कीवर्डहरू -

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ५७ हजार ८९७ जना सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्, जुन कुल सहभागीको ८१.१९ प्रतिशत हो ।

बोर्डले तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको जनाएको छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने उल्लेख गरिएको छ ।

परीक्षार्थीहरूले बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्नेछन् । राष्ट्रिय परीक्षा बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।