समाचार
स्याकार ट्रेडिङ र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन प्रदान गर्ने सम्झौता
काठमाडौं । नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ ।
सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ । यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
यो सजिलो फाइनान्सिङ सुविधा होण्डाका उत्कृष्ट तथा लोकप्रिय मोडलहरू जस्तै: होण्डा सीआर-भी (Honda CR-V), सिटी इ:एचईभी (CITY e:HEV), फिफ्थ जेन सिटी (5TH GEN CITY) र एलिभेट (ELEVATE) लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुनेछ ।
उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर श्री अमित के.सी. र हेड-मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) को तर्फबाट प्रबन्ध निर्देशक (MD) सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका थिए ।
यस सम्झौताले ग्राहकहरूको नयाँ होण्डा कार चढ्ने सपनालाई सरल र छिटो छरितो रूपमा साकार पार्न मद्दत पुग्ने दुवै संस्थाले विश्वास लिएका छन् ।
समाचार
हावाहुरीसहितको वर्षाले नेपाल टेलिकमका केही स्थानमा सेवा अवरुद्ध
काठमाडौं । निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण नेपाल टेलिकमका …
विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित चारदिने &l…
एआईको गलत प्रयोगले अकल्पनीय क्षति निम्त्याउन सक्छ : बिल गेट्स
काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को गलत प्रयोगले मानव समाजमा गम्भीर ज…
नासाको क्रु-१४ अभियानमा अमेरिका, जापान र रुसका चार अन्तरिक्ष यात्री
काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) का लागि सञ्चालन हुन…
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच SmartPay IBFT (Inter Ban…
स्याक्म्यानका 'एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प-ट्रक' नेपाल आउँदै
काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारी साधन निर्माता स्याक्म्यानका एक्स–५०…
चाडपर्व लक्षित यातायात व्यवस्थापन : अनलाइन टिकटदेखि दुई चालकसम्म
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुर…
ईसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भए…
एआई कम्पनीदेखि स्पेसएक्ससम्म, ट्रम्पको लगानीमा व्यापक सेयर कारोबार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित लगानी पोर्टफोलियोबाट जुलाई महिनामा माइक्रोसफ्ट, एनभिडि…
नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थाल…
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
म हिमालयमा अवस्थित एउटा दूरदराजको देश नेपालबाट आएको छु र म यहाँ मानवताका लागि निकट भविष्यको एउटा गम्भीर चेतावनी लिएर आएको …
एआईको तीव्र विकासप्रति बढ्दो चिन्ता, संयुक्त राष्ट्रसंघमा नियमनको बहस
काठमाडौं । प्रविधि क्षेत्रका विज्ञ तथा एआई अनुसन्धानकर्ताहरूबाट आएका चेतावनीपछि न्युयोर्कमा जारी संयुक्त राष्ट्रस…
पठाओमा कमिसनको सट्टा 'सब्स्क्रिप्सन' प्याकेज, २४ घन्टाको ४९ रुपैयाँ
काठमाडौं । पठाओले राइडर तथा ड्राइभरहरूका लागि नयाँ मोडल ल्याएको छ । पठाओ नेपालले असोज ७ गतेदेखि लागु हुन…
अस्ट्रेलियाको सरकारी पोर्टलमा एआईको अनधिकृत पहुँच, छानबिन सुरु
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एक एआई एजेन्टले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा…
शिक्षकलाई एआईसँग जोड्दै AI4PEN, पृथ्वीनारायण विद्यालयमा तालिम सुरु
काठमाडौं । सार्वजनिक विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिए…