समाचार
अब टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने
नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाएको छ ।
यस अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ ।
सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरुले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत वाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिन्छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ । अब कम्पनीका सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भए पश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।
समाचार
आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रका…
निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, कुवेतको अल–एक्तसाद एक्सचेन्जसँग सहकार्य
निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहनुभए…
जगदम्बा मोटर्स र पोस्टामको कन्टेन्ट प्रतियोगिता, विजेता १०० कन्टेन्ट क्रिएटरलाई स्कुटर
नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्…
‘टेलिकम प्रदायकको नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलन घुसखोरी भयो, अन्त्य गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकम र एनसेल नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने बताए…
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङ खरिदमा २० प्रतिशतसम्म छुट
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङले विशेष अफर ल्याएको छ । केही समय अगाडि सार्वजनिक गरेको सफ्टवेयरमा कम्पनीले २० प्रतिशत अफर ल्या…
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइटको प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने भएको छ ।
गूगल डिप माइण्डको रोबोटले टेबल टेनिस खेल्यो
पछिल्ला केही वर्षहरूमा, मेसिन लर्निङ र आर्टिफिशियल इन्टेलिजेन्स तीव्र रूपमा मानिसहरू र कम्पनीहरू बीच लोकप्रिय भएको छ । यस्तो अवस्थ…
आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त भएकी छन् । …
टाटा मोटर्सको साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्…
आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडर नियुक्त
टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नियुक्त भएका छन् । काठमाडौँको हायात प्ले…
ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने
जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ ।
फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने
डिजिटल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ । यस सहकार्यसँगै जुनोबाट रियल टाइममै आईएमई पेमा रेमिट्यान्स प…
गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप
डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो । …
अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा
सूचना प्रविधिमा काम गरिरहेको कम्पनी जुनेली इंकले बजारमा अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ ल्याएको छ ।
…कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न एग्री डिजी टेक च्यालेन्ज हुँदै, यसरी दिनहोस् आवेदन
स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषण…