कीवर्डहरू -

समाचार

पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

पेन्सन अर्थात निवृत्तभरण लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर हुने भएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई अनुरोध गरेको छ । 

सरकारले यसअघि नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार ३ चरणमा यो व्यवस्था लागु हुनेछ । निवृत्तभरण व्यवस्थापन कार्यालयले सम्बन्धित बैंकलाई पत्राचार गर्दै राष्ट्रिय परिचयपत्र नम्बर पछिसम्म फरक नपर्ने गरी आईपीएमएसमा अध्यावधिक गराउन अनुरोध गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर अध्यावधिक नभएमा निवृत्तभरण रोक्का हुने बताइएको छ । 

साउन १ गतेदेखि झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । 

यस्तै माघ १ देखि ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्यांजा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, पाल्पा, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रोल्पा, प्युठान, सल्यान, रुकुम पश्चिम, जाजरकोट दैलेख, जुम्ला, अछाम, डोटी, डडेलधुरा र बैतडीमा लागु हुनेछ । 

यसैगरी तेस्रो चरणमा २०८२ साउन १ देखि सोलुखुम्बु, रसुवा, मनाङ, कालीकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, बाजुरा र दार्चुलामा राष्ट्रिय परिचयनपत्र अनिवार्य हुनेछ । 
 

समाचार

वारेन्टी रहेका सामसङका मोबाइलमा कुनै समस्या देखिए नि:शुल्क पिकअप र ड्रप सेवा

सामसङ नेपालले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बज…

डिजिटल कारोबारका लागि एनसेल र नबिल बैंकबीच सहकार्य

नबिल बैंक र एनसेलबीच एक आपसमा डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ।

यो सम्झौ…

स्मार्टफोनमा हुने न्वाइज क्यान्सिलेशन फिचर कहाँ हुन्छ र कसरी गर्छ काम ?

आजको समयमा धेरैजसो मानिसहरूसँग स्मार्टफोन छ । तर फोन प्रयोग गर्ने धेरै मानिसलाई फोनको हरेक पार्टको सही जानकारी हुँदैन् । मानि…

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी …

प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञमा अस्गर अली नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर अस्गर अली नियुक्त भएका छन् ।

१८औं वर्षमा ब्रोडवे इन्फोसिस, सबै कोर्षहरूमा २८ प्रतिशत छुट

आईटी ट्रेनिङमा अग्रणी संस्था ब्रोडवे इन्फोसिस १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । नेपालमा दक्ष आईटी जनशक्ति विकास गर्न…

डिजिटल वालेटकाे केवाईसी भर्ने तरिका (भिडिओ)

नेपालमा डिजिटल भुक्तानीको जग बसाल्न डिजिटल वालेटहरूले महत्त्वपूर्ण भूमिका खलेका छन् । तपाई हामीले पनि विभिन्न प्रकारको भुक्तानीक…

बैंक तथा वित्तीय संस्थाबाट डिजिटल बैंकिङसहित वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था गर्ने

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था गर्ने भएको छ ।

भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन राष्ट्र बैंकले पूर्वाधार र संरचना तयार पार्ने

नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक संरचना तयार पार्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने भएको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने भएको छ ।

शुक्रबा…

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने

नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) बाट हुन सक्ने जोखिमहरू पहिचान गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक…

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन थालेपछि यातायात व्यवसायी आन्दोलित

राइड शेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीले आन्दोलन सुरू गरेका छन् । 

सिटिजन्स् बैंकका ग्राहकले दूषित थानी रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बिच सिटिजन्स बैंकका ग्राहकह…