सूचना
सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालबाट ठगी गर्ने प्रचलन बढ्दै गएपछि राष्ट्र बैंकले सजह रहन आग्रह गरेको हो ।
ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप प्रयोग गरी इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न सन्देशहरुबाट जोगिन बैंकले आग्रह गरेको छ ।
यस्तो सन्देशबाट व्यक्तिलाई प्रलोभनमा पारी उक्त रकम, उपहार वा पुरस्कार प्राप्त गर्न केही रकम पठाउनुपर्ने वा व्यक्तिको खाताको विवरण माग गर्ने गरेको पाइएको भन्दै यस्तो सूचनामा नफस्न राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ । यस्ता घटना नेपालमा मात्र नभई संसारभर नै हुनेगरेको भन्दै राष्ट्र बैंकले आफू सचेत र सजग हुन सबैमा आग्रह गरेको छ ।
सूचना
भूकम्पका कारण अवरुद्ध भएको सेवा तत्काल सुचारू गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन दिएक…
१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा १५ दिनभित्र आफ्नो फोन दर्ता गर्न आग्रह गरेको छ । …
स्थानीय तहबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक विवरण दिन सकिने
अब मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन सकिने भएको छ ।
नि…
बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे…
क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबस…
कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी
नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…