समाचार
मेरोजबले सार्वजनिक गर्यो एआई एटिएस, एआईले नै क्षमतावान कर्मचारी सिफारिस गर्ने
नेपालको अग्रणी अनलाइन जबपोर्टल ‘मेरोजब’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ ।
मेराेजबका अनुसार रोजगारदाता कम्पनीहरुले मेरोजबको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्यबाट एआईले कम्पनीहरुले खोजेको जस्तै सर्वोत्कृष्ठ आवेदकलाई सिफारिश गर्नेछ। मेरोजब एआईले रोजगारदाताहरुले एक एक गर्दै सबै आवेदकहरुको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको हो ।
यस अघि रोजगारदाता कम्पनीहरुले आवेदन दिने सबै आवेदकको प्रोफाइल एक एक गर्दै हेर्नुपर्ने झन्झट थियो। अब एआईले आवेदन मध्यबाट कम्पनीले खोजेको जस्तो कर्मचारी क्रमबद्ध गरी छनोटका लागि सिफारिस गर्नेछ ।
विश्वबाजारनै एआईको दौडमा अघि बढिरहेको बेला नेपालमा दक्षजनशक्ति छनोट गर्ने प्रक्रिया सरलीकृत गर्न ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ विकास गरेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले बताए।
उनले भने,‘एउटा जव भ्याकेन्सीमा हजारौं व्यक्तिहरूले आवेदन दिएका हुन्छन्, रोजगारदाताहरुको लागि सबैको प्रोफाइल स्क्रीन गर्न एकदमै झन्झटिलो हुन्छ। हाम्रो एआई सिस्टमले भ्याकेन्सीमा परेका आवेदनहरु मध्यबाट रोजगारदाताले खोजेको जस्तै कर्मचारी क्रमबद्ध रूपमा छनोट गर्न सुझाव दिन्छ।’
मेरोजवले १ वर्षको अवधि लगाएर एआई सिस्टम ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ तयार पारेको हो। कम्पनीले विगत डेढ दशकदेखि रोजगारी खोज्न प्रक्रिया सरलीकृत गर्दै आइरहेको छ।
समाचार
आईटी क्षेत्रको संस्थागत पुनर्संरचना गर्न अध्ययन गर्न समिति बनाउने सञ्चारमन्त्रीको निर्णय
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् ।
ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा
अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।
मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै
मनकामना केबलकार असार ३१ गतेदेखि अर्थात आजदेखि ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल सिस्टमलाई स्तरोन्नति गर्न केबलकार बन्…
डिजिटल अधिकार र सुरक्षा विषयक हाते पुस्तिका सार्वजनिक
डिजिटल राइट्स नेपालले आफ्नो ‘डिजिटल अधिकार र सुरक्षा’ पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल युगमा नागरिकलाई सशक्तिक…
सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै पृथ्वी सुब्बा गुरूङ
नेकपा एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङलाई दिने भएको छ ।
सूचना प्रविधि क्षेत्रमा सम्भावना छ, लाभ लिन सक्ने गरी विकास गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले…
नबिल बैंक ४१औं वर्षमा प्रवेश, हरित प्रविधिमा पनि लगानी बढाउने
मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । ‘४० एण्ड फर्दर …
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता
महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्…
ईसेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा दिने ३ आनामा बनेको साढे दुई तल्लाको घर
ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर …
मुत्युपश्चात तपाईको गूगल र फेसबुक अकाउन्टको डेटा के हुन्छ ?
अहिले डिजिटल युगमा डिजिटल प्रोफाइल नहुने सायदै होलान । बढ्दो डिजिटल प्रविधिको विकाससँग त्यसलाई प्रयोग गर्न हामीले अकाउन्ट चाहि…
इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेका …
विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापक बढेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापकरूपमा बढेको बताएका छन् ।…
आईओईमा दूरसञ्चार प्राधिकरणको आईसीटी एक्सिलेन्स सेन्टर स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा आईसीटी एक्सिलेन्स सेन्टर स्थापना गरेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
सीजी मोबाइलले नेपाल भित्र्यायो नथिङ टेक्नोलोजीको उपब्रान्ड सीएमएफ
सीजी मोबाइलले बेलायती कम्पनी नथिङ टेक्नोलोजीको उप–ब्रान्ड सीएमएफ नेपाल भित्र्याएको छ ।