शिक्षा
खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना
नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरिएको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०८० हिउँदे शत्रको सेमेष्टर प्रणालीका लागि प्रथम सेमेष्टरमा भर्ना आवेदन माग गरेको हो ।
भर्ना गर्न इच्छुक विद्यार्थीहरुले मंसिर ११ गते देखि ३० गते सम्म विश्वविद्यालयको वेवसाइटबाट अनलाइन आवेदन फाराम भरिसक्नु पर्ने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले विज्ञान,स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत डेढ वर्षे एमफिल इन आइसीटी, २ वर्षे मास्टर डिग्री इन ई–गर्भमेन्स, २ वर्षे मास्टर इन जियोइन्फर्मेटिक्स र २ वर्षे मास्टर डिग्री इन नेचुरल रिसोर्स एण्ड डेभलपमेन्टमा भर्ना खुला गरेको हो ।
कति चाहिन्छ भर्ना गर्न योग्यता ?
विश्वविद्यालयको डेढ वर्षे एमफिल इन आइसीटी अध्ययन गर्नका लागि सम्बन्धित विषयमा आइटी वा आइटी, कम्प्युटर एप्लिकेशन आदि विषयमा स्नाताकोत्तर तह वा सो सरह दोस्रो श्रेणीमा उत्तीर्ण गरेको वा २.४ सीजीपीए प्राप्त गरेको हुनुपर्छ ।
२ वर्षे मास्टर डिग्री इन ई–गर्भमेन्स गर्नका लागि कुनै पनि विषय लिई स्नातक तह दोस्रो श्रेणीमा उत्तीर्ण वा २.४ सीजीपीए प्राप्त गरेको हुनुपर्नेछ । तर, स्नातक तहमा आइटी विषय नलिएको हकमा २ वर्षको आईटी तथा कम्प्युटर सम्बन्धी ज्ञान सिप सम्बन्धी आधारभूत ज्ञान सीप सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने ।
त्यस्तै, २ वर्षे मास्टर इन जियोइन्फर्मेटिक्सका लागि स्नातक तहमा कुनै पनि विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण गरेको वा २.४ सीजीपीए प्राप्त गरेको तथा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा कम्प्युटर सम्बन्धी सिप कार्य अनुभव भएको हुनुपर्ने छ ।
यस्तै २ वर्षे मास्टर डिग्री इन नेचुरल रिसोर्स एण्ड डेभलपमेन्टमा भर्ना हुनका लागि नेचुरल साइन्स, इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण वा अन्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको हकमा एक वर्षे डिप्लोमा इन नेचुरल रिसर्च एण्ड डेभलपमेन्ट वा सम्बन्धित विषयमा ५ वर्षे काम गरेको अनुभव भई दोस्रो श्रेणीमा उत्तीर्ण वा २.४ सीजीपीए प्राप्त तथा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा सीपको कार्य अनुभव भएको हुनुपर्नेछ ।
शिक्षा
इक्यान र सफ्टएड ग्रुपबीच सहकार्य, ५० विद्यार्थीलाई ब्याचलरमा आईटी पढ्न छात्रवृत्ति दिइने
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सफ्टएड ग्रुप अफ कम्पनिजबीच विद्यार्थीलाई छात्रवृत्…
किन पढ्ने आईटी ? के के छन् रोजगारीका अवसर ?
कक्षा १२ उतीर्ण भएपछि विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने ढोका खोल्छ । बजारमा उच्च श…
खुला विश्वविद्यालयको एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन
नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा संकायले एक वर्षे बीएड कार्यक्रमम…
नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट
नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) २६ औं वर्षमा प्रवेश…
नेपालमा वेबसाइटको प्रभाव
वेबसाइटहरूले जीवन, सञ्चार, व्यापार र शिक्षाका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आजको डिजिटल युगमा एक अपरिहार्य उपकरण बनेको छ। नेपालमा र विश्वका अन्…
‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी
कक्षा १२ पास गरिसकेपछि सबै विद्यार्थीहरु के पढ्ने भन्ने दुविधामा हुन्छन् । कोही उच्च …
एनसीआईटीमा भोलि विद्यार्थीका ५० बढी प्रोजेक्ट प्रदर्शनी हुँदै, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…
आईटीमा भविष्य बनाउनेका लागि बीआईटी कोर्ष
अहिले २१औ शताब्दीको युग हो अर्थात सूचना प्रविधिको युग । प्रविधिबिना धेरै काम अधुर…
प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’
माध्यमिक शिक्षा अर्थात प्लस टु गरिसकेपछि विद्यार्थी तथा अभिभावक उच्च शैक्षिक संस्थाको…
कसले पढ्न पाउँछन् त्रिविको बीएससी सीएसआईटी कोर्ष ?
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन् । नतिजाको…
प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै
प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको…
सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधि…
भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभु…
हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय
सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।
कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी
शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै…