समाचार
दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिदैँ
खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेड बीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतासँगै दुबै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुनेछ । सम्झौतापत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखिएको छ । साथै यस साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधान गर्न प्रविधको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु गरिनेछ ।
दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सय भन्दा बढि संस्थाहरुमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको छ । सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड जापानको अग्रणी कम्पनी हो, जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।
समाचार
सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हु…
एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने
एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदम…
ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक
प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …
वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै
वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुने भएको छ । ई-कमर्स साथी प्रालिका सञ्चालक विजय कुमालले अनलाइनबाट व…
लुम्बिनीमा ड्राइभिङ लाइसेन्सको ट्रायल दिँदा अब बायोमेट्रिक गर्नुपर्ने
लुम्बिनी प्रदेशमा अब ड्राइभिङ लाइसेन्सको ट्रायल दिदा पनि बायोमेट्रीक गर्नुपर्ने भएको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्…
सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु
सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बा…
एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने, कहिले लन्च हुन सक्छ?
एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…
कहिले आउँदैछ सामसङको वेयेरेबल रिङ?
सामसङले गत महिना अर्थात जनवरी १७, २०२४ मा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गरेक…
एप्पल भिजन प्रोमा भर्चुअल डिस्प्लेका साथ उपलब्ध हुनेछन् यी फिचर, जान्नुहोस् यसका ५ विशेषता
एप्पलले हालै एप्पल भिजन प्रो प्रस्तुत गरेको छ । यो डिभाइसको बजारमा निकै चर्चा छ । यो भर्चुअल रियालिटी (भिआर) र अगमेन्टेड रियालि…
राइड शेयरिङ सेवालाई उद्योगको मान्यता
सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्द…
टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान …
सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल …
टेलिकमकाे एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क, एफटीटीएच सेवा खरिदमा सित्तैमा सीमकार्ड
टेलिकमकाे माेबाइल एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क पाइने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा नेपाल टेलिकमले एप ड…
मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै
माघ २३ गते मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको मनाइने भएको छ । चाइल्ड सेफ नेटको अगुवाईमा विभिन्न सरकारी तथा निजी स…
चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न
चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सम्पन्न भएको छ । उक्त कार्यशाला माघ १४ …