कीवर्डहरू -

समाचार

पढेलेखेका पुस्ताको रोजाइमा पर्न छाड्यो जागिर, आफ्नै ब्यापार ब्यवसाय सुरु गर्न थाले

काठमाडौँ। बेलायतको एक युनिभर्सिटीबाट एमबिए गरेकी लाजिम्पाटकी टिना राजभण्डारीलाई पर्यटन व्यवसाय गर्ने इच्छा जाग्यो। सूचना प्रविधि सम्बन्धी व्यवसाय थालेकी उनले एक्कासी पर्यटन व्यवसायमा लाग्ने निर्णय गरिन्।

उनको सोचलाई साथ दिए ललितपुरका सगुन धाक्ख्वाले। स्वीडेनबाट इञ्जिनियरिङ विषयको  अध्ययन गरेका धाक्वा र राजभण्डारीले संयुक्त रुपमा ‘पाटन हेरिटेज वल्क’ कम्पनी शुरु गर्ने निर्णय गरेका छन्।
    
पुरातात्विक सम्पदा हेर्न  आउने पर्यटकको  बसाइ अवधि लम्ब्याउन र स्थानीय परिकारको स्वाद चखाउका लागि पाटन, भक्तपुर, वसन्तपुर दरबार स्क्वायरलगायत सम्पदामा पुग्ने पर्यटकलाई कम्तीमा थप एक दिन घुमफिर गर्ने वातावरण सिर्जना गरिने कम्पनीका प्रमुख राजभण्डारीले बताइन्। 
    
कान्तिपुर इञ्जिनियरिङ कलेजमा सफ्टवेयर इञ्जिनियरिङ विषयमा स्नातक अध्ययनरत काठमाडौँका निपुल शाक्यले पनि आफ्नो आइटी व्यवसाय परिवर्तन गरी पर्यटन उद्यमी बन्ने योजना बनाएका थिए। 

एक महिनाको प्रयासपछि ‘डूल्वा डटकम’(पर्यटन ‘प्रडक्ट’) नामक कम्पनी स्थापना गर्ने सोचमा उनी पुगे। नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे सम्पूर्ण जानकारी दिने यो वेवसाइटमा ट्राभल एजेन्सी, फोटोग्राफी, ‘स्टोरी टेलर’ जस्ता सेवा उपलब्ध हुन्छ। यस गन्तव्य यात्रामा निस्कन चाहने पदयात्रीलाई सहज रुपमा पूरा जानकारी उपलब्ध गराइ यात्रालाई सुमधुर तुल्याउने विश्वास लिइएको छ।

यस्तै सूचना प्रविधि विषयमै स्नातक गरिरहेकी काठमाडौँकी आश्ना पौडेलले फरक किसिमको पर्यटन व्यवसाय अगाल्ने सोच बनाएकी छिन्। ‘होमस्टा नेपाल’ नामक कम्पनी दर्ता गरेर राजधानीमै घरबास कार्यक्रम ‘होमस्टे’ मार्फत पर्यटकलाई सुलभ र गुणस्तरीय सेवा दिने उनले बताइन्। 

नवीन भट्टले पनि भिडियो सामग्री ‘फिरिरी नेपाल’, नवीन अधिकारीले  ‘सजिलो ट्रिप’लगायत १५ युवा व्यवसायी समूहले पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायमा नयाँ सोच र प्रविधिका साथ व्यवसाय प्रवद्र्धन गर्ने तयारीमा छन्। 

यसरी युवा पुस्तालाई एकै थलोमा जम्मा पारेर व्यवसायमा हौसाउने माध्यम हो ‘टुरिजम उद्यमी सिड क्याम्प’। पर्यटन उद्योगमा युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले ‘उद्यमी इनोभेसन्स’ सँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो। 

छनोटमा परेका १५ वटा समूहका युवा उद्यमीले आज अन्तिम प्रतिस्पर्धामा आ–आफ्ना व्यावसायिक योजना र लगानीको सम्भावनाबारे प्रस्तुति दिए। उनीहरुको व्यावसायिक योजनाका आधारमा व्यवसाय प्रवद्र्धनका लागि थप लगानी जुटाइदिन व्यवसायी तथा लगानीकर्ताको पनि जमघट गराइएको थियो। 
    
छनोट भएका कम्पनीलाई ‘उद्यमी सिड फण्ड’ ले पनि थप लगानीमा सहयोग गर्ने उद्यमी इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत कविराज जोशीले जानकारी दिए। छनोट भएका कम्पनीलाई थुप्रै ठाउँबाट लगानीको आश्वासन आएको छ।

पर्यटन क्षेत्रमा उद्यमी बन्न चाहने युवालाई कुन क्षेत्रमा कसरी लगानी गर्ने, सम्भावित  बजार र लगानीकर्तासँग पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उनले बताए। पर्यटन क्षेत्रमा योगदान पुर्याउने सम्भावना रहेका नवीन योजनालाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्न ‘सिड क्याम्प’ आयोजना गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए।

बोर्डका अनुसार दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको यस्तो क्याम्पले युवा उद्यमीलाई आकर्षण गर्नाका साथै उद्यमशीलताको रुप लिएको छ। कार्यक्रममा लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटल, गेट कलेज, वल्र्ड इनोभेसन्सलगायत संस्थाको सहकार्य छ।

इच्छुक उद्यमीहरुबाट निवेदन माग गरिएकामा ६१ समूहले निवेदन दिएको र तीमध्ये विधागत छनोटका आधारमा २० वटा समूह छनोट गरिएको थियो। यो समूहलाई गत कात्तिक १३ देखि २० सम्म पोखरामा छ दिने उद्यमी बुट क्याम्पमा सहभागी गराइएकामा १५ वटा समूह व्यवसाय स्थापना गर्ने तयारीमा पुगेका हुन्। 
    
पर्यटन सेवाको स्तरोन्नति, क्षमता अभिवृद्धि, ‘डिजिटल टुरिजम’ प्रवद्र्धन, सामुदायिक पर्यटन विकास आदि विषयको आधारमा सम्बन्धित विज्ञहरुले युवा उद्यमी छनोट गरेका जनाइएको छ।
    
‘पर्यटन उद्यमी सिड क्याम्प’ले आकांक्षी उद्यमीका योजनालाई जाँच्ने र परिस्कृत गर्ने सुवर्ण अवसर दिने उल्लेख गर्दै कार्यकारी अधिकृत जोशीले  अन्ततः यसबाट नेपाल भ्रमण वर्षलाई समेत योगदान पुग्ने उल्लेख गरे।
        
उद्यमी इनोभेसन्सले सन् २०१६ देखि युवा उद्यमशीलता विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले शुरुमा महिला उद्यमशीलता, सन् २०१७ मा सूचना र प्रविधिको विकास सम्बन्धी र सन् २०१८ मा ‘टुरिजम उद्यमी सिड क्याम्प’ सञ्चालन गरेको हो। सन् २०१९ भित्र कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमापनि उक्त कार्यक्रम सञ्चालन गरिने  योजना बनाइएको छ। 

क्यामको मुख्य उद्देश्य ‘ट्राभल्स’, ‘टुरिजम’ र ‘हस्पिटालिटी’ का क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन गर्न खोज्ने र पर्यटनमा पहिलादेखिनै व्यवसाय गरिरहेकालाई नयाँ सोचका साथ कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले उपयुक्त थलोको रुपमा सिड क्याम्पको अवधारणा ल्याइएको इन्नोभेसन्सका प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ।
रासस

समाचार

सुविसु क्यान इन्फोटेकको आकर्षण 


क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान …

प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाई…

गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …

होन्डा नेपाल ड्रिम कप आयोजना

काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…

भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…

‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली …

नेपाल र श्रीलंका बीच ६१औं दौत्यसम्बन्धको कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठ को अवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुताव…

सुबिसुको भयंकर अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकत्सवको अवसर पारी आफ्नो ग्राहकहरुस…

बारपाकमा प्रभुको शाखा कार्यालय सञ्चालनमा 

गोरखा । शनिबार बारपाक सुलीकोटमा प्रभु बैंकको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । यसको उद्घाटन भुतपूर्व उप–प्…

नेस्को आइटी २०१८ सम्पन्न

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको नवौँ नेस्नल स्टुडेन्टस् कन्फरेन्स् अन इन्फर्मेसन टेक्नोलाजी(नेस्को आइटी)– चौथो इन्टरनेस्नल आइटी क…

आज माईक्रोसफ्ट कनेक्ट २०१८ हुदै

माईक्रसफ्ट कनेक्ट २०१८ पुष १४ गते नियोसार्पमा हुने भएको छ । यो वर्षिक रुपमा हुने सम्मेलन यस वर्ष एएसपीनेटले गर्न लागेको छ ।

यसमा नयाँ टेक्नोलोजीह…