समाचार
के एल दुगड ग्रुपद्वारा बाढी पीडितलाई खाद्यात्र सामाग्री सहयोग
काठमाडौं । भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामाग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेकाे हाे ।
उक्त सामाग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको हो । राहत सामाग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल , बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामाग्री रहेका छन् ।
विपद्का कारण दैनिक जीवनयापन समेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पु¥याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो ।
विपद्काे समयमा खाद्यान्नजस्ता आधारभूत आवश्यकता समेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको के एल दुगड ग्रुपले जनाएको छ ।
बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामाग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ । दु:ख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
के एल दुगड ग्रुपको बारेमा
सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो । यस ग्रुपले मुख्यतया खाद्य सामाग्री, खाने तेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ ।
ग्रुप अन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन् ।
समाचार
बाढीको विपद्मा सहारा बन्दै सरकारी पोर्टल, हराएकादेखि सहयोगसम्मको विवरण एकै ठाउँमा
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रभावितको उद्धार, बेपत्ताको खोजी र आवश्यक सहयोगलाई व्यवस्थित बनाउन सरकार…
भोटेकोशी बाढीले अवरुद्ध एनसेलको सञ्चार सेवा पुन: लयमा, २४ साइट सञ्चालनमा
काठमाडौं । रसुवा भोटेकोशी बाढीले अवरुद्ध भएका एनसेलका २७ मोबाइल साइटमध्ये २४ वटा पुन: सञ्चालनमा आएका छन् ।…
विश्वकै लोकप्रिय स्मार्टफोनमा फेरि एप्पलको दबदबा, शीर्ष स्थानमा आईफोन १७
काठमाडौं । एप्पलको आईफोनले विश्वका सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आफ्नो दबदबा कायम राखेको छ । काउन्टरपो…
रसुवा उद्धारमा सञ्चार चुनौती : स्याटलाइट फोन उपलब्ध गराउन मन्त्री पुनको अपिल
काठमाडौं । रसुवामा बाढी र पहिरोले सञ्चार संरचना समेत प्रभावित हुन थालेपछि उद्धार तथा राहत टोलीबीच सम्पर्क क…
नेपालमै डिजाइन, निर्माण र प्रक्षेपण : पहिलो स्वदेशी हाइब्रिड रकेटको सफल उडान
काठमाडौं । नेपालको एयरोस्पेस क्षेत्रमा नयाँ उपलब्धि थपिएको छ । नेपाली इन्जिनियरहरूको टोलीले नेपालमै डिजाइन,…
बाढीपछिको ‘डिजिटल सर्वे’ : तस्बिर, भिडियो र क्षति विवरण एउटै प्रणालीमा, बनाइँदैछ एकीकृत डिजिटल नक्सा
काठमाडौं । बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे एकीकृत सूचना तयार गर्न विभिन्न निकाय त…
बाढी पीडितलाई एनसेलको साथ, नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन थप
काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध ग…
बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि सार्वजनिक बिदामा पनि प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार संकलन गर्न जाने सञ्चारकर्मीलाई सह…
बाढी पीडितका लागि रकम दिँदा आधिकारिक क्यूआर र खाता मात्र प्रयोग गर्न आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराउँदा आधिकारिक माध्यमको प्…
बालबालिकाको सुरक्षाका लागि मेटाको १८ अर्ब डलरको सम्झौता
काठमाडौं । बालबालिका तथा किशोरकिशोरीलाई सामाजिक सञ्जालको सम्भावित हानिबाट जोगाउन अमेरिकी राज्यहरूसँगको का…
भोटेकोशी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु १ करोड सहयोग
काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका ल…
नेपाली स्टार्टअपलाई भारतको बजार, पूँजी र नेटवर्कसँग जोड्दैछौं : भारतीय राजदूत श्रीवास्तव
काठमाडौं । नेपालका स्टार्टअप तथा युवा उद्यमीलाई भारतीय बजारमा प्रवेश गर्न सहज वातावरण बनाउने तयारी भइरहेको …
बाढी पीडितलाई राहत दिन सरकारको अनलाइन प्रणाली, यसरी दिनुहोस् विवरण
काठमाडौं । सरकारले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि अनलाइनबाट विवरण दिन सक्ने व्यवस्था ग…
रसुवा बाढीबारे सूचना दिन निरज भुसालले सुरु गरे ‘रसुवा-भोटेकोशी बाढी’ अपडेट
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट हुन सक्ने जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले निरज भु…