प्रोजेक्ट/ रिसर्च प्रोजेक्ट र अन्तिम वर्षमा क्यापटन प्रोजेक्ट अनिवार्य हुनेछ ।
शिक्षण पद्धतिमा प्रोजेक्टमा आधारित सिकाइमा, अनुसन्धान तथा उद्योगसँग सहकार्य, प्रयोगशाला–केन्द्रित सिकाइ, र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर रहनेछ ।
२५ वर्षभन्दा लामो शैक्षिक इतिहास बोकेको कान्तिपुर सिटी कलेजले हालसम्म १० हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । कलेजले बी.टेक. इन एआई कार्यक्रममार्फत नयाँ पुस्तालाई भविष्य प्रविधिमा सक्षम बनाउन अग्रसर भएको जनाएको छ।
शिक्षा
किङ्गस कलेज: शिक्षालाई समाज र उद्यमशीलतासँग जोड्दै
‘सर...यो कलेज बिक्रीमा छ, किन्नु न...’
सन् २०११ को…
ब्याचलर्समा डाटा साइन्स पढाउँदै ब्रिटिश कलेज, कस्तो छ कोर्ष ?
ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय (Keele University) सँगको सहकार्यम…
विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षामा शार्क वैद्यको १ करोड लगानी
विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षाले शार्क ट्यांक नेपालबाट १ करोड लगानी प्राप्त गरेको छ ।
प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कहाँ पढ्ने ? (भिडियो)
‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ? विज्ञान, व्यवस्थापन, मानविकी — ज…
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी, यस्तो छ अनलाइनबाट हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक समस्या नआएनमा सोमबार साँझसम्म नतिजा सार्व…
कान्तिपुर सिटी कलेजले सुरू गर्यो नयाँ कार्यक्रम ‘बिटेक इन एआई’, भर्ना खुला
कान्तिपुर सिटी कलेज (केसीसी) ले ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले प्रि-डिप्लोमा र डिप्लोमा तहमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पढ्नका ला…
प्रि-डिप्लोमा र डिप्लोमा तहमा आईटी पढ्नका लागि करिब चार सयलाई छात्रवृत्ति दिदै सीटीईभीटी
सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिदै, कसरी दिने आवेदन ?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा…
प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कस्तो छ अवसर ?
‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ?। विज्ञान, व्यवस्थापन, मानविकी — …
एसईईपछि आईटीमा के पढ्ने ?
शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भइसकेको छ । एसईईको नतिजा आएसँगै अब अगाडि के गर्ने ? कुन विषय …
असार १५ गतेदेखि त्रिविका यी १० सेवाहरू अनलाइनबाटै उपलब्ध हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा अनलाइनबाट उपलब्ध गराउने भए…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पीएचडी तथा स्नातकोत्तर तहमा भर्ना खुला
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) तथा स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । नेपालको …
क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य, आईटी विद्यार्थीलाई छात्रवृत्ति दिइने
कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका …
३ हजार ८६७ मिटरमा अवस्थित टेङ्बोचे गोम्पा स्कूलमा कम्प्युटर ल्याब स्थापना
एडुटेक नेपालले सोलुखुम्बुको टेङ्बोचे गोम्पा स्कूलमा कम्प्युटर ल्याब स्थापना गरेको छ । एडुटेक नेपालले टेङ्बोचे गोम्पा स्कूलमा २८५ औ…
स्मार्ट ट्याबमा पढ्छन् रामतुलसी माविका विद्यार्थी
कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ। विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन्। यसमै विद्यार्थीहरु गुगलबाट नया…