कीवर्डहरू -

समाचार

सामाजिक सञ्जाल दुरुपयोग रोक्न बलियो कानुनी आधार बनाउँदैछौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोगबाट बढिरहेका ठगी, दुर्व्यवहार, बुलिङ, चरित्र हत्या तथा भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकारले आवश्यक कानुनी व्यवस्था निर्माण गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोगलाई सरकारले गम्भीर विषयका रूपमा लिएको बताए । उनले सामाजिक सञ्जालमार्फत हुने गलत सूचना र व्यक्तिमाथि हुने दुर्व्यवहार नियन्त्रणका विषय मन्त्रालयको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे ।

उनका अनुसार सरकारले तर्जुमा गरिरहेको आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत तथा भ्रामक सूचना प्रवाह गर्ने प्रवृत्ति नियन्त्रण गर्ने प्रावधान समेटिएका छन् । ती विधेयक आगामी दिनमा संसदमा पेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सामाजिक सञ्जालको नियमनबारे मन्त्री तिमिल्सिनाले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै प्रभावकारी कानुनी व्यवस्था निर्माण गरिने बताए । उनले पत्रकारितालाई नियन्त्रण गर्ने उद्देश्य सरकारको नभएको स्पष्ट पार्दै सञ्चार क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउन कानुनी आधार आवश्यक रहेको बताए ।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक सञ्जालमा प्रसारित सामाग्रीको तथ्य जाँच गर्ने काम अघि बढाइएको पनि उनले जानकारी दिए । नियतवश गलत तथा प्रमाणविहीन समाचार र सूचना फैलाउने सञ्चारगृह तथा व्यक्तिलाई जवाफदेही बनाउनु पर्ने सांसदहरूको मागप्रति सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

यसका लागि गृह मन्त्रालय र नेपाल प्रहरीको साइबर ब्युरोसँग निरन्तर समन्वय भइरहेको मन्त्री तिमिल्सिनाले बताए । विज्ञापन नीति र लोककल्याणकारी विज्ञापनसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको कुनै उद्देश्य नरहेको दाबी गरे । विज्ञापन बजारलाई व्यवस्थित गर्दै सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ विज्ञापन नीति २०८३ ल्याइएको उनले बताए ।

प्रेस स्वतन्त्रता र मानव अधिकारको संरक्षण लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि मन्त्रालयको निर्णय प्रक्रियामा हुने अनियमितता रोक्न र स्पष्ट विधि स्थापित गर्न ल्याइएको बताए ।

यसैगरी, नेपाल टेलिभिजनबाट प्रसारित कार्टुन सामग्रीमार्फत धर्मान्तरणलाई प्रोत्साहन गरिएको भन्ने प्रश्नमा मन्त्री तिमिल्सिनाले सार्वजनिक प्रसारण संस्थामा रकम लिएर धार्मिक सामग्री प्रसारण गर्ने प्रवृत्ति रोक्न ‘पब्लिक सर्भिस ब्रोडकास्टिङ नेपाल’लाई निर्देशन दिइसकेको जानकारी दिए ।

कीर्तिमानी आरोही निर्मल पुर्जाको सम्मानमा हुलाक टिकट प्रकाशन गर्ने विषयमा हुलाक सेवा विभागसँग छलफल भइरहेको पनि उनले बताए । चिकित्सा क्षेत्रसँग सम्बन्धित घटनामा भने प्रेस काउन्सिल नेपालसँगको समन्वयमा आवश्यक छानबिन गरिने आश्वासन उनले दिएका छन् ।

समाचार

अपाङ्गता भएका व्यक्तिको सेवा अब एउटै डिजिटल प्रणालीबाट

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको पहिचानदेखि परिचयपत्र वितरण र सामाजिक सुरक्षा सेवासम्मका विवरणलाई एउटै डिज…

होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु

काठमाडौं । होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान&rsqu…

इन्फोडेभलपर्स र रिलायन्स फाइनान्सबीच ‘पुमोरी नेक्स्टजेन’ कार्यान्वयन सम्झौता

काठमाडौं । इन्फोडेभलपर्स प्रालि र रिलायन्स फाइनान्सबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्य…

एनसीएचएलको इएफटी कार्ड सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले इएफटी कार्ड सर्भिसका सदस्य बैंक तथा वित्तीय संस्थाका प्र…

स्याकार ट्रेडिङ र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डा…

‘विपद् साथी’लाई Yantra Business Cup को उपाधि, ‘प्रवाह’ उपविजेता

काठमाडौं । Robotics Association of Nepal (RAN) ले आयोजना गरेको ‘Yantra Business Cup: Softbots Ag…

एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को प्रतिनिधिमण्डलले बिहीबार माननी…

रोटरी क्लब अफ यलद्वारा महिलालाई डिजिटल साक्षरता प्रशिक्षण

ललितपुर । रोटरी क्लब अफ यलले नेपाल टेलिकमको प्रायोजन तथा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (WIIT) को प्राविधिक स…

हावाहुरीसहितको वर्षाले नेपाल टेलिकमका केही स्थानमा सेवा अवरुद्ध

काठमाडौं । निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण नेपाल टेलिकमका …

विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित चारदिने &l…

एआईको गलत प्रयोगले अकल्पनीय क्षति निम्त्याउन सक्छ : बिल गेट्स

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को गलत प्रयोगले मानव समाजमा गम्भीर ज…

नासाको क्रु-१४ अभियानमा अमेरिका, जापान र रुसका चार अन्तरिक्ष यात्री

काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) का लागि सञ्चालन हुन…

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच SmartPay IBFT (Inter Ban…

स्याक्म्यानका 'एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प-ट्रक' नेपाल आउँदै

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारी साधन निर्माता स्याक्म्यानका एक्स–५०…

चाडपर्व लक्षित यातायात व्यवस्थापन : अनलाइन टिकटदेखि दुई चालकसम्म

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुर…