समाचार
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित
सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छन् । द सोल्टी काठमाडौंमा शुक्रबार आयोजना गरिएको अपग्राड आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।
सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन् । उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् र क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए ।
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलेअरुका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्याएका उहाँ जस्ता महिलाहरुको सम्मान गर्न पाएकोमा हर्षित भएको बताए ।
एनसेल वुमन आइकन आइसिटी अवार्डद्वारा मेरो समर्पण, कडा परिश्रम र सूचना प्रविधिको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने ईच्छाको विशेष सम्मान गर्नु भएकोमा म एनसेल र आइसिटी अवार्डप्रति कृतज्ञ भएको पाण्डेले बताइन् ।
यो अवार्ड आफ्नो कामको मात्र सम्मान नभई प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोश, समर्पण र सामूहिक कार्यको कदर भएको उनको भनाइ छ ।
यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात लागि ७ जना महिलाहरु छनोटमा परेका थिए र उनीहरु मध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए । सूचना प्रविधिमा महिलाको संलग्नताले सामाजिक र आर्थिक समावेशीकरणलाई बढावा दिन्छ र प्राविधिक विकासका फाइदाहरू बढी समानुपातिक रूपमा वितरण भएको सुनिश्चित गर्दछ ।
प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।
समाचार
प्रधानन्यायाधीशले भने - सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन् । नेपाल बार दिवसका अवसरमा काभ्…
एनआईसी एशिया बैंकलाई पेमेन्ट्स एक्सिलेन्स अवार्ड
एनआईसी एशिया बैंकले प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले …
नेपालमा सेवा दिने विदेशी प्रविधि कम्पनीबाट ५ महिनामा १२ करोड राजस्व संकलन
चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा विद्युतीय माध्यमबाट कारोबार गर्ने गूगल, फेसबुक, माइक्रोसफ्ट, लिंकडिन, टिकटक जस्ता ठूला विद…
मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन् ।
…प्रति शेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने नेपाल टेलिकमको निर्णय
नेपाल टेलिकमले शेयरधनीलाई नगद लाभांश दिने भएको छ । आर्थिक वर्ड २०७९-८० को मुनाफाबाट टेलिकमले नगद लाभांश दिने भएको हो ।&nb…
वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३
हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…
अन्य उद्योगभन्दा सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बताएकी छन् ।
<…प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…
सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान
वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…
इसेवाको लिंक अकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको शपिङ भौचर
इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले रु एक लाखको शपिङ …
खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न सार्वजनिक निकायलाई अख्तियारको सुझाव
आफूले खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न अख्तियारले सार्वजनिक निकायलाई दुझाव दिएको छ ।
आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? यसरी काट्नुहोस् टिकट
शुक्रबार अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उत्सवको …
गूगलले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने
सर्च इन्जिन गुगलले अमेरिकामा करिब ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । बजारमा एन्ड्रोइडको बलियो स्थितिको फाइदा उठाएको म…
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य
मोबाइल फोन आयातकर्ताकोहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य भएको छ ।
सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् ।