कीवर्डहरू -

समाचार

उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा

उपत्यकामै ग्राहक गुणस्तरीय टेलिफोन सेवाबाट बञ्चित रहेको अध्ययनले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीको गुणस्तरका सम्बन्धमा गरेको परीक्षणमा यस्तो फेला परेको हो। प्राधिकरणले उपत्यकामा गरेको परीक्षणमा कलतर्फ सबै कम्पनी असफल भएका छन्।

प्राधिकरणले ललितपुर जिल्लामा गरेको ड्राइभ टेस्टको नतिजा आइतबार सार्वजनिक गरेको छ। ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरिएको हो।

यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तरमापन एकसाथ गरिन्छ। हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालितरूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ।

यसअघि प्राधिकरणले पहिलोपटक काठमाडौंमा र त्यसपछि भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा टेलिकम कम्पनीको गुणस्तर परीक्षण गरेको थियो। हालसम्म भएको परीक्षणमा सबै मोबाइल सेवा प्रदायक कम्पनी गुणस्तरीय सेवा दिन असफल भएका छन्।

ललितपुरमा भएको कल परीक्षणमा नेपाल टेलिकम, एनसेल र स्मार्ट तीनवटै कम्पनीको कल स्थापना हुन लाग्ने समय र सफलतादर नकारात्मक रहेको भेटिएको छ।

प्राधिकरणले कल स्थापना हुन लाग्ने समय ५ सेकेन्डभन्दा कम र दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने भनी मापदण्ड राखेको छ। तर, तीनवटै कम्पनीको आफ्नै नेटवर्कभित्र पनि सोभन्दा दोब्बर समय लागेको देखिएको छ।

कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ११.५३ सेकेन्ड छ भने एनसेलको ७.६८ सेकेण्ड तथा स्मार्ट टेलिकमको १२.०१ प्रतिशत छ। कल स्थापना हुने सफलताको दरमा नेपाल टेलिकमको ९२.८६ प्रतिशत, एनसेलको ९४.७४ प्रतिशत तथा स्मार्ट टेलिकमको ८७.६२ प्रतिशत रहेको पाइएको छ। यही अवस्था काठमाडौं र भक्तपुरमा पनि थियो।

काठमाडौंमा एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड, टेलिकमको ११.४८ सेकेन्ड र स्मार्ट टेलिकमको १३.७१ सेकेन्ड थियो। यस्तै कल स्थापित हुने सफलता दरमा टेलिकमको ९८.२६, एनसेलको ९७.७७ र स्मार्ट टेलिकमको ९७.३९ प्रतिशत थियो।

भक्तपुरमा भएको परीक्षणमा कल सफलताको दर ९९ प्रतिशत वा सोभन्दा माथि हुनुपर्नेमा स्मार्टको केबल ६९.५२ प्रतिशत, एनसेलको ९५.१४ प्रतिशत र नेपाल टेलिकमको ९३.४८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणका अनुसार लतिलतपुरमा आफैं फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने स्मार्ट टेलिकम मात्र अनुत्तीर्ण भएको छ। यसमा नेपाल टेलिकमको १.५४ प्रतिशत तथा एनसेलको शून्य प्रतिशत छ। काठमाडौं र भक्तपुरमा भने आफैं फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने सबै कम्पनीको सफल भएका थिए।

डाटातर्फभने काठमाडौं ललितपुर र भक्तपुरसबै स्थानमा तीनवटै कम्पनी परीक्षणमा उत्तीर्ण भएका छन्। इन्टरनेटमा प्राधिकरणले पिंग गर्न लाग्ने समय र सफलताको दर २५० मिलिसेकेन्ड वा त्योभन्दा कम तोकेको छ।

त्यसमा ललितपुरमा नेपाल टेलिकमको केबल १३७.७५ मिलिसेकेन्ड, एनसेलको १९९.१९ मिलिसेकेन्ड तथा स्मार्टको १६८.७७ मिलिसेकेन्ड छ। ललितपुरमा तीनवटा कम्पनीमध्ये वेबपेज लोड हुन लाग्ने समय र सफलताको दरमा नेपाल टेलिकम अगाडि छ। यसमा नेपाल टेलिकमबाट सबैभन्दा कम समयमा नै वेबपेज लोड भएको रिपोर्टमा उल्लेख छ।

नेपाल टेलिकमबाट १७.९३ सेकेन्डमा वेबपेज लोड भएको छ भने एनसेलबाट १८.१२ सेकेन्ड र स्मार्ट टेलिकमबाट १७.९९ सेकेन्डमा वेबपेज लोड भएको छ। काठमाडौंमा भने एनसेलले अघि देखिएको थियो। काठमाडौंमा एनसेलबाट ७.३६, टेलिकमको १६.८९ र स्मार्टको २०.०९ सेकेड लाग्ने उल्लेख छ।

यस्तै वेबपेज लोड हुने सफलताको दरमा एनसेलको दर ९९.१७ प्रतिशत, नेपाल टेलिकमको ९८.८२ र स्मार्टको ९८.८५ प्रतिशत छ।

डाउनलोड र अपलोड डाटाको बहावमा भने ललितपुर र काठमाडौंमा स्मार्ट टेलिकमले अन्य दुई सेवा प्रदायकलाई उछिनेको छ। डाउनलोडतर्फ ललितपुरमा स्मार्टको औसत ११.६३ एमबीपीएस, एनसेलको ९.०८ एमबीपीएस र नेपाल टेलिकमको ५.४५ एमबीपीएस औसत डाउनलोड डाटाको वहाब रहेको देखिन्छ। अपलोडमा पनि स्मार्ट अन्य दुईभन्दा अगाडि छ ।
-अन्नपूर्ण पाेस्टमा प्रकाशित खबर

थप ७ सहरमा ओयो

समाचार

फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौं। सिद्धार्थ बैंकले फर्पिङमा नयाँ शाखा स्थापना गरेको छ।

आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल

काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन काठमाडाैं । नेपालमा स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य गरिरहेको सूचना तथा सञ्चार प्रविधि विषयमा विशेषज्ञ संस्थाका रुपम…

सूचना प्रविधि विधेयकबारे वैशाख २६ मा बृहत् अन्तर्क्रिया हुने

काठमाडाैं । संघीय संसदमा पेश भएकाे सूचना प्रविधि विधेयकबारे विज्ञ तथा सराेकारवालालाई एकै थलाेमा राखी काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा ‘नेशनल आइसिटी अवार्ड २०१९’ वितरण गरिएकाे छ ।

डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच डिजिटल बैंकिङ सेवा दिने कम्पनी स्थापना गर्न सम्झाैता भएकाे छ । बिहिब…

हरेक प्रदेशमा नमुना स्मार्ट स्कुल बन्दै, कास्कीको विश्‍वशान्ति मावि बन्यो पहिलाे स्मार्ट स्कुल

पोखरा । कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा अवस्थित विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाइएक…

एनआईसी एशिया बैंकको कार्ड बाट खल्तीमा पैसा राख्दा १० प्रतिशत बोनस पाइने

काठमाडौं। एनआईसी एशिया बैंकले जारी गरेको क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती …

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै

आज नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै छ ।

ग्लोबल आइएमई बैंकको शाखारहित ५ बैंकिङ सेवा सुरु

काठमाडौं। ग्लोबल आइएमई बैंकले अर्घाखाँचीको धनचौर, कास्कीको रुपाकोट, सुनसरीको जमुवा, ल…

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ४ नँया शाखा

काठमाडौं। सिद्धार्थ बैंकले मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र क…