समाचार
खल्तीद्वारा नाडा अटो शोमा ‘कार सुरक्षा’ नामक.नयाँ सुरक्षा प्याकेज सार्वजनिक
डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कारसम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ।
प्रयोगकर्ताहरूले रु २० हजारभन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताहरूले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवा प्रदायकहरूमा कार मर्मत सेवा , कार डिटेलिङ , कार धुने सेवा, टायर सम्बन्धी सेवा देखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्ममा छुटहरू उपलब्ध सकने कम्पनीले जनाएको छ ।
खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काकाले भने, “खल्ती ब्लुबुक नवीकरण सेवामा ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै, सवारीको मर्मतसम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको छ। हामीले प्रयोगकर्ताहरूका लागि खल्तीको तर्फ बाट ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा प्रदान गर्नुको साथै विभिन्न सवारीसाधन सेवा प्रदायकहरू सँग सहकार्य गर्दै कार मर्मत देखि थुप्रै कार सेवामा छुटको व्यवस्था गरेको छौँ। वार्षिक रु ९९९ मा सुरु हुने यस प्याकेजको सब्सक्रिब्सनबाट प्रयोगकर्ताहरूले आफ्नो कार सम्बन्धी सेवा सुविधामा भरपुर लाभ उठाउनहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।"
खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिब्सन प्याकेज समेत उपलब्ध गराउँदै आइरहेको छ। सो प्याकेजमा खल्तीले रु ५ लाख ३० हजार सम्मको स्वास्थ्य र दुर्घटना घटना बिमा साथै रू. १ लाख ५० हजार सम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूमा छुट उपलब्ध गराइरहेको छ।
समाचार
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्डले सम्मानित
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडी) लाई अनल…
फोनपेको फोनट्याग स्कुप एण्ड सेभ अभियान सुरु, ५० प्रतिशत क्यासब्याकको अफर
फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान "फोन पे स्कुप एण्ड सेभ" को घोषणा गरेको छ। अभियान २५ अगस्टब…
मस्कको निशानामा जुकरबर्ग, भने - इन्स्टाग्राममा बच्चाहरूको शोषण हुँदा पनि कुनै कारबाही भइरहेको छैन
टेलिग्राम एपका संस्थापक र सीईओ पावेल डुरोभको गिरफ्तारीपछि धेरै मानिसहरूको यसबारे प्रतिक्रिया आएको छ । अब एक्स र स्पेसएक्सका माल…
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब…
एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड
एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्…
ह्वाट्सएपमा डिलिट फर मी गरिसकेको मेसेज रिकभर गर्न यस्तो गर्नुहोस्
हाम्रो दैनिक जीवनसँग ह्वाट्सएपको प्रयोग जोडिएको छ । धेरैपटक एकजना ह्वाट्सएप प्रयोगकर्ताको फोनमा घरसँगै कार्यस्थलका मानिसहरूको नम्ब…
नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने यी आठ पक्षलाई दिनुहोस् विशेष ध्यान
स्मार्टफोनको बजार अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ । यस्तो अवस्थामा स्मार्टफोन खरिद गर्दा तपाईँले केही महत्वपूर्ण कुराहरूमा ध्यान द…
आइसिटी अवार्ड अन्तर्गत स्टार्टअप तथा आईडिया पिचिङको बिशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने
आइसिटी अवार्ड २०२४ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ । भदौ ५ गते बुधबार यस सम्बन्धि सम्झौतापत्रमा कान्तिपु…
हट्यो टिकटकमाथि लागेको प्रतिबन्ध
टिकटकमाथि लागेको प्रतिबन्ध हटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।&…
सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस नाइन एफई सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध
सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगल…
नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका…
एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यन्वयनमा
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा …
१७ अस्पतालका उपकरण मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य…
गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै
अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ ।
…एप्पलले जारी गर्यो आईओएस १७.६.१ अपडेटेड भर्सन, यस्तो छ कारण
प्रविधि कम्पनी एपलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १७.६.१ को अपडेटेड भर्सन जारी गरेको छ । लगभग १० दिनअघि कम्पनीले आईओएस १७…