कीवर्डहरू -

मोबाइल

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा भिभो वाई २८ सार्वजनिक गरिएको हो । 

६.६८ इन्च एलसीडी डिस्प्ले रहेको फोनमा ६००० एमएएच ब्याट्री रहेको छ । भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ ।

फोन ४४ वाट फ्ल्यास चार्ज पनि छ । ब्याट्री हेल्थमा चार वर्षको ग्यारेन्टी भएको कम्पनीले जनाएको छ ।

यसको स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ , जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्नेछ । 

डुअल स्टीरियो स्पिकरको साथ ३०० प्रतिशत अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्ने दावी कम्पनीको छ ।

भिभो वाई २८ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेरा राखिएको छ । साथै सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । फोनमा ८ जीबी र्‍याम बुस्टरको समेत सुविधा रहेको छ । 

भिभो वाई २८ जुलाई ४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराजमार्फत उपलब्ध हुनेछ । ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २४ हजार ९९९ रूपैयाँ र ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भिभो वाई २८ को मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ । 
 

मोबाइल

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । 

सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…

सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य

सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को …

रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने

जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …

लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?

रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.…

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …

१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात

चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ । 

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ । 

अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार

नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…

२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने

के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फो…

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू

सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिज…

नयाँ आईप्याड प्रो एम फोर चिपका साथ सार्वजनिक हुने

एप्पलले आफ्ना प्रयोगकर्ताका लागि ठूलो कार्यक्रम (एप्पल ‘लेट लुज’ इभेन्ट २०२४) आयोजना गर्न लागेको छ । आगामी कार्यक्रम म्…

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्…

नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १४ एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा…

टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम पहेलो रङमा उपलब्ध भएको छ । १२ जीबी र्‍याम र ५१२ जीबीन स्टोरेज भएको ग्यालेक्सी एस २४…