कीवर्डहरू -

टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क

टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम पहेलो रङमा उपलब्ध भएको छ । १२ जीबी र्‍याम र ५१२ जीबीन स्टोरेज भएको ग्यालेक्सी एस २४ अल्ट्रा अब टाइटेनियम पहेलो रङमा पनि उपलब्ध भएको हो । 

एआईका फिचरले भरिपूर्ण यसमा सर्कल टु सर्च सुविधा रहेको छ। यसबाट प्रयोगकर्ताहरूले कुनै पनि सम्बन्धित जानकारी वा समान छविहरू अनलाइन खोज्नको लागि आफ्नो स्क्रिनमा कुनै पनि फोटो वरिपरि सर्कल कोरेर खोज्न सक्ने छन् । 

ग्यालेक्सी एस २४ अल्ट्राले सहजै मल्टिटास्किङ र जानकारीमा द्रुत पहुँचको लागि अनुमति दिने कम्पनीको दावी छ । पहेलो रङको ग्यालेक्सी एस २४ अल्ट्रा खरिद गर्ने ग्राहकहरूले ३ हजार २९९ रूपैयाँ बराबरको पहेलो सिलिकन केस समेत निःशुल्क पाउने छन् । यो अफर ३१ मे २०२४ सम्म लागु हुनेछ ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्ट्यान्ट फाइनान्स सुविधाको उपयोग गरी जिरो प्रतिशत ब्याजदरमा प्रति महिना १० हजारबाट सुरू हुने ईएमआई सेवाबाट समेत फोन खरिद गर्न सकिने छ । 

सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज बीमा पनि उपलब्ध गराउँदै आएको छ र आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि एक्सचेन्ज सुविधा उपलब्ध छ ।