कीवर्डहरू -

समाचार

सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप

सामसङले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । एआई सुविधाहरूसहित सामसङले ग्यालेक्सी बुक फोर प्रो र ग्यालेक्सी बुक ४ प्रो ३६० सार्वजनिक गरेको हो । 

यो ल्यापटपको बडी मेटलबाट बनेको छ । यसमा इन्टेलबाट शक्तिशाली प्रोसेसर उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई यो ल्यापटपमा भारी लोडको काम सजिलै गर्न मद्दत गर्नेछ ।

 एआई फिचरहरू पनि समावेश गरिएको छ । कम्पनीले यस ल्यापटपमा फोटो रिमास्टर टुल नामक नयाँ फिचर दिएको छ, जसले एआई टेक्नोलोजीको सहयोगमा कम गुणस्तरका फोटोहरूलाई पनि उच्च गुणस्तर अर्थात् राम्रो गुणस्तरको फोटोमा रूपान्तरण गर्न सक्छ ।

यस प्रविधिको माध्यमबाट इमेजबाट अनावश्यक प्रकाश वा छाया पनि हटाउन सकिन्छ । यस ल्यापटपमा ग्यालेक्सी भिडियो सम्पादक प्रदान गरिएको छ ।

यस ल्यापटपमा ब्लुटुथ, वाईफाई र आरजे ४५ ल्यान पोर्ट उपलब्ध गराइएको छ । यसबाहेक यसको साउन्ड सिस्टम पनि राम्रो छ । प्रयोगकर्ताहरूले यसमा स्टेरियो स्पिकरहरूसँगै डल्बी एटमसको समर्थन प्राप्त गर्नेछन् । यस बाहेक यसमा वेबक्यामको सुविधा पनि उपलब्ध छ । 

ल्यापटपमा १५.५ इन्चको फुल एचडी डिस्प्ले छ । ८ जीबी सम्म र्याम र ५१२ जीबी स्टोरेज सुविधा भएको यसको स्टोरेज १ टिबीसम्म बढाउन सकिने छ । 

यस ल्यापटपमा विन्डोज अपरेटिङ सिस्टम राखिएको छ । ल्यापटपको सुरूवाती मूल्य १९०० अमेरिकी डलरबाट सुरु हुनेछ । 

 

समाचार

सीजीले ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड

सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस र अस्पतालहरूका लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड सुरु गरेको छ।

‘इलेकट्रोनिक लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई जानकारी

यातायात व्यवस्था विभागको ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री…

विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित

विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट …

समाजमा योगदान पुर्‍याउने पाँच महिलालाई एनवाईईएफ काठमाडौंद्वारा सम्मान

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंले सूचना प्रविधि, स्टार्टअप, उद्यमशीलता लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका महिलाहरू…

बालबालिकाका लागि कोडिङ प्रतियोगिता आयोजना गर्दै दूरशिक्षा, आईकोडसँग सहकार्य

कक्षा ३ देखि १० सम्मका बालबालिकाका लागि कोडिङ, रोबोटिक्स र एआई तालिमका लागि दूरशिक्षा एजुकेशन नेटवर्कले सन् २०२४ मा ग्राउन्डब्रे…

सरकारद्वारा एनसेल सम्मानितः पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि कदर

नेपाल सरकारले एनसेललाई पूर्व सुचना प्रणाली (Early warning system) मा पुर्याएको योगदानका लागि सम्मान गरको छ । बिहीबार काठमाड…

कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा डिजिटल साक्षरता तालिम सम्पन्न

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न …

आजकै दिन १८ वर्षअघि गरिएको थियो विश्वकै पहिलो ट्वीट

मार्च २२ सामाजिक सञ्जाल प्लेटफर्महरूको लागि धेरै विशेष दिन हो । ठीक १८ वर्षअघि आजकै दिन पहिलो ट्विट गरिएको थियो ।

आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो

एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सा…

एलन मस्कको न्यूरालिंक ब्रेन चिप प्रयोग गरेर पक्षाघात भएका मानिसले खेले भिडियो गेम

एलन मस्कको कम्पनी न्युरालिङ्कले सफलताको कीर्तिमान कायम गरेको छ । न्युरालिंकले एउटा भिडियो सेयर गरेको छ, जसमा एक व्यक्तिले खेल ख…

पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्न सक्ने अवस्था छः अर्थमन्त्री वर्षमान पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् ।

च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी ५ सार्वजनिक हुने

ओपनएआईले आफ्नो च्याटटूल च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी–५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पाठक र पुस्तक बिक्रेतालाई जोड्दै डिजिटल प्लेटफर्म ‘पुस्तक सेवा’

ई-टुटर क्लासले ‘पुस्तक सेवा’ नामक प्लेटफर्म सार्वजनिक गरेको छ । विगत ५ वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको ई-टुटर…

वान प्वाइन्ट फाइनान्सियलले आईएमई लिमिटेडलाई रेमिट स्विच उपलब्ध गराउने

आईएमई  र बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल…

स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले १४ औं वार्षिकोत्सव मनाएको छ । विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको स्प्यारो एसएम…