कीवर्डहरू -

मोबाइल

मोटोरोलाका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोटो जी ०६ पावर र मोटो जी ५७ पावर सार्वजनिक गरेको छ ।

उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोलाको एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोटो जी ०६ पावर विशेष गरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा सेग्मेन्टकै ठूलो मानिएको ७०००mAh ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ, जसले दैनिक प्रयोगलाई सहज र स्थिर बनाउने बताइएको छ । साथै ४GB र्याम तथा १२GB सम्मको र्याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।

यसमा ६.८८–इन्चको १२०Hz डिस्प्ले दिइएको छ, जसले स्मूथ तथा आकर्षक भिजुअल अनुभव प्रदान गर्ने बताइएको छ । फोटोग्राफीका लागि ५०MP क्वाड पिक्सेल क्यामेरा समावेश गरिएको छ भने डल्बी एटमस सहितको स्टेरियो स्पिकर्सले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको भनाइ छ ।

त्यस्तै कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आईपी ६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्यानटोन क्युरेटेड रंगसहितको प्रिमियम भेगन लेदर फिनिसले फोनलाई प्रिमियम लुक प्रदान गरेको छ । मोटो जी०६ पावरको मूल्य नेपाली बजारमा एनपीआर १८,९९९ तोकिएको छ ।

त्यसैगरी कम्पनीले मोटो जी ५७ पावर लाई नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनसहितको स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८GB र्याम र १२८GB स्टोरेज उपलब्ध छ भने र्याम बुस्ट मार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । 

७०००mAh क्षमताको ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ । फोटोग्राफीका लागि मोटो एआईद्वारा सञ्चालित ५०MP सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै ६.७२–इन्च एफएचडी+ १२०Hz डिस्प्ले, डल्बी एटमस सहितको डुअल स्टेरियो स्पिकर्स, हाई–रेज अडियो तथा बास बुस्ट जस्ता फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।

null

फोनमा एमआईएल–एसटीडी–८१० एच मिलिटरी–ग्रेड सर्टिफिकेशन तथा गोरिल्ला ग्लास ७ आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा ३ वर्षसम्म सेक्युरिटी अपडेट्स उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । मोटो जी ५७ पावर को मूल्य एनपीआर ३७,४९९ निर्धारण गरिएको छ ।

सिजी मोबाईल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट्स तथा पार्टनर स्टोर्स मार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

मोबाइल

सामसङ नेपालको ‘Remit मा Benefit’ अभियान, रेमिट्यान्स प्रयोगकर्ताका लागि विशेष सुविधा

काठमाडौं । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै &lsqu…

मोटोरोला रेजर फोल्ड : प्रिमियम बुक-स्टाइल फोल्डेबल स्मार्टफोन चाँडै आउने तयारीमा

काठमाडौं । स्मार्टफोन बजारमा फोल्डेबल डिभाइसहरूको बढ्दो मागबीच मोटोरोला आफ्नो नयाँ प्रिमियम डिभाइस रेजर…

के तपाईंको फोन ‘हेभी टास्क’ हैंडल गर्न सक्षम छ ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस डिभाइसको सहयोगले अहिले धेरै…

रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही बैशाख १३ देखि औपचारिक रूपमा सार्वजनिक गरेको छ । नवप्रवर्तन…

ब्याट्री सकिएपछि आईफोन १७ शृङ्खलामा तारबाट चार्ज नहुने समस्या, म्यागसेफबाट मात्रै चार्ज हुँदै

काठमाडौं । तारबाट चार्ज गर्ने विधि लामो समयदेखि स्मार्टफोनको ब्याट्री सकिँदा अपनाइने प्रमुख उपाय रहिआएको…

आकर्षक अफरसहित ओप्पो ए ६ एक्स स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । ओप्पो ए ६ एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्य…

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स एट एक्टिभ नेपालमा

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ, जुन …

इङ्ग्ल्यान्डका सबै विद्यालयमा स्मार्टफोन ब्यान : विद्यार्थीको पढाइ र अनुशासन सुधार्ने लक्ष्य

एजेन्सी । इङ्ग्ल्यान्डका सबै विद्यालयहरूमा अब बालबालिकाले स्मार्टफोन बोकेर हिँड्न र प्रयोग गर्न पूर्ण रूपमा र…

वित्तीय सुधारपछि एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङ अपग्रेड

काठमाडाैं । आईसीआरए नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेडको वित्तीय अवस्था सुधारिएको भन्दै क…

सामसंग नेपालको विशेष अफर : रेमिटेन्स पठाउनेलाई बोनस डाटा, इएमआई र क्यासब्याक

काठमाडाैं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रुपमा सशक्त सामसंग नेपालले “सपना…

नेपाली बजारमा साओमीको ६.८८ इन्च डिस्प्ले र ५२०० एमएएच ब्याट्रीसहित रेड्मी ए–सेभेन सार्वजनिक

साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–सेभेन सार्वजनिक गरेको छ। उत्कृष्ट डिजाइन र ठूलो डि…

एआई फिचरसहित नेपालमा अनर ‘म्याजिक अफ ८’ सिरिज सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा प्रविधि र स्टाइलको नयाँ बहस छेड्दै अनरले आफ्नो बहुप्रतिक्षित ‘Magic of 8’ लाइनअप सार्व…

भिभोले नेपाली बजारमा भी ७० सार्वजनिक गर्‍यो, उन्नत क्यामेरा र टिकाउ डिजाइनमा जोड

भिभोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भी ७० सार्वजनिक गरेको छ। कम्पनीले विशेषगरी उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्न चाहन…

अनर एक्स८०आई सात हजार एमएएच ब्याट्री र मेडिया टेक डाइमेन्सिटी ६५०० प्रोसेसरसहित सार्वजनिक

अनरले आफ्नो एक्स-श्रृंखलामा नयाँ स्मार्टफोन अनर एक्स८०आई थपेको छ। यो फोन ७,००० एमएएचको ठूलो ब्याट्री र मेडिया टेक डाइमेन्सिटी ६५…

सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक गर्दै प्रि-अर्डर खुला गर्‍यो

सामसङ नेपालले आफ्नो लोकप्रिय 'ए' सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाल…