कीवर्डहरू -

समाचार

एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ शीर्षकको खुला राष्ट्रिय अभियान अघि बढाइएको छ ।

अभियानले नेपालको भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश, प्रवासी नेपालीको ज्ञान, सीप तथा अनुभव र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर बहस अघि बढाउने लक्ष्य राखेको छ ।

अभियानका संयोजक सौरभ राज पन्तले नेपालका राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन-जी युवा पुस्ता, प्रवासी नेपालीलगायत सबै सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् ।

“नेपालको भविष्यका लागि बृहत् राष्ट्रिय सहमति आवश्यक छ । हाम्रो भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र एआईले ल्याइरहेको परिवर्तनलाई बुझ्दै सबै पक्षलाई साझा संवादमा जोड्नुपर्छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर तथ्य, अनुभव र विविध दृष्टिकोणका आधारमा नेपालको साझा बाटो खोज्नु नै यस अभियानको मूल उद्देश्य हो,” संयोजक पन्तले भने ।

अभियानले एआई र प्रविधिको उपयोगलाई शिक्षा, रोजगारी, सुशासन, सार्वजनिक सेवा तथा समावेशी विकाससँग जोडेर हेर्नेछ । साथै, नेपालको स्वतन्त्र निर्णय क्षमता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन हितलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकासका प्राथमिकताबारे रचनात्मक बहस अघि बढाइनेछ ।

कुनै एक राजनीतिक दल, क्षेत्र वा समुदायमा सीमित नरहने यस अभियानले नेपालको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै तथ्यमा आधारित संवाद, फरक विचारप्रति खुलापन र रचनात्मक सहकार्यमार्फत साझा राष्ट्रिय समझदारी निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

आगामी दिनमा विभिन्न सरोकारवालासँग संवाद तथा विचार आदानप्रदानका पहलमार्फत नेपालको दीर्घकालीन राष्ट्रिय हित, प्रविधिमैत्री विकास र साझा भविष्यका लागि व्यावहारिक विकल्प पहिचान गर्ने अभियानको लक्ष्य छ ।

समाचार

भारतमा ह्वाट्सएप र टेलिग्राम चलाउन फोनमा सिमकार्ड अनिवार्य गरिँदै

काठमाडौं । भारतमा ह्वाट्सएप, टेलिग्रामलगायतका मेसेजिङ एप प्रयोग गर्ने तरिका परिवर्तन हुने भएको छ । भारतीय दू…

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा प्रवेश

काठमाडौं । ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामाग्रीहरूको प्रस्तुति थाले…

एक्समा लाइक बटन थिचेरै सामाग्री सर्जकलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने मस्कको घोषणा

काठमाडौं । सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ताले आफूलाई मन परेको पोस्टका सर्जकलाई लाइक बटन थिचेरै आर्थिक सहयोग …

डिशहोमका ग्राहकले एनपीएलका खेल थप शुल्क बिना हेर्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेल डिशहोमका सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले कुनै अत…

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई नि:शुल्क प्राविधिक सेवा

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उप…

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

काठमाडौं । प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्द…

चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती

काठमाडौं । पीएचपी कोडिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि बन्द गरिएका सरकारी वेबसाइटहरू चार दिन बितिसक्दा प…

एआईबाट उत्पन्न जैविक तथा साइबर जोखिम नियन्त्रण गर्न बेलायतको ६० करोड पाउन्ड लगानी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट उत्पन्न हुन सक्ने जैविक तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न बेलाय…

ग्रीसमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालको सम्भावित नकारात्मक प्रभावबाट जोगाउने उद्देश्यले ग्रीसले १५ वर्षमुनिका…

प्रिन्टरको नि:शुल्क जाँचदेखि प्राविधिक परामर्शसम्म, दुलेगौंडामा विशेष शिविर

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । यु…

प्रिन्टरको मर्मतदेखि प्राविधिक परामर्शसम्म, वालिङमा ब्रदरको नि:शुल्क सेवा शिविर

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । गै…

नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै

काठमाडौं । आईफोन १८ सिरिजपछि एप्पलले आफ्नो म्याक र आईप्याड उत्पादनमा पनि महत्त्वपूर्ण अपग्रेड गर्ने तयारी गरेको …

फोल्डेबल आईफोनको डिस्प्ले मर्मत महँगो, अन्य पार्ट्सको मूल्य कति ?

काठमाडौं । एप्पलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आईफोन डुओ’को मर्मत खर्च सार्वजनिक भएको छ । स…

एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको म…

फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ

तनहुँ । तनहुँकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा रहेको प्राविधिक कमजो…