कीवर्डहरू -

समाचार

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका थिए । 

एनसेल शेयर खरिदबिक्री यथास्थितिमा स्वीकार नगर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । 

सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । 

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्थ्यो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।

समाचार

राहदानी बनाइदिने भन्दै ३४ हजार घुस लिने कम्प्युटर इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्ने बताएकी…

बीसीए विद्यार्थीले डीनलाई भनेः मानविकी संकायमा राख्दा आवेदन स्वीकृत भएन, पहल गर्नुपर्‍यो

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा सरकारी स…

फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

फोनपोइन्ट्स प्रालि र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फो…

गूगल क्रोम प्रयोगलाई सहज बनाउन तीन नयाँ एआई फिचर थप

गूगलले आफ्नो क्रोम वेब ब्राउजरमा ब्राउजिङलाई सजिलो र सुरक्षित बनाउन तीनवटा नयाँ जेनेरेटिभ एआई फिचर उपलब्ध भएका छन् ।

अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्दे…

यस्तो छ पोको सी सिक्स फाइभ

गएको डिसेम्बरमा पोको सिसिक्स फाइभ बजेट स्मार्टफोन (नेपाली बजारमा सार्वजनिक नभएको) सार्वजनिक भएको थियो । यसमा ठूलो ६…

स्मार्टफोन जस्तै देखिने र्‍याबिट प्रविधि आर वान के हो? कसरी काम गर्छ?

अहिले प्रविधिको क्षेत्रमा स्मार्टफोन जस्तै देखिने एआईबाट सञ्चालित प्रविधि  र्याबिट (Rabbit) नाम भएको स्टार्टअपले आर…

नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै

नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा …

१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् ।…

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न पाइने

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।&n…

आइओएस १७.३ सार्वजनिक, यस्ता छन् नयाँ अपडेट

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूका लागि आइओएस १७.३ अपडेट सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताका लागि स्टोलेन डिभाइस प्रोट…

यस्तो हुनेछ सामसङको ग्यालेक्सी रिङ, कहिले होला सार्वजनिक ?

सामसङले हालै आयोजना भएको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी रिङको पनि घोषणा गरेको छ । कम्पनीले सो कार्यक्रमलाई …

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा गोल्डकप हेर्न सकिने

पोखरामा मंगलबारदेखि सुरू हुने आहा रारा गोल्डकपको २३ औं संस्करणका खेलहरुको हेर्न सकिने भएको छ । पोखरा रंगशालामा हुने प्…

माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक हुँदै

आगामी माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको छ ।