समाचार
डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा जडान
वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो ।
चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो ।
कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जङ्गलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए । ‘हाल दुई वटा सिसी क्यामरा जडान भइरहेका छन् । अन्य स्थानमा पनि क्यामरा जडान प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढ्ने योजना बनाएका छौँ’, उनले भने, ‘यति नगरे जङ्गलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन । आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि क्यामराले सहज हुनेछ ।’
नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले पनि सिसी क्यामरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताए । ‘अधिकांश वन डढेलो मानवले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सिसी क्यामरा जडान गर्नु उचित हुन्छ’, उनले भने, ‘योलगायत वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिन जरुरी छ ।’
मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । ‘यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ’, ऐनमा उल्लेख छ ।
वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । वन डढेलो नियन्त्रण गर्न सरोकारवालाहरुले ऐन तथा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
समाचार
दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सव…
डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त
डिश मिडिया नेटवर्क (डिशहोम) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्ष…
सन सेक्युरिटिजले सुरू गर्यो भिडियो केवाईसी सेवा
सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) ले भिडियो केवाईसी सेवा सुरू गरेको छ ।
योसँगै अ…
स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका
रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु …
नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर
गुगलले क्रोम ब्राउजरलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ । यसमा बुकमार्क, पठन सूची र हिस्ट्रीलाई नयाँ आयाम दिइएको छ । यसमा ब्राउजरक…
प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता
प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौत…
सीजी इलेक्ट्रोनिक्सका ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर
चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्…
सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने
परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रु…
१८ शहरमा विस्तार भयो पठाओ
राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ ।
कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्रीमा लाइक, कमेन्ट, ट्याग र रिपोष्ट गरे कारवाहीको चेतावनी
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कसैप्रति घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्…
७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, तपाई पनि यसरी दिनुहोस् आवेदन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सात विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ ।
गूगलको जीमेल, डकुमेन्ट र सिट्समा पनि अब जेमिनाईको सपोर्ट
गूगलले आफ्नो क्लाउड नेक्स्ट २०२४ सम्मेलनमा ठूलो अपडेटको घोषणा गरेको छ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टूल जेमिन…
चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर
शारीरिक रुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन। उनी इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र घर फर्कन्छन्…
वैशाख २ गतेदेखि काठमाडौं महानगरपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुने
वैशाख २ गतेदेखि काठमाडौं महानगरपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ ।
सगरमाथा क्षेत्रमा पहिलो पटक साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालद्वारा सेक्युरिटी रिभ्यू
साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालले पहिलो पटक सगरमाथा हिमाल क्षेत्रमा सुरक्षा समीक्षा/प्रश्नावली (सेक्युरिटी रिभ्यू) सम्पन्न गरेको…