शिक्षा
प्रोग्रामिङ तालिम पुरा गरेका आईओईका विद्यार्थीलाई सामसङद्वारा प्रमाणपत्र प्रदान
सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ तालिम पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामसङले इनोभेसन क्याम्पसमार्फत पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम, आईओईका डीन प्रा. डा. शशिधर राम जोशी, साथै सहायक डीन बिनोद कुमार भट्टराई ÷ सहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यको उपस्थिति रहेको थियो ।
सामसङ नेपाल प्रमुख इन स किमले खुसी व्यक्त गर्दै प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग एआई, बिग डाटा र आईओटी जस्ता भविष्यका प्राविधिक डोमेनहरूमा विद्यार्थीहरूलाई उच्च दक्षता हासिल गर्न साझेदारीको अपेक्षा गरेको बताए ।
नेपाली युवाहरूलाई निरन्तर सशक्तीकरण गर्ने र रोजगारीका लागि तयार बनाउने लक्ष्य राखेको उनको भनाइ छ । यस्तै आईओईका डीन डा. शशिधर राम जोशीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा कोडिङ एण्ड प्रोग्रामिङ कोर्स सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए ।
अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु हुने समेत जनाइएको छ ।
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो।
यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ एण्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ। यस पाठ्यक्रममा छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुन आवश्यक छ ।
प्राविधिक प्रशिक्षणका साथ यस कार्यक्रमले विद्यार्थीहरूको रोजगार योग्यता बढाउन उनीहरूको ज्ञानलाई जीवनोपयोगी बनाउन सामान्य सीप तालिम पनि प्रदान गर्नेछ । यसले समस्या समाधान गर्ने क्षमताहरू पनि वृद्धि गर्दछ, जसले विद्यार्थीहरूलाई नवीन खोजकर्ता बन्न पनि सक्षम बनाउने छ ।
इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गतको पाठ्यक्रमको एक हिस्सा स्वरूप विद्यार्थीहरूले व्यवहारिक परियोजनामा पनि सहभागी बन्नेछन् । यस अन्तर्गत विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्ने चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र आइओटिको भूमिका रहनेछ ।
सामसङ इनोभेसन क्याम्पस सन् २०१९ मा सुरु गरिएको हो, जुन सामसङको ग्लोबल सिएसआरले लिएको ‘टुगेदर फर टुमोरो! इनएबलिंग पिपल’ भन्ने नाराको एक हिस्सा हो, जसले विद्यार्थीहरू र युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूको अनुभव दिने छ ।
शिक्षा
आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको घोषणा
सरकारले आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
संघीय …
लक्ष्मी सनराइज बैंकले स्टिम शिक्षाका लागि महिलाहरुलाई छात्रवृत्ति प्रदान गर्ने
महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन्राइज बैंकले 'शिक्षित लक्ष्मी' पहलको थालनी गरेको…
विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने
एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ ।
सङ्घीय संसद्को …
दुबईमा भएको कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले हात पारे तीन अवार्ड
सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थ…
आईटीसहितका विभिन्न क्षेत्रमा २ हजार बढीलाई निःशुल्क तालिम दिदै काठमाडौं महानगर, कसरी हुने सहभागी ?
काठमाडौं महानगरपालिकाले विश्व मजदुर दिवसको अवसरमा वैशाख १९ गते अर्थात आजदेखि ‘सिपमूलक तालिम’ आयोजना गर्ने भएको…
त्रिभुवन विमानस्थलमा इडुरोम सेवा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो सेवा विश्वविधालयका, वैज्ञानिक अनुसन्धान स…
सफ्टवेयरको प्रयोग गरी काठमाडौंमा कक्षा १२ का परीक्षा केन्द्र छनौट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सफ्टवेयरको प्रयोग गरी काठमाडौँका कक्षा १२ का परीक्षा केन्द्र छनौट गरेको छ । मन्त्रालय …
बालबाटिका इन्टरनेशनल स्कुलले सञ्चालनमा ल्यायो रोबोटिक कार्यक्रम
काठमाडौको बालाजु नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले शैक्षिक सत्र २०८१ देखि रोबोटिक कार्यक्रम सञ्चालनमा ल्…
एम्बिसन गुरूको एपबाटै अब अभिभावकले छोराछोरीको पढाईको प्रगति हेर्न सक्ने
एम्बिसन गुरुले नेपालमै पहिलो पटक अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न…
सुदूर पश्चिमाञ्चल एकेडेमीलाई माई सेकेन्ड टिचरले डिजिटल अध्ययन सामग्री उपलब्ध गराउने
डिजिटल लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एक…
मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी
मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी भएको छ । मंगलबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा …
एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य
काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआ…
एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने सरकारको तयारी
सरकारले एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने तयारी गरेको छ । बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि …
आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिदै लर्ड बुद्ध र क्यान महासंघ
लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीलाई करिब २ करोड बराबरको छात्रवृत्ति उपलब्ध…
२१ औं शताब्दी सुहाउँदो विद्यार्थी तयार पार्न शिक्षकका लागि २ दिने वर्कशप हुँदै
फागुन ३ र ४ गते जेन कन्फेरेन्स १.० आयोजना हुने भएको छ । निमा एकेडेमी, एड चेञ्ज नेपाल र जियोग्रेबा नेटवर्कको संयुक्त आयोजनामा …