समाचार
बोटलर्स नेपाल लिमिटेड आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ उत्कृष्ट बिजेता अवार्डद्वारा सम्मानित
इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ । साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो ।
बोटलर्स नेपाल लिमिटेड सन् २०१५ मा दोश्रो रनरअप र सन् २०१६ मा पहिलो रनरअप भएकोे थियो भने यसपाली उत्कृष्ट अवार्डको उपाधि नै चुमेको छ । उक्त सम्मान कार्यक्रम राजधानीको होटेल अन्नपुर्णमा १७ जुलाईको दिन आयोजित गरिएको हो ।
उक्त सम्मान बोटलर्स नेपालका प्रोक्रुमेंट म्यानेजर प्रकाश रुङगटा, प्रबन्ध निर्देशक पुनित भार्सने र फाइनान्स कन्ट्रोलर अशोक मन्डलले लिनु भएको थियो । उक्त अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले प्रदान गर्नु भएको थियो ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्मान ग्रहण गर्दै भन्नुभयो ‘म बधाई दिन चाहन्छु सम्पूर्ण बोटलर्स नेपाल लिमिटेड परिवारलाई, जसको निरन्तर प्रयास र समर्पणले आज हामीले यो उपलब्धि प्राप्त गर्न सफल भएका छौँ ।
यसरी हामीलाई हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला प्रदान गरेको छ । यसले हामीलाई अझै खुल्ला र टास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको छ । यो अवार्ड हाम्रा उपभोक्ता, पार्टनर्स, लगानीकर्ता, तथा अन्य सबै स्टेकहोल्डरहरुको सहयोगले मात्र संभव भएको हो । हामी भोलिका दिनमा अझ बढी उत्कृष्ट बनाउदै लग्ने छौँ ।’
समाचार
बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला
DishHome ) र सिम्पल मिडिया नेटवर्क प्रा.लि. (
पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य
अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…
मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा
आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …
आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु
तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै
इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…
नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता
सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…
बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…
सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने
सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…