समाचार
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अप-टु-डेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । प्राकृतिक विपद्का बेला आफ्नो प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयासअन्तर्गत यो पहल सुरु गरिएको हो ।
अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइड मार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ ।
यस गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटनाहरू के हुन् भन्ने जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित कन्टेन्ट जिम्मेवारीपूर्वक कसरी शेयर गर्ने वा रिपोर्ट गर्ने भन्ने विषयमा पनि उपयोगी जानकारी समावेश गरिएको छ ।
टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, “संकटका बेला सही जानकारी पनि अरू सहायताहरू जत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक परेको बेला मानिसहरू सुरक्षित, संयमित र सही जानकारीसहित निर्धक्क रहन सकून् ।”
यो पहल विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने टिकटकको दीर्घकालीन प्रतिबद्धताको हिस्सा हो । यस्ता सुविधा प्रयोगकर्ताको अनुभवमा प्रत्यक्ष रूपमा समावेश गरेर टिकटकले विश्वसनीय जानकारी र उपयोगी स्रोतहरूमा सहज पहुँच उपलब्ध गराउँदै आफ्नो
समुदायलाई सहयोग गरिरहेको छ ।
साथै, मानिसहरूले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि टिकटकले निरन्तर कायम राखेको छ ।
समाचार
मोबाइल जामर कसरी काम गर्छ ? केही सेकेन्डमै किन हराउँछ मोबाइल नेटवर्क
काठमाडौं । भारतको नयाँदिल्लीस्थित जन्तर–मन्तर क्षेत्रमा जारी प्रदर्शनका कारण मोबाइल नेटवर्कमा समस्या …
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता कर नलगाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत समता कर तत्कालका लागि कार्यान्…
स्थानीय तहका गुनासो मुख्य सचिवमार्फत सम्बोधन गरिने, हेलो सरकारमार्फत उजुरी गर्न आग्रह
काठमाडौं । स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का पट्टा तथा निर्माण कार्यमा अनियमितता, भ्…
अब मोबाइलमै बज्नेछ विपद्को साइरन, सरकारले ल्याउँदै ‘सेल ब्रोडकास्ट’ प्रणाली
काठमाडौं । नेपालमा विपद्को पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारले मोबाइल फोन प्रसारण प्रणाली (C…
अमेरिकामा किन घडीको समय वर्षमा दुई पटक फेरिन्छ ? जान्नुहोस् ‘डेलाइट सेभिङ टाइम’को रहस्य
काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन्, तीमध्ये सबैभन्दा बढी चर्चा हुने प्रणालीमध्ये…
अनशनसँगै आम्दानी पनि चर्चामा, सोनम वाङचुकको युट्युबबाट मासिक ७ लाखसम्म कमाइ
काठमाडौं । वातावरण अभियन्ता, आविष्कारक तथा शिक्षा सुधारक सोनम वाङचुक पछिल्ला दिनमा पुन: चर्चामा छन् । नयाँ द…
नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य
काठमाडौं । हाम्रो पात्रो अन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भीलबीच संस्…
निर्वाचन २०८२ मा एआई र सामाजिक सञ्जालको प्रभाव कस्तो रह्यो ? प्रतिवेदनले देखायो जोखिम र सुधारका उपाय
काठमाडौं । डिजिटल राइट्स नेपालले २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा डिजिटल माध्यमहरूको प्रयोग…
‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित आफ्नो १७ …
फेसबुक खुलेपछि हट्यो अन्योल, आखिर के भएको थियो ?
काठमाडौं । प्राविधिक समस्याका कारण आइतबार करिब डेढ घण्टा अवरुद्ध भएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम दिउ…
फेसबुकमा प्राविधिक गडबडी, प्रयोगकर्ता अलमलमा
काठमाडौं । फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसो प्राविधिक समस्या देखिएपछि विश्वभरका धेरै प्रयोगकर्ता प्रभा…
नेपालमा हाइड्रोजन सवारी भित्र्याउने तयारी, सरकारले माग्यो विज्ञको सुझाव
काठमाडौं । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पू…
एआई सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ नेपालमा पनि
काठमाडौं । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म भिलले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गर…
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट नि:शुल्क प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हु…
एमपावर प्रणाली अपडेटका कारण तीन दिन बिलिङ सेवा प्रभावित, अनलाइन भुक्तानी भने नियमित
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एमपावर (MPower) बिलिङ प्रणालीमा प्राविधिक सुधार गर्न लागिएकाले तीन दिन…