कीवर्डहरू -

मोबाइल

गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटीको प्रिबुकिङ खुला

नेपालमा गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटी छिट्टै सार्वजनिक हुने भएको छ । मंगलबारदेखि कम्पनीले  नेपालमा प्रिबुकिङ खुला गरेको छ । 
 
रियलमी जीटी सिक्सटीको नेपालमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ६५ हजार ९९९ रूपैयाँ तोकिएको छ । १६ जुनदेखि २० जुनसम्म प्रिबुकिङ उपलब्ध हुनेछ । अहिले फोन प्रिबुकिङ गर्दा ५ हजार ४९९ रूपैयाँ पर्ने रियलमी टी ३०० बड्स निःशुल्क पाइने छ । 

रियलमी जीटी सिक्सटी स्मार्टफोनमा ६.७८ इन्चको डिस्प्ले राखिएको छ । यो स्क्रीन एटी एलटीपीओ एमोलेड प्यानलमा बनाइएको छ, जुसले १२० हर्ज रिफ्रेस रेटसहित २५०० हर्जसम्मको टर्बोचार्ज्ड टच सेम्पलिङ रेट समर्थन गर्दछ ।

फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ भने डिस्प्लेको सुरक्षाका लागि ३ डी गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसमा क्वालकम स्नापड्रागन सेभेन प्लस जेन थ्री अक्टा कोर प्रोसेसर राखिएको छ ।

null

४ न्यानोमिटरमा बनाइएको प्रोसेसर २.८ गीगाहर्ट्जसम्मको क्लक स्पीडमा चल्ने छ । फोटोग्राफीका लागि रियलमी जीटी सिक्सटी डुअल रियर क्यामेरा राखिएको छ । मुख्य रियर क्यामेरामा ५० मेगापिक्सेल ओआईएस सोनी लिट ६०० सेन्सर दिइएको छ । यसको साथसाथै ८ मेगापिक्सेलको अर्को समेत लेन्स पनि समावेश छ । 

सेल्फी खिच्न, भिडियो कलिङ गर्न र रील्स बनाउनका लागि रियलमी जीटी सिक्सटी स्मार्टफोन ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । फोनमा ५५०० एमएएचको ब्याट्री राखिएको छ । यो फुल चार्ज भएपछि करिब १६ दिनसम्म फोनलाई अन राख्न सकिने कम्पनीको दावी छ । छिटो चार्ज गर्नका लागि यस मोबाइलमा १२० वाट फास्ट चार्जिङ प्रविधि दिइएको छ ।

null

कम्पनीको दाबी अनुसार केवल १० मिनेट चार्ज गर्दा नै फोनको ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुन सक्छ । रियलमी जीटी सिक्सटी फाइभजी फोन हो । यसमा पछिल्लो एन्ड्रोइड १४ मा अपरेटिङ सिस्टममा आधारित रियलमी युआई राखिएको छ । कम्पनीले ३ वर्षसम्म ओएस अपडेट दिने प्रतिबद्धता जनाएको छ भने ४ वर्षको सफ्टवेयर अपडेट पाइने छ । 


 

मोबाइल

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा भिभो वाई २८ सा…

नेपाली बजारमा रेड्मी १३ सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा रेड्मी १३ सार्वजनिक गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा…

कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?

नेपाली बजारमा इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको इन्फिनिक्स जीटी …

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । 

सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…

सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य

सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को …

रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने

जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …

लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?

रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.…

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …

१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात

चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ । 

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ । 

अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार

नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…

२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने

के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फो…

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू

सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिज…