समाचार
सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण
काठमाडौं । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओरआईईसी २७००१:२०२२ प्रमाणीकरण प्राप्त गरेको छ ।
ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई–कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षा व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली कार्यान्वयन गरेको जनाएको छ ।
कम्पनीका अनुसार प्रमाणीकरणले ग्राहक तथा साझेदारका सूचना र डिजिटल सम्पत्तिको सुरक्षा, अनधिकृत पहुँच तथा सूचना चुहावटको जोखिम न्यूनीकरण र सुरक्षा घटनाको व्यवस्थापनका लागि व्यवस्थित प्रणाली स्थापित भएको प्रमाणित गर्छ ।
सोसयरका प्रमुख नीरज वैद्यले यो प्रमाणपत्रमा मात्र सीमित उपलब्धि नभएको बताए । “यो हाम्रा ग्राहक र साझेदारले हामीमाथि राख्नुभएको विश्वासप्रतिको जिम्मेवारी हो । हामी सूचना सुरक्षालाई संस्थागत संस्कृति र दैनिक कार्यप्रणालीको अभिन्न अंगका रूपमा लिन्छौँ,” उनले भने ।
पाँच वर्षदेखि सञ्चालनमा रहेको सोसयरले सोसयर कनेक्ट, सोसयर कमर्स र सोसयर एसएमएस मार्फत ग्राहक सेवा, सीआरएम, ई–कमर्स, एसएमएस, रिपोर्टिङ तथा व्यावसायिक कार्य व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आईएसओ प्रमाणीकरणसँगै ग्राहकको सूचना सुरक्षा, जोखिम व्यवस्थापन, व्यावसायिक निरन्तरता तथा नियामकीय आवश्यकताप्रतिको प्रतिबद्धता थप संस्थागत भएको जनाएको छ ।
समाचार
सिंगापुर प्रहरीको सूचनापछि मेटाले हटायो ३७ लाखभन्दा बढी ठगीसम्बन्धी अकाउन्ट
काठमाडौं । सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणका लागि सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले यस वर्ष अहिले…
इन्टरनेट सेवा प्रदायकको रिट खारेज, टीएससी असुलीको बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले कर निर्धारणविरुद्ध दायर गरेको रि…
एआईको जोखिम नियन्त्रण गर्न विश्वव्यापी निगरानी संयन्त्र आवश्यक : गुटेरेस
काठमाडौं । तीव्र गतिमा विकसित भइरहेका उन्नत कृत्रिम बुद्धिमत्ता (फ्रन्टियर एआई) प्रणालीलाई सुरक्षित र मानव नियन्…
नेपाललाई चीनले हस्तान्तरण गर्यो एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’
काठमाडौं । चीनले नेपालको मौसम पूर्वानुमान तथा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिम…
उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै, बागमतीका सबै जिल्लामा सेवा विस्तार
काठमाडौं । बागमती प्रदेशअन्तर्गतका उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयबाट प्रदान हुँदै आएको उद्योगसम्बन्धी सेवा अ…
लाइसेन्स छपाइदेखि घरमै डेलिभरीसम्म, तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी …
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन, उ…
डिएनसी २०२६ को प्यानलमा नागरिक एपलाई डिजिटल गेटवे र विपद् सूचना केन्द्र बनाउनेबारे बहस
काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२६ अन्तर्गत आयोजित दोस्रो विषयगत प्यानल छलफलमा नागरिक एपलाई नेपालको डिजिट…
डिएनसी २०२६ को प्यानल छलफलमा बलियो डिजिटल शासनका लागि डेटा सुरक्षा र नीतिगत सुधारमा जोड
काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२६ अन्तर्गत आयोजित ‘Building the Foundations for Resilient Digita…
डिजिटल रूपान्तरण भनेको सेवा अनलाइनमा लैजानु मात्र होइन : प्रधानमन्त्रीका सुशासन सल्लाहकार ढकाल
काठमाडौं । प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासनसम्बन्धी सल्लाहकार सुदीप ढकालले डिजिटल रूपान्तरण भनेको सरका…
डिजिटल रूपान्तरणबाट संस्था बलियो बनाउँदै आर्थिक अवसर सिर्जना गर्न सकिन्छ : जुलियन चेभिलार्ड
काठमाडौं । यूएनडीपी नेपालका डेपुटी रेसिडेन्ट रिप्रिजेन्टेटिभ जुलियन चेभिलार्डले उत्थानशील समाज र अर्थतन्त्र नि…
डिजिटल उत्थानशीलता आर्थिक विकासका लागि अपरिहार्य : नास-आईटीका अध्यक्ष चापागाईं
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का अध्यक्ष दिपेन चापागाईंले डिजिट…
विपद् बुझ्नदेखि भविष्यको तयारीसम्म डेटाको भूमिका महत्वपूर्ण : निरज भुसाल
काठमाडौं । अर्थ मन्त्रालयका कम्प्युटर अधिकृत निरज भुसालले विपद्का समयमा डेटा केवल सूचनामा सीमित नरही मानव अन…
ईडीएलभीआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ लाइसेन्स तयार
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई व्यवस्थित र छिटो बना…
डीएनसी २०२६ मा सञ्चारमन्त्री तिमिल्सिनाले भने- ‘डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई राष्ट्र निर्माणको परियोजना हो’
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार र सरकारी सेवा…