शिक्षा
ई प्लानेटले शुक्रबार भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै
शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले आउँदो असोज १६ गते शुक्रबार भर्चुअल माध्यमबाट मेला आयोजना गर्ने भएको छ ।
अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए ।
उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन ।
मेलाबाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।
कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञाशाहरुको समाधान गर्न प्लानेटले अनलाइन PTe|IELTs क्लास, Online Abroad Qmudy & करिअर काउन्सिलिङ, ईप्लानेट IOqmAndroid App Service, Virtual Career Development Sessions, University Information Sessions लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ ।
यसकासाथै कोभिड १९ सम्वन्धि नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरि उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ ।
ई प्लानेट भर्चुअल अष्ट्रेलिय एजुकेशन फेयरका बारेमा जानकारी दिंदै कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, ईटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए ।
यस विषम परिस्थितीमा पनि ई प्लानेटले आयोजना गर्न लागेको यो मेला, बर्षकै बृहत मेला हुने र सहभागी सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले विगत १६ बर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।
शिक्षा
एआईमा माइक्रोडिग्री शिक्षा प्रदान गर्न फ्युजमेसिन्स र पीसीपीएस कलेजबीच साझेदारी
फ्युजमेसिन्सले पाटन कलेज प्रोफेशनल स्टडीज (पीसीपीएस) कलेजको पाठ्यक्रममा एआइमा माइक्र…
प्रदेश ५ का १९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एनआईसी एशिया बैंकले प्रदान गर्यो सफ्टवेयर
एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ वटा विद्यालयलाई सफ्टवेयर प्रदान गरेको छ । आफ्नो…
पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम
पूर्वाञ्चल विश्वविद्यालयले ईमेल मार्फत परीक्षा लिने भएको छ । कोरोना महामारीको समयमा…
शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\'
फ्युजमेसिन्स इंन्कले शैक्षिक संस्थालाई डिजिटल बनाउन अनुदान दिने भएको छ । स्कुलहरुला…
त्रिविको स्थगित परीक्षा असोजभित्रै हुने, भर्चुअल विधिबाट परीक्षा लिने तयारी
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्…
आजदेखि टेलिभिजनबाट देशभरका विद्यार्थीलाई पढाउँदै सरकार (समय तालिका सहित)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि टेलिभिजनबाट कक्षा १ देखि १० कक्षा सम्मक…
आजदेखि रेडियो नेपालबाट विद्यार्थीलाई पढाउदै सरकार (समय तालिका सहित)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि रेडियो नेपालबाट देशभरका कक्षा ९ र १० …
एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने तयारी
सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र …
शिक्षक प्रतिनिधि भन्छन, अनलाइन पढाउन डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ?
गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् ।…
प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान त…
यस्तो छ बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ (पूर्ण पाठ)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी…
अनलाइन कक्षाको बारेमा के भन्छन विज्ञ तथा सरोकारवालाहरु
कोरोना भइरसको प्रकोपसँगै शैक्षिक क्षेत्र प्रभावित भएका छन् । यतिखेर पहुचहुने र सक्षम बिद्यालय र बिद्यार्थी अनलाइन कक्षा लिरहेका छन् तर धेरै बिद्य…