समाचार
एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूणर् फुटबल खेल आयोजना गरेको छ । यस अन्तर्गत शनिबार र आइतबार गरि चार खेलहरु भएका थिए ।
एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएका हुन् । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानिय युवा क्लबका खेलाडीहरुको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो ।
गत शनिवार (असोज ६)को पहिलो मैत्रिपूणर् फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए । यो खेलमा एनसेलले १—० को अन्तरले हित हासिल गरेको थियो । एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।
त्यसैगरी शनिवार भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्रि, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए । अनिल गुरुङको टिमले ५—४ को अन्तरले खेल जितेको थियो ।
त्यस्तै आइतबार (असोज ७) सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो । लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४—१ को अन्तरालले जित हाँसिल गरेको थियो । त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो । कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४—३ गोलको अन्तरालले खेल जितेको थियो ।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।
समाचार
सडक नम्बर र घरको ठेगाना प्रणाली मानकीकरणबारे एनजीइएसको कार्यक्रम सम्पन्न
नेपाल जियोम्याटिक्स इन्जिनियरिंग सोसाइटी (एनजीइएस)ले रिजनल एण्ड अर्बन प्लानर्स सोसाइ…
१५ औँ काठमाडौं म्याराथनमा सहकार्य गर्दै इन्ड्राइभ
एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्ने १५ औँ काठमाडौं म्याराथनसँग इन्ड्राइभले सहका…
पठाओको ५ औं वार्षिकोत्सवमा १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै
पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो(फुड डेलिभरी पर्सन)…
साओमी नेपालको ५ वर्ष पूरा
नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायत…
आइएमईमार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्न सकिने
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपाली द…
सिंहदरबार प्रवेश गर्न अब क्युआर कोडसहितको गेट पास
देशको प्रशासनिक निकाय सिंहदरबार प्रवेशका लागि अब क्युआर कोडसहितको गेट पासको व्यवस्…
आइसर मेगा सर्भिस क्याम्प सम्पन्न, २ हजार ग्राहकले लिए सवारी सर्भिस सेवा
आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ । भदौ १७…
सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू, यस्ता छन् मुख्य आकर्षण
सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू भएको छ । कीर्तिपुर स्थित…
जाभास्क्रिप्ट सम्बन्धि एक महिने अनलाइन तालिम सुरू
जाभास्क्रिप्ट सम्बन्धि एक महिने लामो अनलाइन तालिम सुरू भएको छ । गत सोमबारदेखि करिब…
सिड्स फर द फ्युचर समिटमा नेपालबाट चार जना सहभागी
डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा …
अब संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना त…
दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा सम्बन्धि कार्यक्रम सम्पन्न
नेपाल सूचना तथा सञ्चार प्रविधि सेवा संघ (यूएनआइसिटीएस नेपाल) 'नेपालमा दिगो रोजग…
अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि र…
एनसेलद्वारा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरिया…
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अफर सार्वजनिक
डि.टी.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक …