समाचार
एनसेल एनएसएल सिजन ३ सुरू
नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट शुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
खेल शुरु हुनु भन्दा पहिला हाल एकमदै चर्चामा रहेका गायक थापाले आफ्नो सांगितीक प्रस्तुती राख्दै दशरथ रंगशालामा उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
आजको खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए । यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाडौं रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् । यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले रु ३०,००० नगद पुरस्कार र रु ५,००० हजारको रिचार्ज भौचर प्रदान पनि गर्दछ ।
भोलि आइतबारको खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ ।
एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि कडा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता फुटबल प्रेमीहरूका लागि उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ ।
हालै मात्र एनसेलले ललितपुर सिटी एफसीसँग सहकार्य गर्दै ‘पावर्ड बाई’ प्रायोजकको रुपमा सम्झौता पनि गरेको थियो । खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिवद्ध रहँदै आएको छ । एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।
“हाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौं । सबैको प्रिय खेल भएकोले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौं । यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । यो सिजन अवधिभर कुल ३४ खेलहरु खेलिने छन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ ।
एनएसएलसँगको एनसेलको सहकार्य नेपाली खेल प्रतिभाको प्रवद्र्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन् ।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहि एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।
समाचार
ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई&rsq…
एसईई दिएपछि सवारी साधन नपाएर घर फर्किन समस्या भएमा काठमाडौं महानगरले पुर्याइदिने
सवारी साधन नपाएर एसईई दिएपछि घर फर्किन समस्या भएमा काठमाडौं महानगरपालिकाले घरसम्म पुर्याइदिने भएको छ ।
सिटिटेकको गेट पे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य
सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर गेटेपेलाई नेपाल क्लियरिङ हा…
राष्ट्र बैंकले स्थापना गर्यो डिजिटल फाइनान्स इन्नोभेसन हब
नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैंकले वित्तीय नवप्रवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले ह…
ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता
दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ…
सिग्नल एप विवादमा, ट्रम्प प्रशासनको त्रुटिका कारण उठ्यो विवाद
म्यासेजिङ एप सिग्नल फेरि एक पटक चर्चामा आएको छ । यसपटक यो एप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको एक गल्तीका कारण चर्चामा छ…
स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐनमार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्…
अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई नास्टले दियो १२ लाखसम्म अनुदान, क-कसले पाए ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्न (नास्ट) ले ‘युवा वैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग’ कार्यक्रम अन्तर्गत १२ ल…
नेपाल भित्रियो सनलङले इलेक्ट्रिक कार्गो पिकअप, के के छन् सुविधा ?
सनलङले इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्र्याएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको छ । जसअनुसार कम्पनील…
डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक, कार्यान्वयनका लागि काउन्सिलको प्रस्ताव
डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राय तथा सुझावका लागि मस्यौदा सार्वज…
इन्स्टाग्राममा एआई जनरेटेड कमेन्टको फिचर परीक्षण हुँदै, पोष्टमा कमेन्ट गर्दा दिनेछ सुझाव
मेटा अहिले इन्स्टाग्राममा नयाँ एआई–जनरेटेड कमेन्ट फिचरको परीक्षण गरिरहेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूलाई पोस्टमा कमेन्ट गर्न…
यूट्युबले ‘युथ डिजिटल वेलबिइङ’ कार्यक्रम ल्यायो, युवाहरूका लागि सुरक्षित अनलाइन सामग्री प्रवर्द्धन गर्ने
लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्युबले युवाहरूका लागि सुरक्षित, उमेरअनुकूल र गुणस्तरीय सामग्री सुनिश्चित गर्न ‘युथ डि…
राष्ट्रिय परिचयपत्र नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धालाई सास्ती
मुगुको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी …
ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड
नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (
विश्वकै चर्चित प्रविधि कम्पनीमध्ये एक एप्पलको सुरुवात भएका कम्प्युटरमध्ये एक भिन्टेज एप्पल–१ कम्प्युटर हालै ३७५,००० अमेरिकी डल…
भिन्टेज एप्पल १ कम्प्युटर ३ लाख ७५ हजार डलरमा लिलाम, स्टिभ जब्सका अन्य दुर्लभ सामग्रीहरू पनि बिक्री