कीवर्डहरू -

मोबाइल

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।

के तपाईले एउटै फोनको मूल्य ६ अर्ब रुपैयाँ सुन्नु भएको छ ? पक्कै पनि छैन् होला । ६ अर्ब मूल्यको एउटै फोनभन्दा सुरूमा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो ।

महंगो फोनहरूमा विभिन्न किसिममा महंगो धातुहरू प्रयोग गरिएको हुन्छ, जसले फोनलाई महंगो बनाउँछ । आज हामी तपाईलाई यस्ता १० फोनको बारेमा जानकारी दिदैछौं, जसको मूल्य सुनेर तपाई पनि चकित पर्नुहुनेछ । 


फाल्कन सुपरसोना आईफोन ६ फिकं डाइमण्ड 

विश्वको सबैभन्दा महँगो मोबाइल फोनको पहिलो नम्बरमा फाल्कन सुपरसोना आईफोन ६ फिकं डाइमण्ड रहेको छ । यसको मूल्य ४८.५ अमेरिकी डलर अर्थात् ६ अर्ब ४७ करोड २६ लाख ५४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

सन् २००४ मा आएको आइफोन सिक्सको कस्टमाइज्ड मोडलको रुपमा रहेको फाल्कन सुपरनोभा फोनलाई २४ क्यारेट सुनले छोपिएको छ र पछाडिको भागमा एउटा ठूलो टुक्रा गुलाबी हिरा राखिएको छ । साथै यो आइफोनमा प्लाटिनम लेपन गरिएको छ र ह्याक प्रुफ टेक्नोलोजी रहेको छ, जसका कारण यो आइफोनलाई कसैले पनि ह्याक गर्न सक्दैन । 

Photo Credit: Mass Media NG

स्टुअर्ट ह्युज आईफोन फोरएस एलिट गोल्ड 

विश्वको दोश्रो सबैभन्दा महंगो स्मार्टफोनको रुपमा रहेको आइफोन फोर एस को यस कस्टमाइज्ड फोन को मूल्य ९.४ मिलयन अमेरिकी डलर ( १ अर्ब २५ करोड ४४ लाख ९३ हजार ९२० रुपैयाँ) रहेको छ । स्टुआर्ट ह्युज कम्पनीको तयार पारेको आइफोनको यो मोडेल हातबाट बनाइएको हो ।

यसमा पाँचवटा १०० क्यारेटभन्दा बढीका हिराका टुक्रा जडित गरिएको छ । फोनको पछाडिको भाग तथा लोगो चाहिँ २४ क्यारेट सुनले बनाइएको छ । एप्पलको लोगोमा ५३ वटा हिराको टुक्रा समेत छन् भने होम बटनमा ८.६ क्यारेटको सिंगल कट हिरा राखिएको छ ।

Photo Credit: Stuart Hughes

स्टुअर्ट ह्युज आईफोन ४ डायमंड रोज 

तेस्रो सबैभन्दा महँगो फोन आईफोन ४ डाइमंड हो । यसलाई स्टुअर्ट ह्युजेसले डिजाइन गरेको हो । यो फोन ठोस गुलाब सुनले बनेको छ र यसमा ५०० हीराहरू छन् । यसको स्टार्ट बटनमा ७.४ क्यारेट गुलाबी हीरा छ । पछाडिको भाग गुलाब सुन प्रयोग गरी सुन्दर ढंगले डिजाइन गरिएको छ । यसको मूल्य १ अर्ब ६ करोड ७६ लाख ५४ हजार ४०० रुपैयाँ तोकिएको छ । 

null

गोल्डस्ट्रिक आईफोन थ्रीजीएस सुप्रिम 

स्टुआर्ट ह्युजकै डिजाइन रहेको यो फोन विश्वको चौथो महँगो फोन हो र यसको मूल्य ३२ लाख डलर रहेको छ । यो फोनमा २२ क्यारेटको २ सय ७१ ग्राम सुन प्रयोग गरिएको छ । यसमा चारवटा २.५ क्यारेट गुलाबी ब्यागेट हीराहरू छन् । फोनको पछाडिको भागमा लगभग ११२ ग्राम १८ क्यारेट गुलाब सुन र गुलाब सुनको एप्पल लोगो र ५३ वटा थप हीराहरू छन् । 

Photo Credit: Stuart Hughes 
 

आईफोन थ्रिजी किङ्ग बटन 

अष्ट्रियन डिजाइनर पिटर एलिसलनद्वारा डिजाइन गरेको आईफोन थ्रिजी किङ्ग बटनमा १८ क्यारेटको पहेँलो, सेतो र गुलाबी सुन प्रयोग गरिएको छ । यसका साथै चम्किलो ६.६ क्यारेट हीरा जडान गरिएको छ । यसको मूल्य  २.५ अमेरिकी डलर पर्छ । 

Photo Credit: WorldKings

डायमण्ड क्रिप्टो स्मार्टफोन 

अहिले छैंठौं नम्बरमा आउने १.३ मिलियन अमेरिकी डलर पर्ने डायमण्ड क्रिप्टो स्मार्टफोन कुनै समय संसारको सबैभन्दा महँगो फोनको सूचीको पहिलो नम्बरमा आउँथ्यो । एलोइसोनले डिजाइन गरी जेएससी एंकोर्ट कम्पनीले उत्पादन गरेको यो फोनको अधिकांस हिस्सा प्लाटिनमले बनेको छ ।

त्यस्तै फोनको लोगो र होम बटन चाहिँ गुलाबी सुनले बनेको छ । हेर्दा सानो देखिने यो फोनमा जम्मा ५० हीराहरू जडान गरिएका छन् । 

Photo Credit: Blog of Wishes

गोल्डविश ले मिलियन 

प्रसिद्ध लक्जरी ब्राण्ड गोल्डविसले उत्पादन गरेको ले मिलियन नामक फोन विश्वको सातौँ महंगो फोन हो । यो फोन विश्वचर्चित घडी तथा गहना डिजाइनर इमानुएल गुएटले डिजाइन गरेका हुन् । यो फोनमा १८ क्यारेटको सेतो सुनका साथै १२० क्यारेटका भिभिएस वान ग्रेड हिरा रहेको छ । यो फोन अहिलेसम्म केवल ३ वटामात्र उत्पादन भएको छ । यसको मूल्य १० लाख अमेरिकी डलर पर्छ । 

Photo Credit: Pinterest

ग्रेसो लुजर लास भेगास ज्याक्पट 

ग्रेस्सो कम्पनीको लस भेगास ज्याकपट नामक फोन विश्वको सबैभन्दा महंगो फोनको सूचीमा आठौँ स्थानमा आउँछ । कम्पनीले यो मोडेलका केवल ३ वटा मात्र फोन उत्पादन गरेको थियो र तीनवटामै युनिक नम्बर राखिएको थियो ।

यो फोनमा १८० ग्रामभन्दा बढि सुन तथा अगाडीको भागमा ४५.५ क्यारेटको कालो हिरा प्रयोग गरिएको छ । यसको मूल्य १० लाख डलर रहेको छ । यसको मूल्य पनि १० लाख डलर नै छ । 

Photo Credit: ZD Net

गोल्डेनभिस रिभालुसन 

चर्चित स्विडिस ब्राण्ड गोल्डविसद्वारा बनाईएका यो फोनको मूल्य ४ लाख ८८ हजार १५० डलर रहेको छ । यो फोनको डिजाइन आदि घढी जस्तो र आदी फोन जस्तो बनाइएको छ । सेतो र गुलाबी सुनबाट बनेको यो फोनमा सुन बाहेक हिरा, छाला तथा काँचको प्रयोग गरिएको छ । यसको मूल्य ४ लाख ८८ हजार १५० अमेरिकी डलर राखिएको छ । 

Photo Credit: Engadget

भर्टु सिंग्नेचर कोब्रा 

र अर्को दशौं नम्बरको संसारको महँगो फोन हो भर्चु सिंग्नेचर कोब्रा । भर्चु कम्पनीद्वारा डिजाइन गरिएको यो फोन जम्मा ८ वटामात्र उत्पादन गरिएको छ । फ्रेन्च कम्पनी बोचेरोन भर्चु कम्पनीले डिजाइन गरी बेलायतमा हस्तनिर्मित यो फोनमा सर्प बेरिएको जस्तो आकृतिमा सुन लेपन गरिएको छ ।

यसमा ४३० वटा रुबी प्रयोग गरिएको छ ।  यसको मूल्य ३ लाख १० हजार अमेरिकी डलर पर्ने गर्छ । 

Photo credit: Bollybonda
 

(एजेन्सीको सहकार्यमा तयार पारिएको सामग्री)

मोबाइल

ह्वावेको मेटप्याड प्रो ११ सार्वजनिक, स्याटेलाइट सपोर्ट गर्ने संसारको पहिलो ट्याब्लेट

ह्वावेले ह्वावे मेटप्याड प्रो ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोन स्याटेलाइट जडानलाई समर्थन गर्ने संसारको पहिलो ट्याब्लेट हो । कम्पनीको नयाँ फ्ल्यागशिप ट्याब्लेटम…

चाँडै नेपालमा सामसङ ग्यालेक्सी एस२३ एफ इको प्रिअर्डर सुरु हुने

सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ सार्वजनिक भएको छ ।

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै

ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३…

चाँडै सार्वजनिक हुँदै ओप्पो रेनो ११ सिरिज

ओप्पो रेनो ११ सिरिज चाँडै बजारमा ल्याइनेछ । यो फोन रेनो १० सिरिजको उत्तराधिकारी हुनेछ । अब कम्पनीले रेनो ११ सिरिज लन्च गर्ने …

नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?

टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभ…

सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने

सीजी (चौधरी ग्रुप) ले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र इयरफोन नेपाल ल्याउने भएको छ । यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सी…

तीन महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात

चालु आर्थिक वर्षको ३ महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात भएको छन् । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म १० लाख १५…

स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे

ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा …

गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै

गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।

अक्टोबर १७ मा सार्वजनिक हुँदै नयाँ आईप्याड लाइनअप

एप्पलले केही समय अगाडि आईफोन १५ सार्वजनिक गरेको थियो । अब फेरि कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।

<…

रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी सार्वजनिक

रियलमीले असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा फ्यान फेस्ट आयोजना गर्दै सोही…

२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने

कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकार…