कीवर्डहरू -

एसीसीए परीक्षामा ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए परीक्षामा ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए (ACCA) को जुन २०२६ परीक्षा सत्रमा नेपाल र विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

कलेजका अनुसार विद्यार्थीहरूले विभिन्न विषयमा नेपाल प्रथमसहित विश्व वरीयतामा पनि उल्लेखनीय स्थान सुरक्षित गरेका छन् । बीपीसी एसीसीए प्लेटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर आधारित परीक्षा (सीबीई) केन्द्र हो ।

जुन २०२६ परीक्षा सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमा साहारा मागिया (परफर्मेन्स म्यानेजमेन्ट PM) नेपाल प्रथम र विश्व आठौँ, आशुतोष शर्मा (स्ट्राटेजिक बिजनेस रिपोर्टिङ SBR) नेपाल प्रथम र विश्व ११ औँ, नेहा खतिवडा (स्ट्राटेजिक बिजनेस लिडर SBL) नेपाल प्रथम र विश्व १८ औँ भएका छन् ।

त्यस्तै, राकेश साह (SBR) नेपाल दोस्रो र विश्व १३ औँ, शेलिस्मा शिवाकोटी (PM) नेपाल तेस्रो र विश्व १३ औँ तथा आशास्वी कुमारी श्रेष्ठ (एडभान्स्ड ट्याक्सेसन ATX) नेपाल दोस्रो र विश्व १७ औँ स्थानमा रहेका छन् ।

विद्यार्थीहरूको सफलताप्रति बधाई दिँदै ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ प्रोफेसनल एजुकेसन दीपेन्द्र के. श्रेष्ठले यी उपलब्धि विद्यार्थीहरूको अथक मिहिनेत र कलेजका अनुभवी शिक्षकहरूको निरन्तर सहयोगको परिणाम भएको बताए ।

उनले अन्तर्राष्ट्रिय स्तरको शिक्षण वातावरण उपलब्ध गराउँदै विद्यार्थीलाई विश्वव्यापी करियरका लागि सक्षम बनाउने बीपीसीको प्रतिबद्धता यस्ता नतिजाले थप पुष्टि गरेको उल्लेख गरे ।

कलेजले सेप्टेम्बर सत्रका लागि भर्ना खुला रहेको जानकारी दिँदै इच्छुक विद्यार्थी तथा वित्तीय क्षेत्रका पेशेवरलाई ललितपुरको चाकुपाटस्थित क्याम्पसमा सम्पर्क गर्न आग्रह गरेको छ । सीमित सिट भएकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न पनि कलेजले अनुरोध गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज नेपालमा वित्त तथा लेखा शिक्षामा केन्द्रित शैक्षिक संस्था हो । एसीसीए प्लेटिनम अप्रुभ्ड लर्निङ पार्टनरको मान्यता प्राप्त कलेजले अन्तर्राष्ट्रियस्तरको लेखा तथा वित्त शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।