मोबाइल
नेपालमा आईपुग्यो नथिङ फोन थ्री ए
मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गएको मार्च ५ तारिक देखि प्रिबुकिङ शुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो ।
लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधी नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।
नथिङ टेक इन्थ्युजियास्टहरुको सर्बाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे अनि नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो ।
“ट्रान्सप्यारेन्ट ब्याक डिजाईन र ग्लिफ लाईटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।” माहाप्रबन्धक विनय जोशी भन्छन्, “जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रिमा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाईन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाईन अझ परिस्कृत तुल्याएको छ ।”
हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाईन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाईनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।
५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ को कम्विनेसन भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ । चारै तिर समान र निक्कै कम बेजल भएको यो डिस्प्लेले बजारमा प्रचलनमा रहेका कुनै पनि फ्ल्यागसिप स्मार्टफोनको डिस्प्लेसँग सजिलै प्रतिस्पर्धा गर्न सक्षम रहेको छ ।
३२ मेगापिक्सेलको सेल्फि क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामेरा भएको नथिङ फोन थ्रि ए ले खिच्ने फोटो निक्कै क्रिप्स, क्लियर र नेचुरल हुन्छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्रि ए मा दिइएको अप्टिकल इमेज स्टेबलाईजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटीको हुन्छ ।
एण्डरोईड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्रि ए मा नथिङले थप तिन जेनेरेसनको ओएस अपग्रेडेसनको वाचा गरेको छ । ४ न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाईज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको नथिङ फोन थ्रि ए ८ जिवि र्याम र १२८ जिवि स्टोरेज वा १२ जिवि र्याम र २५६ जीबी स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराईएको हो ।
फ्ल्यागसिप ग्रेडको परफरमेन्स र फिचर भएको नथिङ फोन थ्रि ए मूल्यमा भने मिडरेन्ज सेग्मेन्टमा पर्छन् । त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी यूवा उपभोक्ताको पहिलो रोजाईमा सँधै नथिङ पर्दै आएको छ । यहाँ स्मरणीय छ, नेपाली बजारमा नथिङ फोन थ्रि ए ब्लु, ब्ल्याक र ह्वाईट गरि तिन कलर अप्सनमा उपलब्ध रहेका छन् भने यसको शुरुवाती भेरियन्टको मूल्य ४८ हजार नौ सय उनान्सय रुपैंया तोकिएको छ ।
मोबाइल
रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल
रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्…
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?
टेलिटक प्रालिले आज आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । स्पस्ट डिटेल तथा तुरुन्तै शेयर …
नेपाली बजारमा मोटोरालाका स्मार्टफोन
मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । …
एप्पलले तीन वर्षपछि ल्यायो इन्ट्री लेभलको फोन ‘आईफोन १६ ई’, कति छ मूल्य ?
एप्पलले तीन वर्षपछि अन्ततः इन्ट्री लेभलको आईफोन सार्वजनिक गरेको छ । आईफोन १६ ईले कम्पनीको लाइनअपमा आईफोन एसईलाई प्रतिस्थापन गरेक…
साओमी १४ टी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर
साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुन…
ईएमआई र इन्स्योरेन्स अफरसहित सामसङ ग्यालेक्सी एस २५ सिरिज अब नेपालमा उपलब्ध
ग्यालेक्सी एस२५ सिरिज शुक्रबारदेखि सबै सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध भएका छन् ।
ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्…
उच्च प्रदर्शन र उत्कृष्ट ब्याट्री लाइफसहित अनर एक्स नाइन सी फाइभ जी नेपालमा चाँडै लन्च हुँदै
नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित अनर एक्स नाइन सी फाइभ जी चाँडै आउने भएको छ। अनर एक्स नाइन बी फाइभ जीको सफलतापछि सेलट्रोन नेपालल…
नेपालमा ग्यालेक्सी एस २५ सिरिजको प्रि-अर्डर सुरू, कति छ मूल्य ?
सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ प्लस र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घ…
घट्यो स्मार्टफोन रेड्मी १३ को मूल्य
शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ …
सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक: २०० एमपी क्यामेरा र ७ वर्षको अपडेट ग्यारेन्टीसहित उपलब्ध
सामसंगले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन नयाँ स्मार्टफोन सामसंग ग्यालेक्सी एस २५, सामसंग ग्यालेक्सी एस २५ प्लस, र सामसंग ग्या…
ग्यालेक्सी एस२५ सिरिज लन्च गर्ने तयारीमा सामसङ
२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी…
टेक्नो फ्यान्टम भी फोल्ड टु स्मार्टफोन नेपाली बजारमा
टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २ फाइभजी सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा न…
आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने
एप्पल आईफोन १७ एयरको लन्च गर्ने तयारीमा छ । रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ आईफोन मोडेलमा काम सुरु गरिसकेको छ । पछिल्लो रिप…
सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?
आईफोन एसई ४ सन् २०२५ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन एसई ४ को मूल्य ५०० अमेरिकी डलरभन्दा कम हुने…
नेपालमा रियलमी सी ६३ को नयाँ भेरिएन्ट उपलब्ध, १ मिनेट चार्जमा १ घण्टा कल
रियलमीले रियलमी सी ६३ को ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७…