समाचार
आफुलाई कुन कपडा सुहाउँछ ? अब मिरागो एपबाटै हुनेछ थाहा
यो कपडा मलाई सुहाउँछ कि सुहाउँदैन? तयार हुने बेलामा हरेक व्यक्तिको मनमा यही प्रश्न घुमिरहन्छ। यदि एकपटक आफ्नै आँखाले आफूलाई कपडामा सजिएको देख्न पाइयो भने छनोट सजिलो हुने थियो। यही कारण मानिसले ऐनाको सहारा लिन्छन् र लुगा किन्दा ट्रायल रुम प्रयोग गर्ने चलन अझै पनि नेपालमा कायम छ।
यही आवश्यकतालाई अनावश्यक बनाउने उद्देश्यसहित विकसित गरिएको एआइ प्लेटफर्म हो— ‘मिरागो’, एक भर्चुअल ट्रायल रुम।
एआई प्रविधिमा आधारित यस प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो फोटो र मनपरेको लुगाको फोटो वा स्क्रिनसट अपलोड गर्नुपर्छ। त्यसपछि एआइले स्वतः प्रयोगकर्ताको फोटोमा उक्त लुगा फिट गरेर नयाँ तस्बिर जेनेरेट गरिदिन्छ।
यसले प्रयोगकर्तालाई आफूलाई सुहाउने लुगा छान्न सहज बनाउनुका साथै अनलाइन सपिङपछि हुने निराशा घटाउन सहयोग गर्छ। अनलाइनमा मनपरेको लुगा किनेपछि नसुहाउने वा मन नपर्ने समस्या अब एकैपटक समाधान हुने मिरागोका निर्माणकर्ताहरूको विश्वास छ। फर्मल, विवाह, पार्टी वा अन्य कुनै पनि अवसरका लागि पहिरन छनोट गर्न र आफ्नै स्टाइल पहिचान गर्न मिरागो उपयोगी बन्ने अपेक्षा गरिएको छ।
प्लेटफर्म निर्माणकर्ताका अनुसार, नेपालमै विकसित यो भर्चुअल एआइ प्लेटफर्म केवल नेपाली बजारका लागि मात्र नभई विश्वव्यापी रूपमा प्रयोगयोग्य बन्ने सम्भावना बोकेको छ। विद्यार्थी, कर्पोरेट कर्मचारी, कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर तथा आम प्रयोगकर्तालाई लक्षित मिरागोले ड्रेसिङ अनुभवलाई अझ सहज र रोचक बनाउनेछ।
मिरागो प्ले स्टोर र एप स्टोर दुवैबाट डाउनलोड गर्न सकिनेछ भने वेबमार्फत पनि प्रयोग गर्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नु अघि पहिलो चरणमा नेपालमै सार्वजनिक गरिएको यस प्लेटफर्मको युजर इन्टरफेस नेपाली प्रयोगकर्तालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको छ।
निर्माणकर्ताहरू भन्छन्, नेपालमा बनेको प्लेटफर्मले पनि अन्तर्राष्ट्रिय स्तरको टेक्नोलोजी र उत्कृष्ट युजर इन्टरफेस दिन सक्छ भन्ने कुरा मिरागोले प्रमाणित गर्नेछ।
कहाँ जाँदा के लगाउने, कस्तो लुगा किन्ने वा नकिन्ने भन्ने सबै निर्णय अब एउटै प्लेटफर्मबाट गर्न सकिनेछ। साथै, प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उनीहरूको दाबी छ।
समाचार
एआई पिनमा काम गर्दै एप्पल, सन् २०२७ मा सार्वजनिक गर्ने योजना
आइफोन निर्माता कम्पनी एप्पलले नयाँ एआई पिन (AI Pin) को विकास गरिरहेको छ। यो पिन अलिकति बाक्लो एयरट्याग जस्तो देखिने, तर यसमा …
‘सूचना प्रविधि घर–दैलो यात्रा’ सुरु
पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विस्तार हुँदै गएको छ। संघीय राजधानी काठमाडौं उपत्यकासँग…
नेपाल र भारतका भन्सार प्रणाली आपसमा जोडिदै, रियल टाइममा निर्यात सम्बन्धी डाटा आदान प्रदान हुने
नेपाल र भारतले क्रसबोर्डर व्यापारलाई डिजिटल रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित ऐतिहासिक समझदारीपत्र (MOU) मा हस्ताक्षर गरेका छन्। यस…
ड्राइभर पार्टनर्सका लागि इन्ड्राइभले सम्पन्न गर्यो सुरक्षा तालिम
विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा अभियान अन्तर्गत आफ्ना …
चुनाव नलड्ने भनेका महावीर पुन किन म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार बने ?
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दी–१ बाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छ…
एमच्याम नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता, वैदेशिक लगानी र डिजिटल पूर्वाधार विकासकामा छलफल
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अ…
ह्वाट्सएपमा लुकेको सुरक्षा फिचर, प्रयोगकर्ताको अकाउन्ट सुरक्षित बनाउन उपयोगी
ह्वाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एपहरूमध्ये एक बनेको छ र आज व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि व्यापक रूपमा प्…
याङ्गोले काठमाडौंमा सुरू गर्यो डेलिभरी सेवा, लाइभ–ट्रयाकिङको सुविधा
नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गोले एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सेव…
तीन महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २८ लाख बढी नेपाली भिडियो
टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउँदै २०२५ को तेस्रो त्रैमासिक (Q3 202…
विकिपीडियाका सामग्री अब एआई कम्पनीले प्रयोग गर्न पाउने, अमेजन, मेटा, माइक्रोसफ्ट लगायतसँग डील
निःशुल्क र खुला इन्टरनेटको प्रतीकका रूपमा परिचित विकिपीडियाले अब आफ्ना सामग्रीबाट आम्दानी गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। …
ह्वाट्सएप वेबमा छिट्टै समूह भ्वाइस र भिडियो कलिङ सुविधा आउँदै
ह्वाट्सएपलाई वेब ब्राउजरमार्फत प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि खुशीको खबर छ। कम्पनीले वेब प्रयोगकर्ताका लागि समूह भ्वाइस र भिडिय…
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर
क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरमार्फत नेपालको आधि…
टिकटकले गुपचुप रूपमा सार्वजनिक गर्यो सर्टड्रामा एप, एक मिनेट जति लामो ड्रामा भिडियो हेर्न सकिने
लोकप्रिय सामाजिक सञ्जाल टिकटकले अमेरिका र ब्राजिलमा ‘पाइनड्रामा’ नामक नयाँ स्ट्यान्ड–अलोन सर्ट ड्रामा एप गुपचु…
निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन
प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारबाट कल सेन्टर सञ्चालन गरेको छ।
मोबाइल प्रयोगकर्तामा मेटाको ‘थ्रेड्स’ एलन मस्कको ‘एक्स’ भन्दा अघि
बजार अनुसन्धान संस्था सिमिलरवेबको हालैको प्रतिवेदनअनुसार मेटाको सामाजिक सञ्जाल थ्रेड्सले मोबाइल उपकरणमा दैनिक प्रयोगकर्ताको संख्…