शिक्षा
वेबसाइट बनाउने सजिलो तरिका- ‘कन्टेन्टडर’
आजको जमानामा वेबसाइट अनिवार्य जस्तै भइसकेको छ । सामान्य व्यक्तिदेखि व्यवसायिक संगठन सबैले आफ्नो वेबसाइटलाई दैनिकीसँग जोडिरहेका छन् । अब हरेक बिजनेश सफल बनाउन अनलाइन जानैपर्ने र अनलाइनबाटै आइडिया वा बिजनेशकाे मार्केटिङ गर्न जरुरी भइसकेको छ ।
विश्वभरका लिडिंङ वेबसाइट निर्माण गर्ने सेवाहरुसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ कन्टेन्ट्डर (Contentder) नामक कम्पनीको स्थापना भएको छ । अस्ट्रेलियामा दर्ता भएको यो नेपाली कम्पनी आइटी कम्पनी ब्रेनडिजिट आइटी सोलुसनसँग सम्बन्धित छ, जसले नेपाली प्रतिभाको प्रयोग गरी उत्कृष्ट वेबसाइट टेम्प्लेटहरु र कम्पोनेन्टहरुको विकास गर्न थालेको छ ।
विश्वभर लिडिङ वेबसाइट प्रडक्टबाट सेवा दिने उद्धेश्यले कन्टेन्टडर सुरु गरिएको हो । यसका संस्थापकहरु निश्चल प्रधान र आलोककुमार पाण्डे परम्परागत बिजनेश प्रणालीलाई डिजिटल प्लाटफर्ममा रुपान्तरण गर्न कन्टेन्टडर सुरु गरिएको बताउँछन् ।
‘कुनै पनि कठिनाइबिना नै एक सुन्दर वेबसाइट बनाउन तथा त्यसको सफल बजारीकरण गर्न प्रयोगकर्ताले सजिलै गर्न सकुन् भन्ने हिसाबले कन्टेन्ट्डरकाे निर्माण गरिएकाे हाे । यसले वेबसाइटको संसारमा नयाँ आयाम कोर्नेछ वेबसाइट बनाउन कन्टेन्टडर नामको वेबसाइट बिल्डिग प्रडक्टको डेभलप गर्दै वेबसाइटको दुनियाँमा नयाँ आयाम कोर्न चाहन्छौं,’ सिइओसमेत रहेका निश्चलले भने ।
वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुची भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिएको छ ।
कन्टेन्ट्डर सासमा आधारित (SaaS based) वेब डेभलपमेन्ट प्लाटफर्म हो । यसले वेबसाइट बिल्डिङ र डिजिटल मार्केटिङका लागि ‘सिगंल सोलुसन’को रुपमा काम गर्दछ । कम्पनीका अनुसार कन्टेन्ट्डर सानादेखि ठुला हरेक प्रकारका बिजनेशका लागि उपयोगी हुन्छ ।
कन्टेन्ट्डरसँग युजर फ्रेन्ड्ली युएक्स/युआई (UX/UI) छ, जसबाट डिजाइनरले सामान्य र सहजपुर्वक वेबसाइट निर्माण पुरा गर्न सक्दछन् । हरेक डेभलपर डिजाइनर र अनुभव कम भएका वेब प्रयोगकर्ताले पनि कन्टेन्टडरलाई सहजै बुझ्न सक्छन् । यसकारण वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुची भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिएको छ ।
प्रयोगकर्ताले आफ्ना विभिन्न प्रयोजनका लागि कन्टेन्ट्डरका धेरै सुविधाहरु नि:शुल्क रुपमा उपयोग गर्न सक्छन, जसमा अनलिमिटेड स्टोरेज, सहज वेबसाइट बिल्डर, सबडोमेनहरु, अनलिमिटेड ब्यान्डविथ लगायतका सुविधाहरु छन् ।
योबाहेक कन्टेन्ट्डरमा थुप्रै प्रकारका कस्टुमाइज्ड टेम्प्लेट र कम्पोनेन्टहरुको छनोट गर्न सकिने अवसर छ, जसका कारण वेबसाइट प्रयोगकर्ता आफैंले समेत पुरा वेबसाइट बनाउन सक्छन् ।
प्रयोगकर्ताले आफ्ना विभिन्न प्रयोजनका लागि कन्टेन्ट्डरका धेरै सुविधाहरु नि:शुल्क रुपमा उपयोग गर्न सक्छन, जसमा अनलिमिटेड स्टोरेज, सहज वेबसाइट बिल्डर, सबडोमेनहरु, अनलिमिटेड ब्यान्डविथ लगायतका सुविधाहरु छन् । त्यस्तै यसले ब्लगिङ वा व्यक्तिगत प्रयोजनका लागि महिनाको ७.९९ अस्ट्रेलियन डलर र प्रोफेसनलका लागि महिनाको १५.९९ अस्ट्रेलियन डलरमा खरिद गर्न सकिन्छ ।
‘कन्टेन्ट्डरलाई कोडिङ अनुभव नभएका वा सिमित मानिसहरुका लागि लक्षित गरिए पनि, दक्ष डेभलपर र डिजाइनरले आफ्ना कम्पोनेन्ट र टेम्प्लेटहरु बनाएर यो प्लाटफर्ममा राख्न वा प्रस्तुत गर्न सकिने सुविधा कम्पनीले दिएको छ । यसकारण उहाँहरु पनि हाम्रो परिवारको प्रभावशाली अंग बन्न सक्नुहुन्छ,’, चिफ टेक्निकल अफिसर आलोकले भने ।
यो प्रडक्टले प्राविधिक भागबाहेक सोसल मिडिया र एसइओसँग सम्बन्धित डिजिटल मार्केटिङ फ्याक्टरहरु पनि निर्माण गर्दै आफ्ना प्रयोगकर्ता वा अडियन्ससँग जोडिन वा आबद्ध हुने सुविधा दिएको छ । आगामी दिनमा कन्टेन्ट्डरमा थप उल्लेखनीय सुविधाहरु पस्कदै जाने र विश्वभर यो वेबसाइट निर्माणको उत्पादनलाई पुर्याउने गरी कम्पनीले काम गरिरहेको छ ।
शिक्षा
आइटी विद्यार्थीलाई न्याय दिलाउन एसअाइसिटी नेपालले थाल्यो दबाबमुलक कार्यक्रम
सोसाइटी फर इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजी नेपाल (SICT Nepal)ले आइटी पढेका जनशक्तिलाई राज्यका अंगमा समानपूर्वक पहुँच दिलाउन दबाबमुलक कार्यक्रम थालेको छ…
देशभर आइटी अफिसर माग्दा आइटी विद्यार्थीलाई नै अन्याय
स्थानीय विकास मन्त्रालयले हालै सूचना प्रविधि अधिकृतका लागि गरेको दरबन्दी आह्वानमा सूचना प्रविधि पढिरहेका विद्यार्थीहरुलाई नै अन्याय गरिएको छ । त्रिभुवन विश्…
मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली
शैलेश ज्ञवाली
ढुंगे युगको समयवाट आज मानवियता र मानव गतिको विकास २१ औ शताब्दीसम्म आइपुगेको छ । त्यो समयमा हामीले खाने र…
सुबिसु क्यान कमटेक २०१७ सम्पन्न
भदौ २९ देखि राजधानीको भृकुटीमण्डपमा आयोजित “सुबिसु क्यान कमटेक २०१७” सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले…
आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको फड्को
नेपालमा सूचना तथा प्रविधि (आइटी) क्षेत्रको विकासलाई ट्रेनिङ सेवा प्रदायक कम्पनीका रुपमा योगदान दिँदै अएको ब्रोडवे इन्फोसिस नेपालले आफ्नो स्थापनाको १० वर्ष …
कमटेकमा अवलोकनकर्ताको घुइँचो, आज अन्तिम दिन
राजधानीमा जारी “सुबिसु क्यान कमटेक २०१७” को हिजो तेस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्…