मोबाइल
इन्फिनिक्स हट ५० प्रो प्लस नेपालमा सार्वजनिक
इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम मोडेल हट ५० प्रो प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि र प्रतिस्पर्धात्मक मूल्यमा आएको यो फोन अब नेपालभर उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।
इन्फिनिक्स हट ५० प्रो प्लसको मूल्य २५ हजार ९९९ रूपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो स्मार्टफोन आफ्नो वर्गमा स्टाइल, पर्फमेन्स र टेक्नोलोजीको अनुपम संयोजन हो।
६.८ एमएम मोटाई भएको स्लिमएज डिजाइनमा आएको यो फोनमा थ्रीडी कर्भ्ड ६.७८ इन्चको फुल एचडी प्लस डिस्प्ले एमोलेड डिस्प्ले दिइएको छ, जसले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्तालाई सहज र स्टाइलिस अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
इन्फिनिक्स हट ५० प्रो प्लसमा हेलियो जी १०० प्रोसेसर, ८ जीबी र्याम (जसलाई १६ जीबीसम्म विस्तार गर्न सकिने) र २५६ जीबीको इन्टर्नल स्टोरेज दिइएको छ। यसका साथै, यो फोनमा टियुभी सर्टिफाइड ५ वर्षको परफमेन्स फ्लुएन्सी सुनिश्चित गरिएको छ, जसले लामो समयसम्म स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ।
फोनमा ५० मेगापिक्सेल डुअल एआई रियर क्यामेरा र १३ मेगापिक्सेल फ्रन्ट सेल्फी क्यामेरा रहेको छ। भिडियो तथा म्युजिक प्रेमीका लागि फोनमा जेबीएल साउन्ड सिस्टमसहित डुअल स्पिकर जडान गरिएको छ, जसले साउन्ड एक्स्पेरियन्सलाई उत्कृष्ट बनाउँछ।
यसैगरी फोनमा ५ हजार एमएएच ब्याट्री छ, जुन ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। साथै, यसमा एक्सओएस १४.५ अपरेटिङ सिस्टम (एन्ड्रोइड १४ मा आधारित) चल्नेजनाइएको छ ।
मोबाइल
१ टिबी स्टोरेज भएको ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा, कति छ मूल्य ?
सामसङले नेपाली बजारमा १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा उपलब्ध गराएको छ । मोबाइल अनुभवको नयाँ परिभाषा ब…
गोरिल्ला ग्लासदेखि सेरामिक सिल्ड स्क्रिन प्रविधि प्रयोग हुँदै, स्क्रिन प्रोटेक्टरको युग सकिँदै हो ?
स्मार्टफोनको डिस्प्लेलाई स्क्र्याच र फुट्नबाट जोगाउन हामीमध्ये धेरैजसोले स्क्रिन प्रोटेक्टर लगाउने गर्छौ ं। तर, स्मार्टफोन कम्पनीहरूका अ…
नेपालमा ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक, ६ वर्षसम्मको सिस्टम र सुरक्षा अपडेट पाइने
सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै &lsqu…
जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक
जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरे…
आइटेल ए ८० स्मार्टफोन सार्वजनिक, १०० दिनको रिप्लेसमेन्ट वारेन्टी
आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस …
रियलमी सी ७५ नेपालमा सार्वजनिक, अहिलेसम्मकै बलियो र विशेषतायुक्त स्मार्टफोन भएको दावी
रियलमीले अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन दावी गरेको रियलमी सी ७५ नेपालमा सार्वजनिक भ…
भिभो भी ५० नेपालमा सार्वजनिक, मूल्य ६७ हजार
स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भी ५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्र…
अन्डरवाटर फोटोग्राफी सुविधा भएको ओप्पो ए फाइभ प्रो नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा ओप्पो ए फाइभ प्रो फोरजी सार्वजनिक भएको छ । आउटडोर, गेमिङ र मनोरञ्जनका लागि उपयोगी हुने फोन ओप्पो ए फाइभ प्रो सा…
सामसङ ग्यालेक्सी ए ५६ फाइभजीको प्रि-अर्डर सुरू, कति छ मूल्य ?
सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०…
साओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, प्रि-बुकिङमा वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क
साओमीले साओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको &lsquo…
नेपालमा आईपुग्यो नथिङ फोन थ्री ए
मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी सम…
८ जीबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टको रियलमी सी ६३ नेपालमा, मूल्य २० हजार
रियलमीको रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी सी ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, …
रियलमी नोट ६० र नोट ६० एक्स नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?
रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपाली बजारमा भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्…
रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै
रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन …
रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल
रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्…