कीवर्डहरू -

मोबाइल

साओमी १४ टी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्छ भने मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्सड् एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिनेछ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले साओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक भएको बताए । 'लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरूसहितको यो डिभाइस नेपाली ग्राहकवर्गमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं,' उनले भने, 'हामी विश्वस्त छौं कि यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।”

साओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टिमा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ जसले प्रत्येक फोटोमा अतुलनीय डिटेल्स र स्पष्टता प्रदान गर्छ ।

साओमी प्रोफोकस र ६० एफपिएस सहितको फोके भिडियो रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडियोग्राफीको अनुभव दिलाउँछ । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा संचालित शाओमी १४ टि ले मल्टीटास्किङ, गेमिङ, र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्दछ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्छ ।

साओमी १४ टि मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ जसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मूथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्छ । ४००० निट्सको पीक ब्राइटनेस, एचडिआर १०+ सपोर्ट र १.५ के रिजोलुसन रहेको यो स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।

साओमी १४ टि मा एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन् जसले प्रयोगकर्ताहरूलाई सहजताको अनुभव प्रदान गर्नेछ ।

५००० एमएच ब्याट्री सहित शाओमी १४ टि ले दिनभर चल्ने सक्ने ब्याट्री लाइफ प्रदान गर्दछ भने ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजी ले ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने सुविधा प्रदान गर्छ ।

आइपि ६८–रेटिङ भएको यो डिभाइस पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ । 

साओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जिबी + ५१२ जिबी अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य रु. ६४ ,९९९ तोकिएको छ र नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोेरहरुमा उपलब्ध हुनेछ ।

ग्राहकहरूले हरेक शाओमी १४ टिको खरिदमा सीमित–समयको लागी रेड्मी बड्स ६ लाईट निःशुल्क प्राप्त गर्नेछन् । कुनै अतिरिक्त शुल्क बिना प्रिमियम अडियो अनुभवको साथ आफ्नो स्मार्टफोन अनुभवलाई विशेष बनाउन यो अफर प्रदान गरेको कम्पनीले जनाएको छ।  

क्यामेरा टेक्नोलोजी, शक्तिशाली एआई फिचरहरू र उच्च–प्रदर्शन चिपसेट सहितको शाओमी १४ टि ले नेपालमा फ्ल्यागशिप स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्नेछ । 

मोबाइल

घट्यो स्मार्टफोन रेड्मी १३ को मूल्य

शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ …

सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक: २०० एमपी क्यामेरा र ७ वर्षको अपडेट ग्यारेन्टीसहित उपलब्ध

सामसंगले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन नयाँ स्मार्टफोन सामसंग ग्यालेक्सी एस २५, सामसंग ग्यालेक्सी एस २५ प्लस, र सामसंग ग्या…

ग्यालेक्सी एस२५ सिरिज लन्च गर्ने तयारीमा सामसङ

२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी…

टेक्नो फ्यान्टम भी फोल्ड टु स्मार्टफोन नेपाली बजारमा

टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २  फाइभजी  सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा न…

आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने

एप्पल आईफोन १७ एयरको लन्च गर्ने तयारीमा छ । रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ आईफोन मोडेलमा काम सुरु गरिसकेको छ । पछिल्लो रिप…

सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?

आईफोन एसई ४ सन् २०२५ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन एसई ४ को मूल्य ५०० अमेरिकी डलरभन्दा कम हुने…

नेपालमा रियलमी सी ६३ को नयाँ भेरिएन्ट उपलब्ध, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सी ६३ को ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७…

इनफिनिक्सको हट ५० आई स्मार्टफोन सार्वजनिक, मूल्य १४ हजार

इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक भएको छ । उच्चस्तरीय क्यामेरा सुविधा र मनोरञ्जन विकल्प रहेको हट ५०आई स्मार्टफोनको मूल्य १४ …

६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी नेपाली बजारमा सार्वजनिक

६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटको साथ सामसङ ग्यालेक्सी ए१६ ५जी लन्च भएको छ । जसमा प्रिमियम ग्यालेक्सी ए–सिरीज डि…

एप्पलको आईफोन एसई ४: शक्तिशाली ए१८ चिपसेटसहित २०२५ मा सार्वजनिक हुने

एप्पलले आफ्नो सबैभन्दा एडभान्स आईफोन १६ श्रृंखला ग्लोबली लन्च गरेपछि विभिन्न नयाँ उत्पादनहरूमा काम गर्न शुरू गरेको छ । यसमध्ये एक …

सामसंगको ग्यालेक्सी एस२४ एफई सार्वजनिक

 

सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्यको रूपमा ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । सो मोबाइलमार्…

रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी ट्याब्लेट सार्वजनिक

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजन…

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा चाँडै सार्वजनिक हुने

सामसङले अहिले आफ्नो सबैभन्दा फ्ल्यागशिप सामसङ ग्यालेक्सी एस २५ सिरिजमा काम गरिरहेको छ । यो सिरिजमा सामसङ ग्यालेक्सी एस २५ …

सामसङको ग्यालेक्सी एस २४ एफई स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस २४ एफईको सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताहरूले प्रिमियम मो…

कस्तो छ नेपालको पहिलो अफ-रोडर एसयुभी जेइको जेसिक्स ?

एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ-रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । ईभी तथा गाडी…