कीवर्डहरू -

समाचार

विज्ञान कुटनीतिमा नेपाल

विश्व विज्ञान दिवस २०२४ को अवसरमा नेपालमा ‘नेपालका लागि विज्ञान कुटनीतिः उन्नत विज्ञान तथा प्रविधि प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना भएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गतको विज्ञान कुटनीति तथा विज्ञान प्रविधि प्रवर्द्धन उपसमितिले आईतबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा बोल्ने वक्ताहरूले देशको विकासका विज्ञान कुटनीतिमा जोड दिएका थिए । नास्टका निवर्तमान उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले विज्ञान कुटनीतिमा नेपाल कमजोर रहेको बताउँदै राज्यले यसलाई प्राथमिकता दिनुपर्ने बताए । 

यस्तै कार्यक्रममा २ वटा पेपर प्रिजेन्टेसन गरिएको थियो । ‘महिला वैज्ञानिकको दृष्टिकोणमा विज्ञान कुटनीति’ वियषमा प्रस्तुति दिदै वैज्ञानिक तथा अर्गनाइजेसन अफ वुमन साइन्टिष्ट इन नेपालकी संस्थापक अध्यक्ष डा. हेमु खरेल काफ्लेले विज्ञान कुटनीति र वैज्ञानिकलाई जोड्न नसकिएको बताइन् । 

त्यसैगरी ‘नेपालको त्रिपक्षीय भूराजनीतिक युगमा विज्ञान कुटनीति’ विषयमा अर्को प्रस्तुति दिदै मध्यपश्चिम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धका भिजिटिङ फ्याकल्टी हरि प्रसार चन्दले लिच्छवि कालदेखि नै नेपालमा विज्ञान कुटनीति सुरू भएको जानकारी दिदै देशको सम्वृद्धिका लागि विज्ञान कुटनीति जरूरी भइसकेको बताए । 

त्यस्तै कार्यक्रममा बोल्दै चीनका लागि नेपालका पूर्व राजदुत महेश कुमार मास्केले विज्ञान कुटनीतिमा जोड दिदै सामाजिक उत्तरदायित्व भएको विज्ञानमा काम गर्नुपर्ने बताए ।

त्यसैगरी नास्टका सदस्य सचिव डा. रविन्द्र ढकालले विज्ञान तथा प्रविधिलाई कुटनीति तथा राजनीतिक स्तरमा जोड्न नसकेको जानकारी दिए । साथै स्रोतको अभावमा नास्टले सोचे अनुसार काम गर्न नसकेको समेत प्रष्ट पारेका थिए । 

यस्तै कार्यक्रमलाई समापन गर्दै पूर्व मन्त्री तथा विज्ञान कुटनीति तथा विज्ञान प्रविधि प्रवर्द्धन उपसमितिका संयोजन गणेश शाहले पनि विज्ञान कुटनीतिमा जोड दिदै विज्ञान जनमुखी हुनुपर्ने र प्रचार प्रसारमा पनि उत्तिकै काम गर्नुपर्ने धारणा राखेका थिए । 

आईतबार आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रका वैज्ञानिकहरू उपस्थिति रहेका थिए । हरेक वर्ष नोभेम्बर १० विश्व विज्ञान दिवस मनाइदै आएको छ भने ग्लोबल साइन्टिफिक इन्डेक्समा नेपालको स्थान ९७औं स्थानमा रहेको छ ।


 

समाचार

एसोसियो एडटेक अवार्डबाट डायनामिक टेक्नोसफ्ट सम्मानित

सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ…

नेपालका चार प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेस…

माई पे वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड एससीटी र भुक्तानी सेवा प्रदायक…

मेटा, टिकटक, गूगल, एप्पल, नेटफ्लिक्ससहित २० विदेशी कम्पनीले तिर्न थाले विद्युतीय सेवा कर

नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएबापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युत…

डिजिटल गभर्मेन्ट अवार्डबाट आईटी कम्पनी इन्फोडेभलपर्स सम्मानित

नेपाली सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो आइफोन १५

सन् २०२४ को तेस्रो त्रैमासिक (क्युथ्री) मा एप्पलले विश्वभर सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको सूचीमा शीर्ष स्थान प्राप्त गरेको छ ।…

क्यान महासंघका निर्वतमान अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (AS…

पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने

व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

नेपाल टेलिकमका कर्पोरेट ग्राहकले अब मल्टिपल टिभी जडान गर्न सक्ने

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ ।  

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सुविधा

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्ने भएको छ । नेपालमा बर्षकै ठूलो सेलका …

आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन हुँदै

आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन सञ्चालन हुने भएको छ । 

चीनमा आईफोन १४ प्रो म्याक्स चार्ज गर्ने क्रममा भयो विस्फोट, एप्पलले अनुसन्धान गर्दै

चीनमा एक जना महिलाले आईफोन चार्ज गरिरहेकै बेला फोन विस्फोट भएको छ, जसले गर्दा प्रयोगकर्तालाई चोटपटक लागेको छ । यस घटनाले एप्प…

ग्लोबल स्मार्ट प्लसका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । 

ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण

ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट…

एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ

नेपाल नेटवर्क अपरेटर्स समूह (एनपीएनओजी) को दशौं संस्करण २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ।  य…