कीवर्डहरू -

समाचार

कहाँ पढ्ने बिएससी सिएसआइटी ​​​​​​​ ?

नेपालमा अहिले स्वदेशि विश्वविद्यालयदेखि विदेशी विद्यालयका विभिन्न आइटि कार्यक्रमहरु अध्ययन अध्ययापन भइरहेको छ । नयाँ पुस्तामा आइसिटी शिक्षातर्फ आकर्षण बढ्दो छ । बिएससी सिएसआइटी, बिइ, बिसिए, बिआइटी, बिसिआइएस, बिएससी आइटीलगायतका थुप्रै आइटी कोर्षहरु अध्ययन÷अध्यापन भइरहेका छन् । यस्ता आइटी कार्यक्रमहरुका आ—अफ्नै विशेषताहरु रहेका छन् । लिभिङ विथ आइसिटी यस अंकमा विशेषतः बिएससी सिएसआइटी शैक्षिक कार्यक्रम र अन्य कोर्सहरुको बारेमा पनि विद्यार्थीलाई जानकारी दिने प्रयास गरेको छ ।

\"\"

के हो बिएससी सिएसआइटी ( BSc CSIT ) ?
बिएससी सिएसआइटी ( Bachelors of Science in Computer Science and Information Technology ) त्रिभुवन विश्वविद्यालयले ल्याएको चार वर्षे शैक्षिक कार्यक्रम हो । आठ ओटा सेमिस्टरमा अध्यापन गराइने विएससी सिएसआइटी त्रिभुवन विश्वविद्यालयले नेपालमा पहिलो पटक भित्र्याएको सेमिस्टर कार्यक्रम हो । नेपालमा हाल ५३ वटा कलेजहरुमा यो कार्यक्रम अध्यापन भइरहेको छ ।


त्रिभुवन विश्वविद्यालयअन्तरगतको इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीले वि.सं. २०६४ सालमा  डिजाइन गरेको थियो । अमेरिका, अस्ट्रेलियालगायतका प्रसिद्ध विश्वविद्यालय तथा संस्थाहरुले यो कोर्स डिजाइन गर्न सहयोग गरेका थिए ।


। यस कार्यक्रममा पनि कम्प्युटर इन्जिनियरिङमा जस्तै कम्प्युटर सिस्टम, एप्लिकेशन, प्रागामिङजस्ता विषय पढाइ पाइन्छ । कम्प्युटर साइन्स र आइटीलाई ब्लेन्ड गरेर १२६ क्रेडिको कोर्स डिजाइन गरिएको छ । सिएसआइटीमा हार्डवेयरको कुरा थोरै मात्र गरिन्छ । ७० क्रेडिट आवरभन्दा बढी कम्प्युटर साइन्सको कोर्स छ । नेपालमा सबैभन्दा  बढी पढाइहुने कोर्सको रुपमा बिएससी सिएसआइटी रहेको छ ।


विएससी सिएसआइटी आइटी (इन्फर्मेशन टेक्नोलोजी) संबन्धित कार्यक्रम मात्र हैन । यसमा कम्प्युटर साइन्सको पक्षलाई अझ बढी जोडिएको छ । यसर्थ यसले कम्प्युटर साइन्समा कम्प्युटर एप्लिकेशनहरु कसरी प्रयोग गर्ने भन्दा पनि रिसर्चमा जोड दिदै यसका सिद्धान्तहरु र प्रविधिमा जोड दिने गर्दछ । यसर्थ विएससी सिएसआइटी मुख्यतयाः रिसर्चमा आधारित कार्यक्रम हो । हाइ टेक्नोलोजी एप्लिकेशनहरुको आवश्यकतालाई पूरा गर्न यो कोर्स अगाडि आउदछ ।

यस शैक्षिक कार्यक्रमले लेक्चरवाहेक प्रशस्त मात्रमा प्रोजेक्ट वर्क र प्राक्टिकल वर्कहरुमा जोड दिएको छ । कम्प्युटर साइन्स र आइटी दुबैका आधाभूत सिद्धान्तहरुबारे विद्यार्थीलाई ज्ञान दिदै यस्ता सिद्धान्तलाई कसरी वास्तविक समस्याहरुको समाधान खोज्ने भन्ने तर्फ व्यवहारिक जोड दिन्छ । आइटी इन्डस्ट्रीमा देखिएका जटिल समस्याहरको समाधान गर्न सक्ने जनशक्ति यो कार्यक्रमले तयार पार्ने लक्ष राखेको छ । कम्प्युटर प्रोफेसनल तथा आइटी इस्पेशलिस्ट दुबैलाई आवश्यक पर्ने ज्ञान बिएससी सिएसआइटीले प्रदान गर्दछ ।

\"\"
अध्ययनका लागि योग्यता ( Eligibility )
बिएससी सिएसआइटी अन्ययन गर्न निम्न योग्यताहरु पूगेको हुनुपर्दछः

१. विद्याथीले साइन्स संकाय लिएर प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यत दिने अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्ल्स टु सरहको अध्ययन पूरा गरेको हुनुपर्दछ ।
२. प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्दछ ।
३. त्रि.वि.ले लिएको इन्ट्रान्स परीक्षामा कम्तिमा ३५ प्रतिशत अंक ल्याइ उत्तिर्ण गरेको हुनुपर्नेछ ।
४. सम्पूर्ण एप्लिकेशन प्रक्रिया पूरा गरेको हुनुपर्नेछ ।
(नोटः प्लस टु तहमा बायोलोजी र म्याथम्येटिक्स दुबै समुहका विद्याथीहरु पनि यो कोर्स अध्ययनका लागि योग्य हुनेछन् ।)

कोर्ष÷पाठ्यक्रमको विवरण ( Course Detail/ syllabus details _
बिएससी सिएसआइटी १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम हो जसमा ७५ क्रेडिट आवर कम्पयुटर साइन्सको लागि, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर न्याचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेज्मेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपको लागि छुट्याइएको छ ।


विद्यार्थीको मूल्यांकन ग्रडिङ सिस्टम (जिपिए) मा गरिन्छ । छैटौँ सेमिस्टरसम्म विद्यार्थीहरुलाई बढी कोर्समा जोड दिइन्छ भने सातौँ सेमिस्टरमा उनीहरुले १०० पूर्णाङ्कको मेजर प्रोजेक्ट गर्नु पर्दछ  जसमा उत्तिर्ण हुन ४० अंग ल्याउनु पर्ने हुन्छ । यसैगरी, आठौँ सेमिस्टरमा विद्यार्थीले २०० पूर्णाङ्को लागि इन्टर्नशिप गर्नुपर्ने हुन्छ जसमा पास हुन ८० अंक ल्याउनु पर्ने हुन्छ ।

सातौँ सेमेस्टरको सफ्टवेर प्रोजेक्ट म्यानेज्मेन्ट ( CSC-408 ) अन्तरगत ३ घण्टाको थिअरी र ३ घण्टाको प्राक्टिकल हुन्छ जुन १०० पूर्णाङ्कको हुन्छ । यसमा ६० अंक बोर्ड परीक्षा, २० अंक इन्टरर्नल इभ्यालुएशन र २० अंक प्रोजेक्ट इभ्यालुएशनको लागि छुट्याइएको हुन्छ । उत्तिर्ण हुनको लागि जम्मा ४० अंक (बोर्ड परीक्षामा \"\" २४ अंक, इन्टरनल इभ्यालुएशनमा ८ अंक र प्राक्टिकल इभ्यालुएशनमा ८ अंक) ल्याउनुपर्दछ ।


सातौँ र आठौँ सेमेस्टरमा रहेका सबै विषयहरु ३ घण्टाको थिअरी र ३ घण्टाको ल्याब रहेकोको हुन्छ  जुन १०० पूर्णाङ्कको हुन्छ । यसमा पनि ६० अंक बोर्ड परीक्षा, २० अंक इन्टरर्नल इभ्यालुएशन र २० अंक प्रोजेक्ट इभ्यालुएशनको लागि छुट्याइएको हुन्छ । उत्तिर्ण हुनको लागि जम्मा ४० अंक (बोर्ड परीक्षामा २४ अंक, इन्टरनल इभ्यालुएशनमा ८ अंक र प्राक्टिकल इभ्यालुएशनमा ८ अंक) ल्याउनुपर्दछ ।


कोर कम्प्ुटर साइन्ससिहितका इलेक्टिभ कोर्सहरुले गर्दा यस शैक्षिक कार्यक्रमलाई हाइ टेक्नोलोजी एप्लिकेशनका आवश्यकताहरुलाई पूरा गर्न सहयोग गर्दछ । यसमा रहेका आधारभूत कोर्स र सम्बन्धित कोर्सहरु एकाडेमिक कार्यक्रमको अवश्यकतालाई पूरा गर्ने हिसबबाट डिजाइन गरिएको छ भने सर्भिस कोर्सहरु मार्केटको डिमान्ड र परिवर्तनशिल कम्प्युटर टेक्नोलोजी र एप्लिकेशनको डिमान्डलाई पूरा गर्ने हिसाबले डिजाइन गरिएका छन् ।

कहाँ पढ्ने ?

\"\"

समाचार

\'ओयो\' पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनर 

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । …

सामसङको दशैंमा क्यास व्याक अफर

काठमाडौं, असोज २ । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत ग…

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक

गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्।े’ योजना सार्वजनिक गरेको छ ।…

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण न्यूयोर्कमा पुरस्कृत

न्यूयोर्क । नेपालसहित विश्वका १८ वटा देशमा गरिएको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगसम्बन्धी अनुसन्धान ‘आफ्टर एक्सेस’…

४ नयाँ स्मार्टफोनहरू लिएर शाओमीको नेपाली बजारमा आगमन, अब भारतकै मुल्यमा सर्माटफोन उपलब्ध हुने 

टेक कम्पनी शाओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ । यसअघिदेखि नै बजारमा आफ्नो उपस्थिती देखाएको कम्पनीले आइतवारदेखि आधिकारिकर…

वर्ल्डलिंकले इन्टरनेटका ग्राहकलाइ विदेश घुमाउने

द्रूत गतिको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहकका लागि लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नेपालीहरुको महान् पर्व दसैँ र…

सामसुङले ल्यायो तीन क्यामेरा भएको \'ग्यालेक्सी ए७\' को नया भर्सन


दक्षिण कोरियन कम्पनी सामसुङलेले तीन क्यामेरा भएको ग्यालेक्सी ए७९२०१८० सार्वजनिक गरेको हो ।
सामसुङले दक्षिण कोरियामा सार्वजनिक गरेको यो स्म…

फ्लप स्मार्टफोन \'इनफोकस\' पुन बजारमा 


अहिले विश्वमा नै मोवाइल बजार सुस्ताएको छ । एक दशकदेखि स्मार्टफोनमा विश्व बजार केन्दि«त भइरहेको थियो । तर, पछिल्लो समय केहि प्रचलित ब्राण्ड वाह…

\'बिजनेशको लागी आइओटी\' विषयमा वर्कसप आयोजना हुदै

यही असोज ५ गते शनिबार विकास उद्यमी र कोभिएन्ट यूनिभर्सिटि यूकेको हेड प्रोजेक्टको सहकार्यमा बिजनेशको लागी आईसिटि र आइओटी विषयमा अन्र्तक्रियात्मक वर्कशप कार्यक्र…

एपलको नयाँ आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर

एपलले नयाँ आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको घोषण गरेको छ । दुई वटाको प्रिअडर सेप्टेम्बर १४ देखि सुरु भएको छ । यसको एक हप्ता पछि बजारमा आउने बताइएको छ…

फ्यूजमेसिन एआइ छात्रवृत्तिमा आवदेन खुल्ला 

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…

रेनो डस्टर ओभरडाइभको नम्बर १ एसयुभी 

ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बिचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।

 चितवनमा सफ्टवेयर स्वतन्त्रता दिवसको विभिन्न कार्यक्रम सम्पन्न

गत भदौ ३० गते शनिबार सफ्टवेयर स्वतन्त्रता दिवस चितवनमा विभिन्न कार्यक्रम गरि मनाईयो। भरतपुरको मलेवा पिसफुल कटेज एण्ड पार्टी प्यालेसमा सिअस्आईटियन् चितवन, फो…