कीवर्डहरू -

समाचार

नोकियाको \'एक्स ६\' सार्वजनिक

विश्व चर्चित स्मार्टफोन कम्पनी नोकियाले लेटेस्ट मोडलको स्मार्टफोन नोकिया एक्स ६ चाइनिज बजार \"\" मा  सार्वजनिक गरेको छ । नोकियाको एक्स ६ ले सम्पूर्ण पुर्वानुमानलाई सावित गरेको छ ।

यसको लुक्स पनि एप्पल. आइफोन एक्सको कर्भ्ड साइड तथा साइनी लुक्सबाट प्रभावित छ र यो मोडलमा नच समावेस छ ।

चीनको बेइजींगमा एचएमडी ग्लोबल कम्पनीले नोकियाको लेटेस्ट स्मार्टफोन सार्वजनिक गरेको हो र अन्तर्राष्ट्रिय बजारमा चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

उक्त फोन ब्ल्याक,ब्लु तथा ह्वाइट गरी तीनवटा कलरमा उपलब्ध हुने छ । नयाँ नोकिया एक्स ६ को स्क्रिन डिस्प्ले साइज ५.८ इन्च र १०८० x २२८० पिक्सेल सहित आइपिएस एलसीडी डिस्प्ले छ ।

यसकारण धेरै भिडियो हेर्ने  र गेम खेल्न मन पराउने प्रयोगकर्ताहरुका लागि उपयोगी देखिएको छ । गोरिल्ला ग्लास भी ३ ग्लास द्वारा सुरक्षित यो डिभाइस झर्दा समेत केहि हुँदैन ।

साथै फोनको मेमोरी तथा अपरेटिङ सिस्टमको बारेमा कुरा गर्दा नोकिया एक्स ६ पहिलो नोकिया स्मार्टफोन हो,जसमा क्वालकम स्नापड्रागन ६३६ चिपसेट प्रयोग भएको छ । यसको ओक्टाकोर १.८ जिएचजेड क्लक स्पिड छ र ४ तथा ६ जीबी र्याम संस्करणमा उपलब्ध छ ।

यसमार्फत हामीले अनुमान गर्न सक्छौँ कि,नोकिया एक्स ६ मा लामो तथा गहन खेलहरु पनि आराम सँग बिना रुकावट खेल्न सकिन्छ।

३२/६४ जीबी इन्टनल मेमोरी छ,जसलाई एसडी कार्ड द्वारा बढाउँन सकिन्छ । साथै ८.१ ओरियो अपरेटिङ सिस्टममा यो फोनले रन गर्छ । यी सम्पूर्ण कुराहरु संचालन गर्नका लागि यसमा ३०६० एमएएचको ब्याट्री प्याक गरिएको छ ।

फोनमा अप्टिक्सको कुरा गर्दा,यसमा डुअल १६ एमपी र ५ एमपीको रियर क्यामेरा छ र सेल्फीको लागि १६ एमपीको सेन्सर छ । यसको क्यामेराबाट फोरके एचडी भिडियोहरु सजिलै खिच्न सकिन्छ । साथमा यसले स्लोमोसन पनि सपोर्ट गर्छ ।

\"\"

क्यामेराको सफ्टवेयरमा एआइ,एचडीआर मोड,बोके इफेक्ट जस्ता फिचरहरु समेत रहेको छ । त्यसैले यसबाट फोटोग्राफी तथा भिडीयोग्राफी गर्न मजाले सकिन्छ ।

यसमा फेस अनलक सिस्टम तथा फिंगरप्रिन्ट सेन्सर छ । यसका साथै एक्सेलेरोमिटर,जायरो तथा कम्पास जस्ता अन्य सेन्सरहरु पनि छन् । नोकियाको यो नयाँ फोनको अन्तराष्ट्रिय मूल्यको बारेमा केहि पनि जानकारी दिइएको छैन । तर यसको चाइनिज मूल्य भने ४/३२ जीबीको १२९९ युआन र ४/६४ जीबीको १४९९ तोकिएको छ ।

समाचार

हुवावेको नोभा थ्रीई नेपाली बजारमा


दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।


नेपाल…

९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि 

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…

ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।  ब्रिटिस ग्रुपअन्तर&nda…

काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने

इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

<…

रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा

विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…