कीवर्डहरू -

मोबाइल

चाँडै सार्वजनिक हुँदै ओप्पो रेनो ११ सिरिज

ओप्पो रेनो ११ सिरिज चाँडै बजारमा ल्याइनेछ । यो फोन रेनो १० सिरिजको उत्तराधिकारी हुनेछ । अब कम्पनीले रेनो ११ सिरिज लन्च गर्ने तयारी गरिरहेको छ, जसको लन्च टाइमलाइन पनि लीक भएको छ । एक रिपोर्टको अनुसार रेनो ११ सिरिज नोभेम्बरको अन्त्यमा लन्च हुन् सक्छ । रेनो ११, रेनो ११ प्रो मोडेलहरु यस श्रृंखला अन्र्तगत लन्च हुनेछ ।

पेरिस्कोप टेलिफोटो र म्याक्रो क्यामेरा रेनो ११ सिरिजमा कर्भ डिस्प्लेको साथ प्रदान गरिनेछ । साथै, यसमा ग्लास ब्याक प्यानल डिजाइन पनि हुनेछ जुन निकै स्टाइलिस देखिन्छ । यी फोनहरूमा ओप्पो रेनो १० मोडलको तुलनामा उन्नत क्यामेरा सेन्सर हुने अपेक्षा गरिएको छ ।

रेनो १० मा ट्रिपल रियर क्यामेरा छ । यसमा ६४ मेगापिक्सेल प्राइमरी सेन्सर ओआईएस, ३२ मेगापिक्सेल टेलिफोटो सेन्सर र ८ मेगापिक्सेल थर्ड सेन्सर उपलब्ध हुनेछ । यसमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट सेन्सर पनि उपलब्ध हुनेछ ।

प्रो मोडलको कुरा गर्दा यसमा ओआइएस सहितको ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, ३२ मेगापिक्सेलको टेलिफोटो शूटर र वाइड एंगल लेन्ससहित ८ मेगापिक्सेलको सेन्सर उपलब्ध हुने बताइएको छ ।

जबकि प्रो प्लस मोडलको कुरा गर्ने हो भने यसमा ६४ मेगापिक्सेल पेरिस्कोप सेन्सर, ५० मेगापिक्सेल सोनी सेन्सर र ८ मेगापिक्सेलको वाइड एंगल क्यामेरा ओआइएस सहित उपलब्ध गराइएको छ । अब नयाँ सिरिजमा अत्याधुनिक क्यामेरा दिन सकिनेछ ।

रेनो ११ सिरिज बाहेक अनर १०० र ह्वावे नोभा १२ सिरिज पनि नोभेम्बर र डिसेम्बरमा लन्च गर्न सकिन्छ । यस बाहेकआइ क्यू निओ ९ सिरिज पनि भिभो एस १८ सिरिजसँगै लन्च हुने अपेक्षा गरिएको छ ।
 

 

मोबाइल

स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे

ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा …

गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै

गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।

अक्टोबर १७ मा सार्वजनिक हुँदै नयाँ आईप्याड लाइनअप

एप्पलले केही समय अगाडि आईफोन १५ सार्वजनिक गरेको थियो । अब फेरि कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।

<…

रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी सार्वजनिक

रियलमीले असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा फ्यान फेस्ट आयोजना गर्दै सोही…

२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने

कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकार…