कीवर्डहरू -

मोबाइल

कस्तो होला आईफोन १६ ?

सेप्टेम्बर २०२३ मा, एप्पलले आफ्ना ग्राहकहरूको लागि नवीनतम आईफोन १५ श्रृृंखला लन्च गरेको थियो । यस श्रृंखलामा चारवटा स्मार्टफोनहरू समावेश छन् ।

अब नयाँ मिडिया रिपोर्टले कम्पनीले आफ्ना ग्राहकहरुका लागि नयाँ आईफोन १६ ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।रिपोर्टले आईफोन १६ मा केहि प्रमुख परिवर्तनहरू हुने बताएको छ ।

यस बाहेक यसको डिजाइनको बारेमा पनि केही समाचारहरू बाहिर आएका छन्, जसबाट यो फोन आईफोन १२ जस्तो देखिन सक्ने बताइएको छ ।

आईफोनसँग सम्बन्धित जानकारी साझा गर्ने वेबसाइट म्याकरयुमर्सले आफ्नो हालैको रिपोर्टमा आईफोन १६ लाई कोडनेम डेलोरियन दिइएको बताएको छ ।

यस बाहेक, रिपोर्टले आईफोन १६ को प्रारम्भिक पूर्व–उत्पादन डिजाइनको बारेमा पनि जानकारी प्रदान गर्दछ । रिपोर्टले आईफोन १६ को बटन र क्यामेरा लेआउट परिवर्तन गरिने पनि खुलासा गरेको छ । आइफोन १६ को धेरै प्रोटोटाइप परीक्षण गरिनेछ । 

यो प्रोटोटाइप पहेंलो, गुलाबी, मिडनाइट र कालो बाहेक धेरै कलर विकल्पहरूमा प्रस्तुत गरिएको छ । जहाँ पहेंलो प्रोटोटाइपमा एक्शन बटन, इन्टिग्रेटेड भोल्युम बटन र फोन एक्स–स्टाइल क्यामेरा बम्प छ ।

यस्तै गुलाबी प्रोटोटाइपमा एक्शन बटन र छुट्टै मेकानिकल भोल्युम बटन छ । मिडनाइट प्रोटोटाइपमा ठूलो एक्शन बटन र नयाँ क्याप्चर बटन छ ।

आइफोन १६ अरु आइफोनको तुलनामा सबैभन्दा ठूलो भिन्नता क्यामेराको डिजाइनमा हुनेछ । आईफोन १६ का लागि दुईवटा क्यामेरा बम्प डिजाइनहरू विचार गरिँदैछ भन्ने जानकारी आएको छ ।

यी मध्ये एउटा आइफोन १२–शैलीको डिजाइन हो, जसमा दुईवटा क्यामेरा लेन्सहरू हुनेछन् र अर्को आइफोन एक्स जस्तै हुनेछ ।


 

मोबाइल

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।

<…

आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्

विश्व धेरै बिक्री हुने फोन मध्ये एकमा सामसङ पनि पर्छ ।  के तपाई पनि सामसङको ग्यालेक्सी फोन प्रयो…

डिसेम्बरमा सार्वजनिक हुँदै यी ३ स्मार्टफोन

सन् २०२३ हो अन्तिम महिना डिसेम्बर भर्खर सुरु भएको छ । यो महिना विभिन्न स्मार्टफोनहरू सार्वजनिक हुँदै छन् । 

अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक

अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा आधिकारिक रुपमा सार्वजनिक भएको छ । हालसालै लन्च गरिएको अनर एक्स ७ बी अनरको सबैभन्दा…

ह्वावेको मेटप्याड प्रो ११ सार्वजनिक, स्याटेलाइट सपोर्ट गर्ने संसारको पहिलो ट्याब्लेट

ह्वावेले ह्वावे मेटप्याड प्रो ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोन स्याटेलाइट जडानलाई समर्थन गर्ने संसारको पहिलो ट्याब्लेट हो । कम्पनीको नयाँ फ्ल्यागशिप ट्याब्लेटम…

चाँडै नेपालमा सामसङ ग्यालेक्सी एस२३ एफ इको प्रिअर्डर सुरु हुने

सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ सार्वजनिक भएको छ ।

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै

ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३…

चाँडै सार्वजनिक हुँदै ओप्पो रेनो ११ सिरिज

ओप्पो रेनो ११ सिरिज चाँडै बजारमा ल्याइनेछ । यो फोन रेनो १० सिरिजको उत्तराधिकारी हुनेछ । अब कम्पनीले रेनो ११ सिरिज लन्च गर्ने …

नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?

टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभ…

सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने

सीजी (चौधरी ग्रुप) ले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र इयरफोन नेपाल ल्याउने भएको छ । यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सी…

तीन महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात

चालु आर्थिक वर्षको ३ महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात भएको छन् । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म १० लाख १५…

स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे

ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा …

गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै

गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।

अक्टोबर १७ मा सार्वजनिक हुँदै नयाँ आईप्याड लाइनअप

एप्पलले केही समय अगाडि आईफोन १५ सार्वजनिक गरेको थियो । अब फेरि कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।

<…

रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी सार्वजनिक

रियलमीले असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा फ्यान फेस्ट आयोजना गर्दै सोही…