कीवर्डहरू -

समाचार

नेपालमा लन्च भयो MeroCase, कानून व्यवसायीका लागि एआईसहितको डिजिटल प्लेटफर्म

काठमाडौं । नेपालमा कानून व्यवसायी तथा कानुनी फर्मका लागि विशेष रूपमा तयार गरिएको MeroCase औपचारिक रूपमा लन्च भएको छ । ‘Smart Law, Smarter Research, Seamless Practice’ अवधारणासहित ल्याइएको MeroCase ले कानुनी अभ्यासका विभिन्न कामलाई एउटै डिजिटल कार्यक्षेत्रमा एकीकृत गर्ने लक्ष्य राखेको छ ।

MeroCase लाई नेपालका कानून व्यवसायी र कानुनी फर्मका लागि विशेष रूपमा डिजाइन गरिएको Practice Management Software का रूपमा प्रस्तुत गरिएको छ । यसले दैनिक कानुनी कामलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।

MeroCase मा Case Management सुविधा रहेको छ, जसबाट कानून व्यवसायीले आफ्ना चालु तथा पुराना मुद्दाहरूलाई एउटै स्थानमा व्यवस्थित गरी आवश्यकताअनुसार ट्र्याक गर्न सक्नेछन् ।

त्यस्तै, Client Management सुविधाले ग्राहकसँग सम्बन्धित विवरण, सञ्चार तथा मुद्दासँग जोडिएको इतिहासलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सहयोग गर्नेछ । यसबाट कानून व्यवसायीले सम्बन्धित क्लाइन्ट र मुद्दाको विवरण सहज रूपमा पहुँच गर्न सक्नेछन् ।

कानुनी कागजात तयार गर्ने प्रक्रियालाई सहज बनाउन MeroCase मा Case Drafting सुविधा पनि समावेश गरिएको छ । एकीकृत डिजिटल कार्यक्षेत्रमै कानुनी कागजात तयार गर्न सकिने भएकाले ड्राफ्टिङ प्रक्रियालाई थप व्यवस्थित र छिटो बनाउन सकिने कम्पनीको दाबी छ ।

त्यसैगरी, Document Management सुविधामार्फत महत्वपूर्ण मुद्दासम्बन्धी कागजात तथा फाइललाई सुरक्षित रूपमा व्यवस्थित, भण्डारण र आवश्यक परेको समयमा पहुँच गर्न सकिनेछ ।

MeroCase को अर्को प्रमुख सुविधा ‘Ask Mira’ AI Legal Research हो । यसमार्फत नेपालका कानून, ऐन तथा नजिरमा आधारित कानुनी अनुसन्धानलाई छिटो र व्यवस्थित रूपमा गर्न सकिने जनाइएको छ । Ask Mira ले नेपाली कानुनी व्यवस्था र नजिरअनुसार तथ्यमा आधारित कानुनी अनुसन्धानमा कानून व्यवसायीलाई सहयोग गर्ने उद्देश्य राखेको छ ।

यसका साथै MeroCase मा Automated Court Calendar / History Sync सुविधा पनि रहेको छ । यसले अदालतका कज-लिस्ट, सुनुवाइको तालिका तथा मुद्दासम्बन्धी गतिविधिको ट्र्याकिङलाई स्वचालित रूपमा व्यवस्थापन गर्न सहयोग गर्नेछ । यसबाट कानून व्यवसायीले महत्वपूर्ण अदालतसम्बन्धी अपडेट तथा सुनुवाइका विवरणमा सहज पहुँच पाउनेछन् ।

MeroCase ले एकल रूपमा अभ्यास गर्ने कानून व्यवसायीदेखि मुद्दा हेर्ने कानुनी फर्म तथा कर्पोरेट कानुनी विभागसम्मलाई लक्षित गरेको छ । कम्पनीका अनुसार यसलाई कानून व्यवसायीको ‘Law Firm on the Go’ का रूपमा प्रयोग गर्न सकिने गरी विकास गरिएको हो ।

कानुनी अभ्यासमा आवश्यक पर्ने केस व्यवस्थापन, क्लाइन्ट विवरण, कागजात व्यवस्थापन, ड्राफ्टिङ, कानुनी अनुसन्धान तथा अदालतसम्बन्धी जानकारीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले MeroCase तयार गरिएको हो ।

नेपालमा कानुनी क्षेत्र क्रमश: डिजिटल हुँदै गइरहेको अवस्थामा MeroCase को सुरुवातले कानून व्यवसायीका दैनिक कामलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

समाचार

एआई विकासको गति घटाउने बहस : अल्टम्यान र मस्कको समर्थन, ट्रम्प असहमत

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास अत्यन्त तीव्र गतिमा भइरहेका बेला यसको सम्भावित जोखिम नियन्त्रणका …

ई-जीपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई-जीपी)…

लाइसेन्समा विवरण गलत छ ? अब अनलाइनबाटै यसरी सच्याउनुहोस्

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) मा नाम, ठेगाना, जन्ममिति, नागरिकता नम्बरलगायत विवरण गल…

स्मार्ट चस्माको बढ्दो प्रयोगसँगै गोपनीयताको प्रश्न, सार्वजनिक स्थानमा रेकर्डिङ कति सुरक्षित ?

काठमाडौं । क्यामेरा, इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (एआई) एकैपटक प्रयोग गर्न मिल्ने स्मार्ट चस्मा पछिल्लो समय तीव्र…

One Cover र Skill Spark बीच साझेदारी, साइबर सुरक्षामा विद्यार्थीलाई तालिमदेखि रोजगारीसम्मको अवसर

काठमाडौं । आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा विद्यार्थीलाई व्यावहारिक सिकाइसँग जोड्ने उद्देश्यले One Cover …

नास्टलाई राजनीतिक प्रभावबाट मुक्त गर्छौं : मन्त्री महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)…

पब्जी मोबाइल नेपालद्वारा बाढी प्रभावित परिवारलाई राहत सहयोग

काठमाडौं । पब्जी मोबाइल नेपालले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥…

बाढी पहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा…

याङ्गो राइडको सुरक्षा प्रतिवेदन सार्वजनिक, लापरवाहीपूर्वक सवारी चलाउने घटना ३१ प्रतिशत घट्यो

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्नो सुरक्षा प्र…

एआई सीसीटीभीबाट ट्राफिक निगरानीमा जोड, आईजीपी कार्कीले भने- 'प्रविधिमैत्री प्रहरी आवश्यक'

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री …

रसुवा बाढीपछि अभिलेख सुरक्षाको प्रश्न : डिजिटल रेकर्ड मात्रै पर्याप्त छ ?

काठमाडौं । रसुवाको भोटेकोशी बाढीले मानवीय क्षतिसँगै घर, सडक, पुल, बैंकका शाखा र सरकारी कार्यालयका भौतिक …

भिलद्वारा बाढी प्रभावितलाई १ करोड सहयोग

काठमाडौं । एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बा…

अर्थ मन्त्रालयद्वारा ‘रसुवा-भोटेकोशी बाढी अपडेट’ पोर्टल सार्वजनिक, राहत कोषमा १२ अर्ब ३२ करोड संकलन

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको उद्धार, राहत तथा प्राप्त सहयोगको विवरण पारदर्शी रूप…

एआईले रोजगारी खोस्ने भन्दै रोबोटकै प्रदर्शन, पोल्याण्डमा कडा नियमनको माग

काठमाडौं । मानिसको रोजगारीमा कृत्रिम बौद्धिकता (एआई) र स्वचालित प्रविधिको बढ्दो प्रभावप्रति ध्यानाकर्षण गराउन प…

इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बन…