समाचार
कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध
एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।
एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ।
क्रिकेटरहरु सँगको यस सम्झौता हस्ताक्षर असोज १८ गते एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।
यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ।
खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ। खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको छ।
एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्दै खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु उद्देश्य रहेको बताए ।
एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूह हो | १९ वर्ष भन्दा बढी सञ्चालन अनुभव १९ भएको यस ग्रुपले नवीन उत्पादनहरू र सेवाहरू निरन्तर आविष्कार गर्दै आएको छ। एफवान सफ्ट ग्रुप नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो।
एफवान सफ्ट का उत्पादनहरू र सेवाहरू ६०+ बैंकहरू र वित्तीय संस्थाहरूका २० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूद्वारा प्रयोगमा छन्। संस्थाले समग्र नेपालीहरूलाई सजिलो, छिटो र सुविधाजनक तरिकाले औपचारिक डिजिटल वित्तीय इकोसिस्टममा प्रवेश गर्न सक्षम बनाउँदै आएको छ र अब विश्वभरका प्रयोगकर्ताहरूलाई यो उपलब्ध गराउने लक्ष्य लिएको छ।
समाचार
इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी
सूचना तथा प्रशारण विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन…
दशैंका लागि अग्रिम टिकट बुकिङ बससेवाबाटै, हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याकको सुविधा
सोमबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू भएको छ । यातायात व्यवसायीहरूले असो…
ईसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा…
फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट
नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड व…
सामसङका विद्युतीय सामग्री खरिद गर्ने वर्ल्डलिंकका ग्राहकलाई १५ हजारसम्म छुट
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खर…
विद्यार्थीको कोडिङ र एआई क्षमता अभिवृद्धि गर्न कोडएभोर प्रतियोगिता गर्दै निमा एकेडेमी
नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूकाबि…
क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको टिकेटिङ्ग पार्टनरमा आईएमई पे
नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणन…
एनसेलको नयाँ नियम, अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने
अब एनसेल नम्बरमा डिजिटल वालेटबाट ४० रूपैयाँभन्दा कम टपअप गर्न नसकिने भएको छ । डि…
ओभरहिटिङ समस्या समाधान गर्न एप्पलको नयाँ अपडेट
एप्पलले आफ्नो नवीनतम आइओएस १७.०.३ अपडेट जारी गरेको छ । यो एक विशेष समस्या समाधा…
दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धम…
अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू
अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार ब…
सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न
सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्ट…
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका…
अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने
जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्र…
तिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्…