कीवर्डहरू -

शिक्षा

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै पठाइने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा.शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए ।

उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा.शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका थिए ।

यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् । रासस

शिक्षा

पाटन कलेज फर प्रोफेसनल स्टडीजको चौंथो दीक्षान्त समारोह सम्पन्न

ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको चौथौ दीक्षान्…

गुरूबाले अब शिक्षा सम्बन्धि सूचना र समाचार पनि प्रदान गर्ने

ई-लर्निङ प्लेटफर्म गुरूबाले शिक्षा सम्बन्धि सूचना र समाचार दिने भएको छ । पूरानो वेब…

शिक्षामा प्रविधिको भूमिका बुझाउँदै वेद  

वेद स्कुल व्यवस्थापन प्रालिले ‘शिक्षाको पुनर्कल्पनाः शैक्षिक क्षेत्रको चुनौती निवारणमा …

खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

नेपाल खुला विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय विज्ञान तथा प्रविधि संका…

थप १ हजार १२ विद्यालयमा आईटी ल्याब स्थापना हुँदै

सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यस…

स्वयंसेवी पर्यवेक्षकमा के सबै विश्वविद्यालयका आईटी पढ्ने विद्यार्थीले दिन पाउँछन् आवेदन ? 

सबै विश्वविद्यालयमा आईटी (सूचना प्रविधि) पढ्ने विद्यार्थीले स्वयंसेवी पर्यवेक्षकका लाग…

ब्याचलर इन टेक्निकल एजुकेसन कोर्ष शुरू गर्दै केयु, किन गरिदै छ शुरू ?

काठमाडौं विश्वविद्यालय (केयु) ले ब्याचलरमा टेक्लिकल एजुकेसन कोर्ष शुरू गर्ने भएको छ…

इन्जिनियरिङको स्नातक तहमा आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ कार्यक्रमका लागि स्नातक तहमा नयाँ भ…

माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्…

त्रिविको बीआईटी कार्यक्रममा नयाँ भर्ना खुल्यो, कस्तो छ कोर्ष र कसले पाउँछन् पढ्न ? 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को प्रवेश पर…

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि २ जनालाई छा…