कीवर्डहरू -

समाचार

युवाको सीप र प्रविधिको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई नवप्रवर्तन तथा उद्यमशीलतासँग जोडेर स्वदेशमै रोजगारी र व्यावसायिक अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रविधिको अधिकतम उपयोगमार्फत युवाले देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताए । उनले अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा लगानी बढाउनुका साथै सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

सूचना प्रविधिको विकासले नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गर्ने अवसर विस्तार गरेको उल्लेख गर्दै उनले युवालाई श्रमशक्ति उपलब्ध गराउने भूमिकामा मात्र सीमित नराखी आफ्ना सीप र सेवा विश्व बजारमा बिक्री गर्न सक्ने बनाउनु आवश्यक रहेको बताए ।

डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने विषय सरकारको प्राथमिकतामा रहेको पनि उनले जानकारी दिए । यसै वर्षदेखि पाँचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा (फाइभ-जी) सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको बताउँदै मन्त्री तिमिल्सिनाले प्रविधिलाई मानवीय सिर्जनशीलता र क्षमता विकासको माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले नेपालमा कृत्रिम बौद्धिकता (एआई)को विकास र प्रयोगको अवस्था अझै कमजोर रहेपनि यस क्षेत्रमा युवाको सहभागिता तथा लगानी बढ्दै गएको बताए ।

उनका अनुसार एआईको प्रभावकारी प्रयोगले सरकारी सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन, उत्पादन तथा उत्पादकत्व बढाउन र रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्‍याउन सक्छ । त्यसैले एआईलगायत नवीन प्रविधिको विकास र उपयोगमा युवाको सहभागिता बढाउनु आवश्यक रहेको उनले बताए ।

समाचार

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिक…

बौद्धिक सम्पत्ति संरक्षण : नेपाली व्यवसायी र अमेरिकी अधिकारीबीच अनुभव आदानप्रदान

काठमाडौं । नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्…

भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले भृकुटीमण्ड…

हिमालयमा विपद् जोखिम न्यूनीकरण गर्न डिजिटल प्रणाली आवश्यक : विज्ञ बसन्तराज श्रेष्ठ

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढ्दै गएको छ । डिजिटल नेपाल कन्क्…

साइबर सुरक्षा घटनापछि पठाओको सेवा प्रभावित, सतर्क रहन आग्रह

काठमाडौं । राइड शेयरिङ तथा डेलिभरी सेवा प्रदायक पठाओले पछिल्लो समय आफ्नो प्लेटफर्ममा देखिएको सेवा अवरोध साइ…

वायु गुणस्तरबारे डिजिटल जानकारीको पहुँच कमजोर, ९४.१ प्रतिशत आफ्नै अनुभवमा निर्भर

काठमाडौं । सन् २०२६ मा स्थापित ताजा इनिसिएटिभ नेपाल, काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न अनुसन्धान, वायु…

दसैँका लागि आयो सहज व्यवस्था, एटिएमबाटै १०० का नयाँ नोट पाइने

काठमाडौं । यस वर्षको दसैँसहितका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत रु १…

ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रा…

महालेखाको प्रणालीमा जोडिए विद्युत् प्राधिकरण र खानेपानी, अब डिजिटल भुक्तानी

काठमाडौं । संघ र प्रदेश मातहतका सरकारी कार्यालयले अब बिजुली र खानेपानीको बिल डिजिटल प्रणालीमार्फत भुक्तानी …

उद्यमशीलता प्रवर्द्धनमा नबिल एसएसई, फेलोसिपका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टि…

विपद्का बेला सूचना संकलनसँगै प्रमाणीकरण पनि आवश्यक : निरज भुसाल

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२६ मा अर्थ मन्त्रालयका कम्प्युटर अधिकृत निरज भुसालले रसुवा-भोटेकोशी बाढीका…

नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’बाट सम्मानित

काठमाडौं । नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानि…

क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्व अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युट…

फोटोन नेपालले पेप्सीकोलामा अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले विद्युतीय (ईभी) कमर्सियल सवारीसाधनका लागि व्यवस्थित र अत्या…

ई-जीपी प्रणालीमा ‘साइबर हमला’ : ठेक्काका कागजात हेरफेर गर्ने ८ जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच बनाई विभिन्न ठेक्काका विवरण हेरफ…