समाचार
पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना
काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको संबंधन प्राप्त कलेज हो ।
काठमाण्डौंको होटल सोल्टीमा आयोजित उक्त दीक्षान्त समारोह पुर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ट नेता माधव कुमार नेपालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो दीक्षान्त समारोहमा क्याम्पसका बी. एससी आँनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ अध्ययन गरेका २० विद्यार्थी दीक्षित भएका थिए ।
दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि माधव कुमार नेपालज्यूले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जालानले स्वागत मन्तव्य दिँदै दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । अध्यक्ष जालानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले यसको लागि दुवै पक्षको सहकार्यका लागि सरकारनीतिगत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कलेजका संस्थापक श्री परमानन्द केजरीवालको अध्यक्षतामा सम्पन्न सो समारोहमा विश्वविद्यालयको तर्पmबाट सह उपकुलपति डा. अशरफ जावेदले विद्यार्थीहरुलाई दीक्षित गराउनुभएको थियो । साथै सो कार्यक्रममा विशेष अतिथीको रुपमा नेपाल ब्रिटेन चम्बर अफ कमर्शका अध्यक्ष श्री राजेन्द्र खेतानज्यूको पनि सहभागीता रहेको थियो ।
नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ साथै संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको छ । युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रैकिङ अनुसार विश्वको ६०० देखि ८०० स्थानको बिचमा पर्छ ।
सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको यो कलेजले अहिलेको व्यवसायिक युगलाइ सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । यसैले कलेजले विषयगत विविधतालाई ध्यानमा राखेर मुलुकलाई आवश्यक पर्ने विभिन्न विषयका जनशक्ति यही उत्पादन गर्ने योजनाअनुरुप उच्च शिक्षा उपलब्ध गराउदंै आएको छ ।
समाचार
फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरमको संयुक्त आयोजनामा “ईन्नोभेट टु जेरो केस च्यालेन्ज\"को घोषणा
खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कु…
नेपालीको लागि मासिक ५ सयमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनुपर्ने
नेपाल दुर सञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेको मोबाइल इन्टरनेट सेवालाई महंगो भन्न नमिल्ने बताएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्य देशको तुलनामा…
दिगो विकासको लागि शिक्षा, स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड
शिक्षा, स्वास्थ्य तथा बिधुतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन्…
नेपाल टेलिकमको रिचार्जबाट मिदास इ - क्लास पढ्न सकिने
नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास