कीवर्डहरू -

मोबाइल

भिभोले नेपाली बजारमा भी ७० सार्वजनिक गर्‍यो, उन्नत क्यामेरा र टिकाउ डिजाइनमा जोड

भिभोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भी ७० सार्वजनिक गरेको छ। कम्पनीले विशेषगरी उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ मोडेल ल्याएको जनाएको छ।

भिभो भी ७० मा ५० मेगापिक्सलको प्राइमरी सेन्सर (IMX921), ४K भिडियो रेकर्डिङ, र होराइजन लक प्रविधि रहेको छ। कम्पनीका अनुसार यो प्रविधिले फोन हल्लिँदा पनि तस्बिर र भिडियो स्थिर र स्पष्ट राख्न सहयोग गर्छ। रातिको समयमा पनि उज्यालो र विस्तृत फोटो खिच्न सकिने सुविधा यसमा रहेको बताइएको छ।

फोनमा १.५K कर्भ्ड एमोलेड डिस्प्ले र १२०Hz रिफ्रेस रेट छ। त्यस्तै, ५५००mAh ब्याट्री र ८०W फ्ल्यासचार्ज समर्थन गरिएको छ। धुलो र पानीबाट सुरक्षा दिने IP68/IP69 रेटिङ सहित फोनलाई टिकाउ बनाइएको कम्पनीको भनाइ छ।

भिभोका अनुसार भी ७० मा Schott Xensation प्रोटेक्सन ग्लास र कोरोसन–प्रतिरोधी कोटिङ प्रयोग गरिएको छ। नेपाली हावापानी र दैनिक प्रयोगलाई ध्यानमा राखेर फोनको निर्माण गरिएको कम्पनीले जनाएको छ।

null

नेपाली बजारमा यसको १२GB/२५६GB भेरियन्टको मूल्य रु. ४९,९९९ र १२GB/५१२GB भेरियन्टको मूल्य रु. ६९,९९९ तोकिएको छ।

लन्च अफरअन्तर्गत पहिलो १,२०० ग्राहकले भिभो TWS 3 इयरफोन, पहिलो २,००० ग्राहकले ६ महिनासम्मको एकपटकको स्क्रिन रियर प्रोटेक्सन र ब्याक कभर, तथा ५ जना भाग्यमानी ग्राहकले मोटरसाइकल जित्ने अवसर पाउने छन्। कम्पनीले १२ महिनाको ० प्रतिशत EMI सुविधा पनि उपलब्ध गराएको छ।

भिभो भी ७० अहिले भिभोका आधिकारिक स्टोर, अनलाइन प्लेटफर्म तथा देशभरका खुद्रा विक्रेतामार्फत उपलब्ध छ।

 

मोबाइल

६५०० एमएएच ब्याट्री र आईपी६५ रेटिङसहित भिभो वाई०५ नेपाली बजारमा सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौँमा एक कार्यक्रमक…

प्रिमियम डिजाइन र एआई फिचरसहित नथिङ फोन ४ए नेपालमा

स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतक…

फोल्डेबल आइफोनको चर्चा तीव्र, के के हुन सक्छन् फिचर?

एप्पलले फोल्डेबल आइफोनबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा नगरे पनि पछिल्ला महिनाहरूमा आएका विभिन्न लिक र विश्लेषक रिपोर्टहरूले …

नेपालमा ओप्पो ए सिक्स सार्वजनिक, ७ हजार एमएएच ब्याट्री र १२० हर्ज एमोलेड डिस्प्ले

ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए सिक्स सार्वजनिक गरेको छ। लामो ब्याट्री जीवन, उच्च भिजुअल अनुभव र टिकाउ डिजाइन…

नेपालमा रेडमी नोट १५ फाइभजी सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी सार्वजनिक गरेको छ। स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उच्च कार्यक्ष…

सामसङ ग्यालेक्सी एस२६ सिरिज नेपालमा सार्वजनिक, प्रि-अर्डर खुला

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सामसङ ग्यालेक्सी एस २६ सार्वजनिक गरेको छ। ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित …

सामसङ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक, एआई फिचर र प्राइभेसीमा जोड

सामसङले ग्यालेक्सी अनप्याक्ड २०२६ मार्फत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ। 

कस्तो होला एप्पलको फोल्डेबल आईफोन ?

एप्पलले अहिलेसम्म आधिकारिक रूपमा फोल्डेबल आईफोन घोषणा नगरे पनि बजारमा यसबारे चर्चा तीव्र बनेको छ। विश्लेषक, आपूर्ति–श्रृं…

अहिलेसम्मकै ठुलो ब्याट्रीसहित वाई ३१ डी स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

प्रयोगकर्ताको वास्तविक आवश्यकता केन्द्रमा राख्दै स्मार्टफोन विकास गर्दै आएको भिभोले अब आफ्नो अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्रीसहितको …

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभजी नेपाली बजारमा सार्वजनिक

ओप्पो नेपालले आफ्नो रेनो सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन रेनो १५ फाइभजी औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्…

अनरको X9D स्मार्टफोन बुकिङ गर्दा स्मार्टवाचदेखि दीपलको S05 कार जित्ने अवसर

अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइड डी (X9d) को प्रिबुकिङ सुरू गरेको छ। शक्तिशाली प्रदर्शन, उच्च मजबुती र उत्कृष्ट व…

असुसले स्मार्टफोन व्यवसायबाट पछि हट्ने संकेत, एआई परियोजनातर्फ केन्द्रित हुने सम्भावना

ताइवानस्थित प्रविधि कम्पनी असुसले स्मार्टफोन व्यवसायलाई क्रमशः घटाउँदै लैजाने संकेत दिएको छ । कम्पनीका अध्यक्ष जोन्नी शिहको हालैका…

रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ …

सामसङको ग्यालेक्सी ट्याब ए ११ प्लस सार्वजनिक, स्मार्ट एआई फिचर र प्रिमियम डिजाइन

सामसङले नेपालमा आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए ११ प्लस सार्वजनिक गरेको छ । विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि ड…

रियलमी १५ प्रो फाइभजी नेपालमा उपलब्ध

रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो फाइभजी नेपालमा विक्री सुरु गरेको जनाएको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिम…