समाचार
गूगलको इतिहास: स्थापना, गूगल इमेज र जीमेलको रोचक कथा
गुगलको नामसँग सबै इन्टरनेट प्रयोगकर्ता परिचित छन् । कुनै पनि प्रश्नको जवाफ अन्यत्र कतै नपाइएमा, सबैजसो इन्टरनेट प्रयोगकर्ताले यो गुगल सर्चमा खोज्न रुचाउँछन् । के तपाईंले कहिल्यै सोच्नु भएको छ कि गुगल कम्पनीको सुरुवात कसले र कहिले ग¥यो? यस प्रश्नको उत्तर पनि तपाईंले गुगलमै भेट्न सक्नुहुन्छ ।
४ सेप्टेम्बरमा गुगलले आफ्नो २६ वर्ष पूरा गर्न गइरहेको छ । गुगलको स्थापना सन् १९९८ मा भएको थियो । गुगलको सुरुवातको श्रेय लेरी पेज र सर्गेई ब्रिनलाई जान्छ । कम्पनीको सुरुवात एक ग्यारेजबाट भएको थियो । कथा यसरी सुरु भएको थियो कि गुगलको सुरुवात गर्ने यी दुवै व्यक्ति क्यालिफोर्निया स्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा पीएचडी गर्दै थिए ।
यस क्रममा यी दुवै जना वर्ल्ड वाइड वेबमा अनुसन्धान गरिरहेका थिए । करिब १ वर्षसम्म यसमा काम गरेपछि सर्च इन्जिन गुगल तयार भएको थियो । तपाईंलाई थाहा पाएर केही आश्चर्य पनि हुन सक्छ कि गुगल सर्च इन्जिनलाई पहिला ’ब्याकरब’ भनेर चिनिन्थ्यो ।
सबैभन्दा ठूलो कुरा त यो हो कि गुगलको नाम गूगल एक स्पेलिङ गल्तीको कारण राखिएको थियो । पहिला गुगलको नाम ’गुगोल’ राखिएको थियो । गुगोलको गलत स्पेलिङ नै गुगल हो । गुगोल भन्नाले १ पछि १०० शून्य भएका अंकलाई जनाउँछ ।
गुगल इमेजको सुरुवात कसरी भयो ?
अब गुगल इमेजको कुरा गर्दा यसको सुरुवातसँग हलिउड अभिनेत्री जेनिफर लोपेजको नाम जोडिएको छ । वास्तवमा, यो घटना सन् २००० मा भएको ग्रामी पुरस्कार समारोहको हो । जब हलिउड अभिनेत्री जेनिफर लोपेजले विशेष किसिमको पहिरन लगाएर सबैको ध्यान तानिन् ।

अभिनेत्री जेनिफर लोपेजले भर्साचेको जंगल थिममा बनाइएको पहिरन लगाएकी थिइन्। यस पहिरनलाई हेर्न मानिसहरू निकै उत्सुक थिए। त्यो समयमा, भर्साचेको जंगल थिममा बनाइएको यस पहिरनलाई हेर्न इन्टरनेट प्रयोगकर्ताहरू गुगलको प्रयोग गरिरहेका थिए। यो सबैभन्दा धेरै खोजिएको प्रश्न बनेको थियो, जसपछि गुगलले प्रयोगकर्ताहरूको आवश्यकता बुझ्दै इमेजेजको सुरुवात गरियो । यस घटनापछि नै जुलाई २००१ मा गुगल इमेजेस अस्तित्वमा आएको थियो ।
गुगल जीमेलको सुरुवात
गुगलको इमेल सेवा जीमेलको सुरुवातको कथा पनि रोचक मानिन्छ । यो १ अप्रिल २००५ को कुरा हो जब कम्पनीले जीमेललाई सार्वजनिक गरेको थियो । जीमेलभन्दा अघि माइक्रोसफ्ट र याहूमा ३०–६० इमेल स्टोर गर्ने सुविधा मात्र थियो । त्यही समयमा गुगलले जीमेललाई १३ हजार इमेल स्टोर गर्ने सुविधासहित प्रस्तुत गरेको थियो ।

समाचार
एप्पलले ग्लोटाइम इभेन्टमा आईफोन १६ सिरिज सहित के-के नयाँ ग्याजेटहरू लन्च गर्दैछ? यस्तो छ विवरण
सेप्टेम्बर ९ मा एप्पल आफ्नो फ्ल्यागशिप आईफोन १६ श्रृंखला लिएर आउँदैछ । यसको लागि ग्लोटाइम इभेन्ट आयोजना गरिनेछ । इभेन्टमा नयाँ आई…
नाडा अटो शो २०२४ मा एमएडब्लु समूहको १,००० भन्दा बढी सवारी साधन बिक्री
एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्रीको घोषणा गरेको छ । …
सेप्टेम्बरमा टन्नै बजेट र फ्ल्यागशिप स्मार्टफोन लन्च हुँदै, जान्नुहोस् फिचर र मूल्य
सेप्टेम्बर महिनामा धेरै फ्ल्यागशिप स्मार्टफोन सिरिजहरू लन्च हुन गइरहेका छन्, जसमा एप्पलको आइफोन १६ सिरिज पनि एक हो । यस महिनामा …
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो स…
आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स नयाँ गोल्ड टाइटेनियम रङमा लन्च गरिने
एप्पलले आफ्नो ग्लोटाइम इभेन्ट ९ सेप्टेम्बरमा आयोजना गर्दैछ । यसमा नयाँ आइफोनका साथै अन्य ग्याजेटहरू पनि लन्च गरिनेछन् । आईफोन १६प्र…
नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड
युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफो…
बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने
फोनपेले 'बोहनी फोनपे क्युआरबाटै' भन्ने पहलको सुरुवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा …
पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने
नेपालकै डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले 'पठ…
आइसिटी अवार्ड २०२४ मा आवेदन दिने समय थप, कसरी पठाउने नोमिनेसन ?
आइसिटी अवार्ड २०२४ को आवेदन दिने समय थप भएको छ । यसअघि आवेदन पठाउने …
क्रोम र आईओएस प्रयोगकर्ताहरूको सुरक्षा जोखिममा, गूगलद्वारा चेतावनी
गूगलले प्रयोगकर्ताको सुरक्षासँग सम्बन्धित कुरा गर्दै भनेको छ कि रूसी ह्याकरहरूले आईओएस र क्रोमको कमजोरीहरूको फाइदा उठाएर प्रयोगक…
फोटोनले मनायो २८औँ वार्षिकोत्सव
सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औँ वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्…
सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई श्री एयरलाइन्समा छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र…
एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय
सरकारले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठ…
एप्पलद्वारा आईओएस १८ बेटा ६ अपडेट जारी
एप्पलले आफ्ना आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८ बेटा ६ अपडेट जारी गरेको छ । यसका अतिरिक्त, कम्पनीले आईप्याड ओएस १८ र म्याकओए…
अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने
गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न…